प्रस, परवानीपुर, १६ वैशाख/
विशाल मेमोरियल फाउन्डेसन वीरगंजद्वारा वीरगंजको नारायणी रङ्गशालामा आयोजित प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौंले जितेको छ। शनिवार आयोजित फाइनल खेलमा आर्मीले दुई गोलअन्तरले सिएमजी क्लब सङ्कटालाई पराजित गर्दै उपाधि उचालेको हो। आर्मीले उपाधि जितेसँगै प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. ५ लाख पनि प्राप्त गरेको छ। उपविजेता सङ्कटाले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
फाइनल खेलमा आर्मीले निर्णायक दुई गोल दोस्रो मध्याह्नमा गरेको थियो । दुईवटै गोल आर्मीका जर्सी नं. ३० का जर्ज प्रिन्स कार्कीले गर्दै फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए। पहिलो गोल दोस्रो मध्याह्नको २२औं मिनेटमा आर्मीका जर्सी नं. १४ का सन्तोष तामाड्ढो पासमा कार्कीले हेड गर्दै बललाई जाली चुमाए। दोस्रो गोलमा आर्मीका जर्सी नं. १० का आर्मीका क्याप्टेन भरत खवासले दिएको पासलाई कार्कीले आक्रामक गोलमा परिणत गरेका थिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सङ्कटाका राज पौडेल घोषणा भए। उनले पुरस्कारास्वरूप सुजुकी डिक्सर मोटरसाइकल पाए। त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर सङ्कटाका विक्रम लामा, उत्कृष्ट गोलकिपर आर्मीका विकेश गुथु, उत्कृष्ट डिफेन्स पिटर सेगुन, उत्कृष्ट स्ट्राइकर जर्ज प्रिन्स कार्की, उत्कृष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए। उत्कृष्ट मिडफिल्डर, गोलकिपर, डिफेन्डर, स्ट्राइकर, कोचलाई जनही १०/१० हजार नगद
राशिको पुरस्कार प्रदान गरिएको थियो। म्यान अफ दि म्याच कार्कीलाई आयोजकबाट ५ हजार र दर्शक मोहन सत्यालबाट ५ हजार गरी १० हजार पुरस्कार दिइएको थियो । प्रतियोगिताको फाइनल खेल हेर्न नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री केही बेरको लागि आएका थिए। जाने बेलामा उनी चढेको हेलिकप्टरले एक फन्को रङ्गशालामाथि
घुमाएको थियो। जानेक्रममैं आर्मीले दुई गोल हानेको खुसीयालीमा प्रधानसेनापति चढेको हेलिकप्टरले रङ्गशालाको फन्को लगाएको अनुमान गरिएको थियो। प्रतियोगिताका संयोजक अनिलकुमार कलवारको सभापतित्व र हेमन्त
तामाड्ढो सहजीकरणमा भएको पुरस्कार वितरण कार्यक्रम प्रमुख अतिथि एवं प्रहरी नायब महानिरीक्षक गणेश केसी, वीरगंज उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्योगी विजयकुमार सरावगी, टुबोर्गका मार्केटिङ प्रमुख
रितेश चौधरी, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीलगायत सञ्चारकर्मी एवं दर्शकहरूको उपस्थिति थियो।