प्रस, सिम्रौनगढ, १४ वैशाख/
सिम्रौनगढ नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले चुनावी गतिविधी तीव्र पारेका छन्।
पछिल्लो समय सरकार र मधेसी मोर्चाबीच सहमति भएपछि सिम्रौनगढ नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनावी गतिविधि अझ तीव्र बनाएका छन्। सिम्रौनगढ नगरपालिकाको टोल टोलमा दिनहुँ राजनीतिक दलहरूको पार्टी प्रवेश, कार्यकर्ता भेटघाट, भेला, छलफल, सङ्गठन विस्तारजस्ता कार्यक्रम भइरहेका छन्।
यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा सिम्रौनगढ नगरपालिकाको नगर प्रमुखका लागि चुनाव लडन चाहने आकाङ्क्षीहरूको नाम पनि चर्चामा आउन थालिसकेको छ। नेपाली काङ्ग्रेसका तर्फबाट स्वतन्त्र सेनानी भागवतप्रसाद यादवका छोरा विजयशङ्कर यादव र अर्का नेता किशोरीप्रसाद जयसवालको नाम चर्चामा छ। यस्तै नेकपा एमालेका तर्फबाट गगनदेवप्रसाद कु्शवाहा र नेकपा माओवादी केन्द्रका तर्फबाट श्यामकिशोर प्रसाद यादवको नाम पनि मेयरका लागि चर्चामा छ।
यसैगरी राष्ट्रिय जनता पार्टीका तर्फबाट तत्कालीन सद्भावना पार्टीका नेता शेख मोतिमको नाम चर्चामा छ।
मेयरका लागि अनवर अन्सारी र जङ्गबहादुर यादवले पनि स्वतन्त्र उम्मेदवारी दिने चाहना देखाएका छन्।