ई. गोपाल श्रेष्ठ
वर्तमान नेपालमा ग्याँस उद्योग व्यवसायमध्ये भान्छाको ग्यास एलपीजी को उद्योग व्यवसाय फस्टाएको छ । एउटा प्रकाशित तथ्याङ्क अनुसार नेपालले वार्षिक ६३ अर्बको एलपीजी आयात गरिरहेछ । यो ग्याँस नेपालमा उत्पादन नगरी केवल सिलिन्डरमा भरी बिक्रीको लागि वजारमा पठाउने काम भईरहेछ । एलपीजी पछिको दोस्रो ठूलो परिमाणमा बिक्री हुने ग्याँस अक्सिजन हो । अक्सिजन भने नेपालमा नै उत्पादन भइरहेको छ । अक्सिजनको प्रयोग अस्पताल तथा उद्योगमा भइरहेको छ । अस्पतालमा विशेष गरी श्वास लिन तथा प्ँmयाक्न गा¥हो भइरहेको बिरामीको उपचारको लागि अक्सिजन प्रयोग भइरहेको छ भने उद्योगहरूमा फलाम/स्टीलहरू जोड्न/वेल्डिड्ढो काममा र फलाम/स्टीलका मोटा–मोटा पाता सिट काट्न/टुक्रा गर्न प्रयोग भइरहेको छ । अक्सिजनलाई उद्योगको काममा प्रयोगमा ल्याउदा अर्को एउटा ग्याँस पनि चाहिन्छ जसलाई हामी ब्अभतथभिलभ भन्छौं । यो ग्याँस भने हामीले उत्पादन नगरी आयात नै गर्दछौं । सानो परिमाण भए पनि हामी तरल नाइट्रोजन र नाइट्रोजन ग्याँस पनि उत्पादन गरिरहेका छौं । तरल नाइट्रोजन पशुको कृत्रिम गर्भाधारण सम्बन्धी काममा प्रयोग भइरहेको छ भने ग्याँस नाइट्रोजन खाद्यान्न तथा ‘फास्टफुड’ प्याकिङमा प्रयोग भइरहेको छ । त्यस्तै, हवाइजहाजको चक्का तथा हेभी इक्विपमेन्टको चक्कामा पनि प्रयोग भइरहेको छ । अर्को एउटा ‘जिरो ग्याँस’ को नामले परिचित विशेष ग्याँस पनि सीमित परिमाणमा उत्पादन गरिन्छ जुन फर्मा, ल्याब र डेन्टल अस्पतालहरूमा प्रयोगमा ल्याइन्छ ।
नेपालमा अक्सिजन ग्याँसको उत्पादन चार दशक पहिलेदेखि हिमाल अक्सिजन उद्योगले गरिरहेको छ भने करिब एक दशक पहिलेदेखि शङ्कर ग्याँस उद्योगले पनि अक्सिजन ग्याँस उत्पादन गर्दै आएको छ । शुरुमा वार्षिक एक लाख घन मिटर पनि बिक्री गर्न गा¥हो अक्सिजन अहिले एकै महिनामा एक लाख घन मिटरभन्दा बढी उत्पादन तथा बिक्री भइरहेको छ । हिमालको अक्सिजन उद्योग अहिले पर्सामा मात्र होइन काठमाडौंमा समेत छ र निकट भविष्यमा विराटनगरमा पनि स्थापना हुँदैछ । औद्योगिकरणको मापन गर्ने विभिन्न सूचाङ्कमध्ये अक्सिजन ग्याँसको खपत पनि एउटा सूचाङ्क हो । अक्सिजन ग्याँसको उत्पादन तथा गुणस्तर व्यवस्थापन सजिलो काम भने होईन । थुपै्र अक्सिजन ग्याँस उद्योग स्थापना नभएका होइनन् तर प्राविधिक व्यवस्थापनमा कमीको कारणले नै धेरै उद्योगहरू स्वस्थ ढङ्गले सञ्चालन हुन सकेको छैन । अक्सिजन ग्याँसको गुणस्तरमा ग्याँसको शुद्धता/प्युरिेटीको ठूलो महŒव छ । बिरामीलाई चाहिने ‘मेडिकल अक्सिजन’को शुद्धतामा त झन् सम्झौता गर्नु नै हुँदैन । उद्योगको लागि चाहिने ‘इन्डस्ट्रियल अक्सिजन’मा पनि शुद्धता कम भयो भने ‘बेल्डिङ तथा प्लेट कटिङ’को काममा समस्या आइपर्छ ।
जुनसुकै ग्यास ीएन्, इहथनभल, ल्ष्तचयनभल, ब्अभतथभिलभ।।। लाई कम्प्रेस गरी सिलिन्डरमा भर्नुपर्छ । कम्प्रेस गरिएको ग्याँसले सानो छिद्र पनि पायो भने चुहिएर बाहिर हावामा विलीन हुन्छ । यो ग्याँस उद्योगको यो ठूलो समस्या हो । ग्याँस भर्ने सिलिन्डरको गुणस्तर ठीक छैन भने सिलिन्डर पड्किन सक्छ र मानिसको ज्यान समेत लिन सक्छ । सिलिन्डरको गुणस्तर यकिन गर्न प्रथम त ब्रान्डेड सिलिन्डर खरीद गर्नुप¥यो । त्यसपछि बराबर ‘हाइड्रोलिक टेस्ट’ गर्नुप¥यो । टेस्ट गर्दा फेल भएका सिलिन्डर कदापि पनि प्रयोगमा ल्याउनु हँुदैन । सरकार तथा उपभोक्ता सङ्घ/संस्थाले अनुगमन गर्नुपर्ने विषय पनि यही हो । हालसालै नेपाल ग्याँस उद्योगले आप्mनो स्वामित्वमा रहेको पुराना सिलिण्डरलाई पुनः प्रयोगमा नल्याउने गरी ड््यामेज गरेको मिडियामा आएको छ । यो सराहनीय काम हो र सरकार तथा समाजले यस्ता कामको प्रशंसा गर्नु पर्छ । अन्य ग्याँस उद्योगले पनि नेपाल ग्याँस उद्योगले गरेको कामको अनुसरण गर्नुपर्छ । ग्याँसको प्रयोग होशियारीपूर्वक गर्नुपर्ने भएकोले भान्छाको गृहणीदेखि औद्योगिक कामदार तथा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई समेत बराबर तालिम प्रदान गर्नुपर्छ । तालिम पछिको अनुगमन, मूल्याङ्कन तथा पुरस्कार/दन्डको व्यवस्थाले पनि उत्तिकै महŒव पाउनु पर्छ ।