प्रस, वीरगंज, १६ वैशाख/
जिल्ला प्रहरी कार्यालय बाराले चारजना प्रहरीलाई निलम्बन गरेको छ । बाराबाट हुने तस्करीमा चार प्रहरीको संलग्नता देखिएकाले उनीहरूलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले विज्ञप्तिमार्पmत् जानकारी गराएको छ।
तस्करसँग सम्पर्क, सम्बन्ध भएको पाइएको भन्दै पदीय दायित्व वहन नगरी प्रहरी आचरणविरुद्ध काम गरेको कसूरमा प्रहरी हवलदार नथुनी साह कानुसहित प्रहरी जवानहरू प्रमोदकुमार कम्कर, सञ्जीवकुमार पासवान र रमेशकुमार झालाई जिप्रका बाराले निलम्बित गरेको जनाइएको छ। निलम्बन गरी निजहरूविरुद्ध कारबाई प्रक्रिया अगाडि बढाइएको सो कार्यालयले जानकारी गराएको छ। बारा जिल्लामा केही महिनायता तस्करीका घटनामा वृद्धि भएको छ र बेलाबखत प्रहरीसँग तस्करको मुठभेड पनि भएका खबरहरू आइरहेका बेला जिप्रका बाराले चारजना प्रहरीलाई निलम्बन गरी कारबाई अगाडि बढाएको हो। केही दिनअघि मात्र तस्कर समूहले प्रहरीमाथि हमला गरी सटगन लुटेको थियो। प्रहरीको संलग्नतामा बाराको भारतसँग जोडिएको उत्तरी भागमा संस्थागत तस्करी भइरहेको स्रोतले दाबी गरेको छ। तस्करहरूले प्रहरीमाथि आक्रमण गरी सटगन लुटेको र पछि बरामद गर्न सफल प्रहरीले हालका दिनमा सीमाबाट हुने तस्करीमा विशेष निगरानी बढाएको पाइएको छ।