$type=ticker$count=12$cols=4$cate=0

थ्रेसहोल्डको सान्दर्भिकता

SHARE:

श्रीमन्नारायण
    राजनीतिक दल सम्बन्धी विधेयक संसदबाट पारित भएपछि यसले ऐन बनेर कार्यान्वयनमा आउने निश्चित छ । ऐनमा थ्रेसहोल्डको व्यवस्था राखिएको कारण ठूला राजनीतिक दलहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् जबकि देशका बाँकी राजनीतिक दलहरूले यसलाई लोकतान्त्रिक मूल्य एवं मान्यताविपरीतको तथा साना दलहरूको उपस्थितिलाई समाप्त पार्ने एउटा सुनियोजित खेलको संज्ञा दिएका छन् । खास गरिकन क्षेत्रीय एवं जातीय मतदातालाई आकर्षित गर्ने दृष्टिकोणले खोलिएका राजनीतिक दलहरूले यसको चर्को विरोध गरिरहेका छन् तर हाम्रो देशमा पनि विगतमा भएको तीनवटा संसदीय निर्वाचनमा तीन प्रतिशत मतको थ्रेसहोल्डको व्यवस्था कायम गरिएको कारण यसलाई नयाँ प्रयोग अथवा सुनियोजित षड्यन्त्रको संज्ञा दिनु सरासर गलत हुनेछ तर समानुपातिक निर्वाचन प्रणाली लागू गरिएको सन्दर्भमा थ्रेसहोल्डको अनिवार्यता कति उपयुक्त होला ? यस विषयमा अवश्य पनि विचार गर्नुपर्ने हुन्छ ।
    व्यवस्थापिका संसदले समानुपातिकमा तीन प्रतिशत मत सीमा (थ्रेसहोल्ड) सहितको राजनीतिक दल सम्बन्धी विधेयक २०७३ लाई बहुमतले पारित गर्नुलाई अस्वभाविक मान्न सकिंदैन । थ्रेसहोल्ड सम्बन्धी विधेयकले प्रतिनिधिसभामा समानुपातिकमा तीन र प्रत्यक्षमा एक स्थान नल्याउन दल राष्ट्रिय दल नमानिने व्यवस्था गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्पm तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्न दलले प्रत्यक्षतर्पm जतिसुकै सिट जिते पनि राष्ट्रिय दलको मान्यता पाउन नसक्ने व्यवस्था गरिएको छ भने समानुपातिकमा जति मत ल्याए पनि प्रत्यक्षतर्पm एउटा सिट पनि जित्न सकेन भने त्यसले पनि राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गर्न नसक्ने व्यवस्था गरिएको छ । थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाले संसद्मा देखिने गरेका विकृति, विसङ्गति, जथाभावी राजनीतिक दल खोल्ने, फुटाउने, सत्ता समीकरणलगायतका फोहरी खेल दोहोरिने अवस्थालाई कम गर्ने निश्चित छ । यद्यपि यसमा पनि कतिपय आशङ्काको जवाफ अनुत्तरित छ । खास गरिकन निर्वाचन पश्चात् कुनै दलभित्र विभाजन हुन्छ भने त्यसले राष्ट्रिय मान्यता पाउने नपाउने ? अथवा कसरी पाउने लगायतका यक्षप्रश्नहरू पनि अनुत्तरित नै छैन ।
    कथम्कदाचित यो थ्रेसहोल्ड यथास्थितिमा वि.सं. २०७० सालको संविधानसभा निर्वाचनताका लागू गरिएको भए समानुपातिकतर्पm दुई दर्जनभन्दा बढी सिट जितेको पार्टी राप्रपा नेपालले पनि राष्ट्रिय राजनीतिक दलको मान्यता पाउने थिएन र नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाहेक अर्को कुनै पनि राजनीतिक दलले राष्ट्रिय राजनीतिक दलको मान्यता पाउने थिएन ।
    वि.सं. २०४८ सालमा भएको आम निर्वाचनमा नेका, नेकपा एमाले, संयुक्त जनमोर्चा नेपाल, नेपाल सद्भावना पार्टी तथा राप्रपा (थापा) एवं राप्रपा (चन्द)ले राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गरेको थियो । त्यतिबेला तीन प्रतिशत मतको थ्रेसहोल्ड लागू गरिएको थियो । जबकि वि.सं. २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेका, नेकपा एमाले, राप्रपा र नेपाल सद्भावना पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सफल रह्यो । संयुक्त जनमोर्चा नेपालमा आएको विवादका कारण नेकपा माओवादीले चुनावको बहिष्कार गरेको थियो भने राष्ट्रिय जनमोर्चाले अपेक्षित सफलता हासिल गर्न सकेन । वि.सं. २०५६ सालमा भएको आम निर्वाचनमा पनि उपरोक्त चारवटा राजनीतिक दलले नै राष्ट्रिय राजनीतिक दलको मान्यता पाउन सक्यो । यसरी नेका, नेकपा एमाले, राप्रपा तथा नेपाल सद्भावना पार्टीले अहिलेसम्म थ्रेसहोल्डको शर्तलाई पूरा गर्दै आएको छ । निरन्तर रूपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएको भए पनि नेपाल मजदुर किसान पार्टीले भने अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाउन सकेको छैन ।
