प्रस, वीरगंज, १५ चैत/
मकवानपुर प्रहरीले ठूलो परिमाणमा गाँजा र चरेससहित चारजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रनानि विजय बानियाँको नेतृत्वमा खटेको प्रहरीले हाल मनहरी गाउँपालिका–६ स्थित जङ्गलमा लुकेर बसेको अवस्थामा आज बिहान ४२ बोरा अन्दाजी
साढे ५ सय केजी गाँजा र दुई बोरा चरेस अन्दाजी ४५ केजीसहित चारजनालाई पक्राउ गरेको जिप्रका मकवानपुरका प्रवक्ता प्रनाउ वामदेव गौतमले बताए ।
प्रवक्ता गौतमले गाँजा तस्करहरूलाई पक्रने क्रममा प्रहरीले केही राउन्ड गोली फायर गर्नुपरेको बताएका छन् । गोली फायरिङपनि भाग्ने क्रममा चरस, गाँजासहित चारजनालाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका–७ बस्ने १६ वर्षीय दीपेन्द्र राई, वडा नं. ६ बस्ने २९ वर्षीय सुरेश स्याङतान, वडा नं. ८ बस्ने १८ वर्षीय कृष्ण तामाङ र रासक्सराङ्ग गाउँपालिका–८ बस्ने ३६ वर्षीय गोपाल ब्लोन रहेका छन् । पक्राउ परेका अभियुक्तहरूसँग थप अनुसन्धान भइरहेको र उनीहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा चलाइने प्रवक्ता गौतमले बताए ।