प्रस, पोखरिया, १५ वैशाख/
नाठोसँग मिलेर सासूको हत्या गरेको कसूरमा प्रहरीले पोखरिया नपा–७ बस्ने सोहिता देवीलाई पक्राउ गरेको छ।
जिप्रका, पर्साका प्रनाउ चक्रराज जोशीले प्रारम्भिक अनुसन्धानबाट सोहिता देवीले धुरी दास तत्वासँग मिलेर सासू सीतादेवी तत्वाको हत्या गरेको पाइएकोले निजहरूलाई पक्राउ गरेको जनाएका छन् । घटना अनुसार वैशाख १ गते सीतादेवी तत्वाको मृत्यु भएको बुहारी सोहिता देवीले गाउँमा हल्ला पैmलाएकी थिइन्। उनले धुरी दास तत्वालगायत व्यक्तिको सहयोगमा सोही दिन सासूको दाहसंस्कार पनि गरिन्। प्रहरीलाई समेत खबर नगरेर सोहिताले सासू कालगतिले मरेको हल्ला पैmलाएर दाहसंस्कार गरेकी थिइन्।
नारायणघाटमा पति सुनील दास तत्वा र ससुरा सीदयाल तत्वा काम गर्ने र मृत्युको खबर सुनेर घर फर्कदा दाहसंस्कार भइसकेको थियो। घटनाको १३ औं दिन गाउँलेहरूले सीतादेवीको शव बुहारीले दर्शन नगराएको गुनासो गरेपछि हतारमा दाहसंस्कार गरिएको र गाउँलेलाई पनि मृत्युपश्चात् दर्शन नगराइएको कुराले शङ्का लागेर छोरा र ससुराले सोधखोज गरेका थिए। कुरा प्रहरीसम्म पुगेपछि कटी बेस क्याम्पले इप्रका पोखरियालाई खबर ग¥यो। घटनामा संलग्न रहेको आशङ्कामा इप्रका पोखरियाले धुरी दास तत्वा, सोहिता देवी र अर्का एकजनालाई पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानबाट सोहिता र धुरीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूकै मिलोमतोमा सीता देवीको हत्या भएको खुलेको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको जनाएको छ। धुरी दास र सोहिता पक्राउ परेपछि गाउँका १० जना युवक फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।