    जनआन्दोलन–२ को सफलतापश्चात् देशको राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन भए । राष्ट्रिय राजनीतिक दलको परिभाषामा औचित्यहीन साबित भए तथा जनआन्दोलन–२ मा सहभागी भए । सात दल र नेकपा माओवादी नै देशको मान्यताप्राप्त दल कहलिए । २०६४ सालसम्म उपरोक्त आन्दोलनकारी सात दलमा नै राजनीतिक दल सम्बन्धी अधिकार निहीत थियो । सात दलले जे निर्णय ग¥यो त्यो नै सदर हुने मान्यता नै स्थापित भइसकेको थियो ।
    पहिलो संविधानसभाको गठनपश्चात् सात दलीय सहयात्रा पनि औचित्यहीन साबित हुन पुग्यो जुन अहिलेसम्म जारी छ । अब जबकि समानुपातिकतर्पm तथा प्रत्यक्षमा कम्तीमा पनि एउटा सिट जित्नुपर्ने अनिवार्य व्यवस्था लागू हुने भएको छ । यस्तो अवस्थामा राजनीतिक दलहरूको सङ्ख्यामा कमी आउने निश्चित छ तर राष्ट्रिय राजनीतिक दलको मान्यता पाउन नसक्ने तर प्रत्यक्षबाट निर्वाचित सांसदहरूको हैसियत स्वतन्त्रको अवश्य पनि रहनेछ । यसलाई अर्को शब्दमा भन्ने हो भने स्वतन्त्र सांसदहरूलाई सत्ता समीकरणको खेलमा सहभागी हुनबाट रोक लगाउन सकिने छैन । वि.सं. २०१५ सालमा संसद् हुँदा दुईजना स्वतन्त्र सांसदले सरकारको गठन र विघटनमा खेलेको भूमिकालाई बिर्सन सकिंदैन ।
    थ्रेसहोल्डको प्रावधानले पनि सत्ता समीकरणको फोहरी खेललाई रोक्न सक्ने छैन । किनभने १३८ जना सांसदको सङ्ख्यालाई आप्mनो पक्षमा पार्न विभिन्न किसिमका अभ्यासहरू हुने नै छन् । समानुपतिकमा तीन दलहरूको प्रतिनिधित्व स्वतन्त्र सांसदको हैसियतमा संसदमा अवश्य पनि हुनेछ । थ्रेसहोल्डको प्रावधानले संसदमा राजनीतिक दलको उपस्थितिलाई सा¥है न्यून बनाउनेछ । नयाँ निर्वाचनपछि संसद्मा चार–पाँचभन्दा बढी राजनीतिक दलहरूको प्रतिनिधित्व नरहने निश्चित छ । थ्रेसहोल्ड लागू हुँदा पनि सत्ता समीकरणको फोहरी खेललाई रोक्न नसकिएको तीतो यथार्थलाई बिर्सन सकिंदैन । समानुपातिक निर्वाचन प्रणालीका कारण थ्रेसहोल्ड लागू गर्नु उचित हुने छैन । राजनीतिक विकृतिलाई रोक्न समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थालाई अन्त्य गरिनुपर्दछ । हुन त राष्ट्रिय राजनीतिक दलको मान्यताको निम्ति दक्षिणी छिमेकी राष्ट्र भारतमा पनि थ्रेसहोल्डको व्यवस्था लागू गरिएको छ, त्यहाँका कुनै पनि क्षेत्रीय पार्टीले राष्ट्रिय राजनीतिक दलको मान्यता पाउन सकेको छैन । जबकि अहिले पनि भारतका आधा दर्जनजति प्रान्तहरूमा क्षेत्रीय पार्टीहरूले आवश्यक जनादेश हासिल गरेपछि सरकारको नेतृत्व गर्न पाउने छन् । वर्तमान अवस्थामा तमामखाले विकृतिको बाधक समानुपातिक निर्वाचन प्रणाली नै बनेको छ । तसर्थ यस दिशामा पनि ध्यान दिनुपर्छ । थ्रेसहोल्डको प्रावधान हतारमा ल्याइएको छ यसले राष्ट्रिय राजनीतिका ठूला दलहरूको एकाधिकारलाई स्थापित गर्नेछ । साथै राष्ट्रिय राजनीतिक परिदृश्यमा क्षेत्रीय दलहरूको उपस्थिति र भूमिका नगन्य हुनेछ यसले लोकतन्त्रलाई बलियो बनाउने छैन । यदि वि.सं. २०७० सालको निर्वाचनमा नै थ्रेसहोल्ड लागू गरिएको भए देशमा तीनवटा दलले मात्रै राष्ट्रिय राजनीतिक दलको मान्यता पाउने थिए जबकि समानुपातिकतर्पm ३६ प्रतिशत मत हासिल गरेका दलहरूको प्रतिनिधित्व हुने थिएन । यस अर्थमा समानुपातिक र थ्रेस सँगसँगै जान सक्दैन बरू तीन प्रतिशत र एउटा सिटमध्ये कुनै एउटा शर्त राख्नु नै उपयुक्त हुनेछ अथवा समानुपातिकतर्पm थ्रेसहोल्डको प्रतिशतलाई १० प्रतिशतसम्ममा झानु पर्दछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : थ्रेसहोल्डको सान्दर्भिकता
थ्रेसहोल्डको सान्दर्भिकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIy2y5SQebJ_wk8ulNnCwpBbWoGYtR_y2X9-QOezqkfhKKXwHoJfqfhl7wkI-P20EGHGPZgfq4f9zRvNfWbLlxcSXDCH6dpGFT1A-Skoet4xuCEb7GIzfyJX9KddtuJSlfnlHI7zrih1w/s200/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIy2y5SQebJ_wk8ulNnCwpBbWoGYtR_y2X9-QOezqkfhKKXwHoJfqfhl7wkI-P20EGHGPZgfq4f9zRvNfWbLlxcSXDCH6dpGFT1A-Skoet4xuCEb7GIzfyJX9KddtuJSlfnlHI7zrih1w/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/03/blog-post_207.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/03/blog-post_207.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy