प्रस, वीरगंज, १६ चैत/
वीउमनपा, रामगढवा टोलमा कार्यरत स्वास्थ्यकर्मी बबिता पडितको हत्यामा पति अमरेन्द्र पडित नै संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
बबिताको बारा, परसौनी–८, नौतन टोलको उत्तरतर्पm रहेको सिंघाही नदीको किनारमा गत सोमवार बिहान शव भेटिएको थियो । मृतक बबिताका बुवा सर्लाही, सिसौट निवासी नागेन्द्र पडितले हिजो शव बुझी दाहसंस्कार गरेको बारा प्रहरीले जनाएको छ ।
शुक्रवारसम्म उपस्वास्थ्यचौकी रामगढवामा काम गरेपछि बबिता बेपत्ता भएकी थिइन् । प्रहरीलाई प्राप्त सूचना अनुसार पति अमरेन्द्र प्रत्येक शुक्रवार वीरगंज छोरी र पत्नीलाई भेटन आउने गरेको र आइतवार बिहान घर फर्कने गरेको घरधनीको माध्यमबाट खुलेको छ । तर घटनाको दिन अमरेन्द्र आएको र ५ वर्षीया तेजल पडितलाई सोही दिन कोठाबाट लिएर गएको घरधनीले प्रहरीलाई जानकारी गराएको छ । ५ वर्षीया छोरीसँग बस्दै आएकी बबिताको हत्याको दिन छोरी कसरी आप्mनो घर सर्लाही, सिसौटिया पुगिन् प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनाको दिनदेखि नै प्रहरीले बबिताको पतिलाई जानकारी गराए पनि उनी कलैया आउन नचाहेको प्रहरी स्रोतबाट जानकारी प्राप्त भएको छ ।