भारतका कैयौं महानगरमा वायु प्रदूषणको खतराले सीमा नाघिसकेको छ । नागपुरस्थित केन्द्रीय सार्वजनिक स्वास्थ्य इन्जिनियरिंग संस्थानको सर्वेक्षण अनुसार दिल्लीको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा ०.२२३ माइक्रोग्राम प्रतिवर्गमिटर छ र कोलकातामा ०.७१ माइक्रोग्राम। जबकि यसको मात्रा ०.१ माइक्रोग्रामभन्दा बढी कुनै पनि स्थितिमा हुनुहुँदैन। अति विकसित र औद्योगिक क्षेत्रमा अग्रणी अमेरिकाजस्तो देशमा यसको मात्रा ०.१ माइक्रोग्राम, रूस र जर्मनीमा ०.०५ माइक्रोग्राम निर्धारित गरिएको छ।
दिल्लीका कारखाना तथा तापघरबाट निस्कने धूलोको मात्रा सन् १९७१ मा ८११ टन प्रतिमिल र कोलकातामा ५९० टन प्रतिवर्गमिल पाइएको थियो, जबकि युरोपेली मुलुकहरूमा यो मात्रा १५० देखि २०० टन प्रतिवर्गमिल हुन्छ। यही कारण हो कि औद्योगिक नगरमा निवास गर्ने अधिकांश मानिसमा श्वास, फोक्सो र घाँटीरोग देखिन्छ। औद्योगिक नगरहरूमा सबैभन्दा बढी धूवाँ आँखा, फोक्सो र त्वचाको लागि ज्यादै नोक्सानदायी हुन्छ । मौलाना आजाद मेडिकल कालेजका डाक्टर विपी सिन्हा र डा एस पाण्डेले यस सम्बन्धमा एउटा प्रयोग गरेका थिए । उनीहरूले एउटा कुकुरलाई प्रतिदिन १५ मिनटसम्म डिजलको धूवाँ सुँघाए। परिणाम के निस्क्यो भने केही सप्ताहपछि त्यसको आँखा, फोक्सोमा गहिरो घाउ भएको थियो र छैटौं हप्तामा त्यसको मृत्यु भयो। यसैगरी एउटा अर्को कुकुरलाई १५ मिनटसम्म मटीतेल सँुघाइयो। त्यसको पनि त्यही परिणाम देखियो र १० हप्तामा त्यसको पनि मृत्यु भयो।
कोइला र खनिज तेल डढेपछि उत्पन्न हुने वायु प्रदूषणले आक्सिजन पनि सोस्छ। भारतीय मौसम विज्ञानले आप्mनो एउटा अध्ययनमा भनेको छ कि १९१० देखि अहिलेसम्म वायुमण्डलमा आक्सिजनको मात्रा ०.०५ प्रतिशत कम भएको छ र कार्बन डाइआक्साइडको मात्रा १९०० देखि अहिलेसम्म १३ प्रतिशत बढेको छ। आक्सिजनको कमी र कार्बनडाइआक्साइडको बढोत्तरीले पृथ्वीको तापमानमा १.५ प्रतिशतले वृद्धि भएको छ।
कार्बन मोनोआक्साइड, कार्बन डाइआक्साइड, सल्फर डाइआक्साइड, नाइट्रोजन आक्साइड, हाइड्रोकार्बन औद्योगिक उत्पादबाट उत्पन्न धूवाँले वातावरणलाई यति विषाक्त बनाइदिएको छ कि प्राणी समुदाय त के जड पदार्थ पनि प्रभावित नभई रहन सकेन। यी विषाक्त ग्याँसले जहाँ मानिसलाई मार्दछन्, फसल पनि यिनको प्रभावले नष्ट हुन्छ, छाला र कागज भर्भराउँदो हुन्छ, लुगा कमजोर र फिका हुन्छ, रबरको लचिलोपन नष्ट हुन्छ, कंक्रिट र घरमा लगाइएको ढुङ्गालाई क्षयरोग लाग्छ। युरोपका कैयौं संगमरमरका प्रतिमाहरूको अनुपम सौंदर्य यी ग्याँसको प्रभावले नष्ट भइसकेको छ ।
प्रदूषणको प्रभाव पशुपक्षीदेखि फलाम, काठ र ढुङ्गा तथा मनुष्यमाथि पनि पर्छ र जुन सुस्त गतिले हुन्छ त्यसलाई आँखाले देख्न सकिन्न। समग्र कलाकृति नष्ट भएपछि मात्र ध्यान पुग्छ यसलाई कसले नष्ट गरेको हो।
जयपुरका संस्थापक सवाई माधोसिंह द्वितीय (१६९९–१७४३) को छाता प्रस्तर शिल्पको दृष्टिले उत्तम मानिन्छ। भनिन्छ ३ सय शिल्पकारद्वारा १८ वर्षसम्म नियमित कार्य गरेपछि यति भव्य निर्माण सम्भव हुन सक्यो। यसमा विभिन्न मुद्रामा नर्तकी, उँट, हात्ती, मेला–दशैंमा जुलुस, देवीदेवताको प्रतिमा र जयपुर राजघरानाका आठ अन्य राजाको समाधि पनि छ। तर प्रदूषणको मारले अब क्षयरोगीसरह यिनीहरूको पनि अन्त्य भइरहेको छ। केही विशेषज्ञको भनाइ छ, सन् १९५७ सम्म प्रदूषण यति तीव्र स् प्रस्ट भएको थिएन। त्यसबेला ती समाधिलाई चारैतिर बाक्लो वृक्ष, घाँसको लान, पूmलको क्यारीले सजाएर राखिन्थ्यो तर सन् १९५७ मा राज्य सरकारको संरक्षणमा आएपछि न अब त्यहाँ रूख छ, न बगैंचा, न पूmलको क्यारी। जयपुरको जनसङ्ख्या पनि दुई गुनाभन्दा बढी छ र कलकारखानाको विकास भएको छ। अतः तीन सय वर्षको अन्तरालमा प्रदूषणको प्रभाव यी छाता, स्मारकमा स्पष्ट देखिन सकिन्छ।
पर्यावरणमा प्रदूषण बढाउन जो पनि अग्रणी रह्यो त्यसको दुष्परिणाम सबैले भोग्नुपर्छ। विश्व विवेकको दृष्टिले विशालकाय कलकारखाना लगाउनेहरूलाई नै दोषी ठह¥याइनेछ, भलै उसले उद्योग लगाउने बेला यस्तो उद्देश्य राखेको थिएन। आउँदो दिनमा यस्तो विकट विभीषिका आउँछ भन्नेबारे हाल सोचिएको छैन। यसैकारण उनको तत्कालीन मनःस्थिति र परिस्थितिलाई हेर्दा दोष टाढा गर्न सकिन्छ तर आज जुन सङ्कट विद्यमान छ त्यसको समाधान खोज्नु नै पर्छ।
अब त साँस फेर्न पनि अप्ठेरो हुनेछ
मानव जीवन सफल र समुन्नत होस्, यसको लागि प्रकृतिले अनेक साधन उपलब्ध गराएको छ। त्यसको सदुपयोग गरेर जीवन निर्वाह सजिलो एवं दुरुपयोग गर्दा जीवनमा सङ्कट खडा हुन्छ। वर्तमान समयमा पर्यावरण प्रदूषण ज्यान लिने स्थितिमा आइसकेको छ।
रसायन प्रदूषणको सम्बन्धमा पश्चिम जर्मनीको एउटा सर्वेक्षण सङ्कठनले जानकारी दिएको छ– डिडिटीजस्तो कीटनाशक औषधिको उपयोग गर्नाले कीरा त मर्छ, यसको साथै चार सय कृषि उपयोगी कीट पनि मर्छन्। २७० प्राकृतिक जडीबुटीमध्ये १४ जडीबुटी यसैको दुष्प्रभावले नष्ट भएको छ। विश्वमा आज ३५० देखि १५०० लगभग यस्तै विषालु पदार्थको उत्पादन भइरहेको छ जसको उपयोग पनि कष्टकारक सिद्ध भएको छ।
लेड (सीसा) शरीरमा मुख र साँसद्वारा पुग्छ। साँसको रूपमा शरीरमा पुगेको लेड सीधै रगतमा मिसिन्छ यसको कारण अर्धविकसित बच्चाको सङ्ख्या बढिरहेको छ। बच्चामा पेट दुखाइ, बान्ताको शिकायत र बढी विषाक्तता बढेपछि मिर्गौला (गुर्दा) एवं स्नायुतन्त्रलाई क्षति पु¥याउँछ। अन्त्यमा त्यो ‘एनसेफेलाइटिस’ जस्ता भयङ्कर रोगको शिकार हुन पुग्छ। ठूलाबडामा पेट दुखाइ, कब्ज, एकाग्रतामा कमी, स्मरण शक्तिको दुर्बलता, अनिद्रा, बेचैनी र चिडचिडाहट, तनावजस्ता दुष्प्रभाव सामुन्ने आएको छ । रूसी विशेषज्ञ कोबा पातेरियाका अनुसार बढदो ‘हृदयघात’ पनि लेड विषाक्तताको नै परिणाम हो।
वायु प्रदूषण पनि कम घातक छैन। वायुमण्डलमा विद्यमान ग्याँसको अनुपातमा गडबडी भएपछि यो सङ्कट अगाडि उभिएको छ। त्यसको प्रभाव अलग–अलग दुष्प्रभावको रूपमा तेर्सिदैछ । उदाहरणस्वरूप वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ०.३२ प्रतिशत छ । यसको वृद्धिबाट सूर्यको प्रकाश र विद्यमान विकिरण पृथ्वीसम्म पुग्दैन तथा पृथ्वीको गर्मी अन्तरिक्षसम्म पुग्न सक्दैन। जसको कारण पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ। अघिल्लो दस वर्षमा विश्वको तापक्रम चार डिग्री फरेनहाइट बढने भय छ। यसको अधिकता मनुष्यको रगतमा विद्यमान हेमोग्लोबिनको मात्रालाई कम गरिदिन्छ जसको कारण अक्सिजन कम मात्रामा पुग्छ। परिणामस्वरूप शारीरिक, मानसिक शिथिलता, श्वास र स्नायु सम्बन्धी क्रोनिक रोग सामुन्ने आउँछ। यसैप्रकार वातावरणमा बढेको सल्फर डाइआक्साइडले श्वसनतन्त्रमा उत्तेजना र नाइट्रस आक्साइडले रक्त विकारको अलावा बच्चामा इन्प्mलुएन्जा जस्ता रोग उत्पन्न गर्छ।
एउटा सर्वेक्षणले संयुक्त राज्य अमेरिका एक्लै प्रत्येक वर्ष १४ करोड ७० लाख टन कार्बन मोनोक्साइड, २ करोड ५० लाख टन धूलकण, ३ करोड ४० लाख टन सल्फर डाइआक्साइड र ३ करोड ४० लाख टन हाइड्रोकार्बन उत्सर्जन गर्छ जापान पनि कम छैन। त्यहाँ काराखानाहरूले व्यु शू द्वीपको पूर्व मीनीमाता खाडीमा फालेको फोहरले महामारी नै फैलायो, जसको कारण वातावरणमा व्याप्त पाराको बढी मात्रा थियो। यसमा शरीरको अङ्ग र ओंठ सुक्न थाल्छ र पछि स्पर्शबोध, बोल्ने–सुन्ने सामथ्र्य कम हुन थाल्छ। पछि नेत्रज्योति जान्छ र मानिस मर्छ।