प्रस, वीरगंज, १८ चैत/
सशस्त्र प्रहरी बल राजस्व तथा भंसार सुरक्षा गुल्म वीरगंजले सूचनाको आधारमा पुरानो भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ । भारत मधुबनी निवासी दिनेश भगत पक्राउ परेका हुन् । पक्राउ परेका भगतसहित प्रहरीले १००० र ५०० को ९ लाख ९१ हजार रकम बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, पर्साले जनाएको छ ।
भारत सरकारले कालो धन नियन्त्रणको लागि रु १००० र ५०० को नोट चलनचल्तीमा रोक लगाएको थियो । भारत सरकारले रोक लगाए पनि भारतीय जनतासँग रहेको रकम साटन ३१ मार्चसम्म म्याद तोकेको थियो । पक्राउ परेका पुरानो नोट भारतीय बैंकमा नसाटेर नेपाल ल्याउने कारणबारे प्रहरीले खोजबिन शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार बरामद पुराना भारतीय नोट कालो धन रहेको कारण नेपाल भिœयाउन खोजिएको हो । भारतबाट आएको उच्चस्तरीय टोलीले नेपाल राष्ट्र बैंकलगायत नेपाली जनतासँग रहेको पुराना भारतीय नोट साटने प्रक्रिया अगाडि बढाएको बेला सो रकम भारतबाट नेपाल भिœयाउन खोजेको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेपछि मात्र पुराना नोटबारे घटना सार्वजनिक भएको हो । यस अघि कतिजनाले कति रकम नेपाल भिœयाएको हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ ।