अनन्तकुमार लाल
युवा पीढीमा अनुभवको कमी हुन्छ तर उनीहरूमा असीमित ऊर्जा र उत्साह हुन्छ । नयाँ कुरा जान्ने र बुझ्ने तीव्र इच्छा उनीहरूमा हुन्छ । उनीहरू नयाँ–नयाँ अनुभव प्राप्त गर्न रुचाउँछन् । यस परिप्रेक्ष्यमा कैयनपटक उनीहरू गलत बाटो रोज्न पुग्छन् । यस परिस्थितिको लागि ती अभिभावकहरू पनि जिम्मेवार छन् जसले आप्mनो सन्तानलाई जोगाउन स्थिति उत्पन्न हुनुपूर्व मार्गनिर्देशन दिएका हुँदैनन् । वर्तमान समयमा यिनै कुरा जस्तै सन्तानसँग मित्रवत् व्यवहार गर्ने, संयमता अपनाउने, सही र गलत कुरोको जानकारी गराउने खाँचो देखिन्छ । हुनु त के पर्ने हो भने पत्र–पत्रिका, टेलिभिजन सँगसँगै आप्mनो वरिपरि भइरहेको घटनाबारे उनीहरूसँग चर्चा गर्दै त्यसबाट के हानि हुन सक्छ, भविष्यमाथि यसको कस्तो असर पर्न सक्छ, पारिवारिक र सामाजिक स्थितिमाथि के प्रभाव पर्न सक्छ, गलत कुरोहरूबाट कसरी जोगिन सकिन्छ भन्नेबारे यदि उनीहरूलाई बताइन्छ भने धेरै हदसम्म हुने खतराबाट उनीहरूलाई जोगाउन सकिन्छ । यसरी केटाहरूलाई मार्गनिर्देशन गर्ने सम्बन्धमा बुवाको भूमिका र केटीहरूको सन्दर्भमा आमाको भूमिका अति नै महŒवपूर्ण हुन्छ।
जुन केटाकेटीको आमाबुवा दुवै जागिरे छन् उनीहरूले आप्mनो सन्तानलाई समय दिन नसकिरहेको कुरो बुझ्न सकिन्छ तर यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने जति आवश्यक पैसा कमाउनु हो त्यो भन्दा बढी आवश्यक केटाकेटीलाई राम्रो संस्कार दिनु हो । यदि तपाईं आप्mनो सन्तानलाई राम्रो नागरिक बनाउन सक्नुहुन्न भने कसको लागि पैसा कमाउन खोज्दै हुनुहुन्छ ? के आप्mनो तुष्टिको लागि पैसा कमाउनु र जम्मा गर्नु छोराछोरीहरूको भविष्यभन्दा बढी महŒवपूर्ण छ ? धेरै अभिभावक यस्तै गल्ती गर्छन् र पैसा कमाउने अन्धदौडमा यसरी सामेल हुन्छन् कि आमाबुवाको दायित्व नै बिर्सन्छन् । हाम्रै वरिपरि यस्ता अनेकौं उदाहरणहरू छन्, जहाँ बुवा अबेर सम्म साथीहरू माझ व्यस्त रहन्छन् भने आमा मार्केटिङ्ग र घरको कामकाजमा व्यस्त रहन्छिन् । यस्ता आमाबुवासँग सन्तानलाई दिनुबाहेक हरेक कार्यको लागि समय हुन्छ । केही अभिभावकहरू सन्तानप्रति दायित्व बिर्सेर आप्mनो व्यवसाय बढाउनु र पैसा कमाउनुमा नै तल्लीन देखिन्छन् । कसैले सोधे भने “यो सब आखिर सन्तानको लागि नै गरिराखेको छु” भन्ने कुतर्क पेश गर्छन् । यस्ता अभिभावकले सन्तानलाई दिनुपर्ने स्नेहको पूर्ति भौतिक सामान दिएर गर्छन् र यसैमा आप्mनो दायित्व इतिश्री ठान्छन् ।
यहाँ सोच्नुपर्ने कुरो के हो भने जुन केटाकेटीले आमाबुवाबाट समय पाउँदैनन् उनीहरू आपूmलाई कति एक्लो र निराश्रित पाउँछन् । यस्तै केटाकेटीहरू वर्तमानको प्रदूषित वातावरणबाट बढी प्रभावित हुन्छन् । त्यसमध्ये केही ड्रग्स लिन थाल्छन् भने केही आपराधिक गतिविधिमा संलग्न हुन्छन् । केहीले रक्सी र अवैध प्रेम अँगाल्छन् । केही ब्लैकमेलका शिकार हुन्छन् । यी सबैका लागि धेरै हदसम्म ती आमाबुवा जिम्मेवार हुन् जसले आप्mनो सन्तानलाई समय दिंदैनन् र उनीहरूको निगरानी गर्दैनन् । निगरानीको अर्थ यहाँ उनीहरूको जासुसी गर्नु होइन । उनीहरूको चालचलनमा देखा परेको परिवर्तनमाथि ध्यान दिनु हो । अर्थात् को–को उनका मित्र हुन् , कहाँ–कहाँ उनीहरू जान्छन्, मोबाइलको प्रयोग कसरी गर्छन्, मोबाइलबाट के कुरा गर्छन्, त्यसमा के–के हेर्छन् माथि अलिकति ध्यान पु¥यायो भने सन्तानबारे धेरै कुरो जान्न सकिन्छ। केटाकेटीहरूप्रति उदासीनताको भाव राम्रो सङ्केत होइन । उनीहरू कोमल हृदयका हुन्छन् र आपूmलाई धेरै चलाख ठान्छन् तर विश्व वा वरिपरि पैmलिरहेको जहरबाट अनभिज्ञ हुन्छन् । यस कारण उनीहरूलाई समय दिनु र विषपूर्ण वातावरणबाट जोगाउनु हरेक आमाबुवाको पहिलो दायित्व हो ।
धेरैजसो अभिभावक आप्mनो अपूर्ण चाहना वा महŒवाकाङ्क्षा सन्तानको माध्यमबाट पूर्ति गर्न खोज्छन् । यसका लागि उनीहरूले सन्तानलाई यति मनोदबाब दिन्छन् कि उनीहरूले स्वयंको इच्छा बिर्सन्छन् । एक घटना अनुसार एउटा परिवारकी आमा आप्mनो जीवनमा डाक्टर बन्न खोजेकी थिइन् तर बन्न पाइनन् । त्यसपछि तिनले आप्mनी छोरीलाइ डाक्टर बन्ने प्रेरणा दिन थालिन् । केटी त्यति तेज थिइन् । पहिलो पटक डाक्टरीको लागि दिइएको परीक्षामा उनी अनुत्तीर्ण भइन् र अर्को पटक परीक्षा दिंदा पुनः फेल भइन् र सुसाइड नोटमा ‘आमाको इच्छा पूर्ति गर्न नसकेको’ भन्दै आत्महत्या गरिन् । यस्ता धेरै घटना हामीले आप्mनै वरिपरि हेर्छौं वा सुन्छौं । यस कारण अभिभावकहरूले केटाकेटीहरूको प्राकृतिक विकास हुन दिनुपर्छ । उनीहरूलाई मिहनेत गर्न प्रेरित गर्नुपर्छ । तपाईं आप्mनो सन्तानलाई जे बनाउन खोज्दै हुनुहुन्छ त्यसमा केटाकेटीहरूको पनि राय लिनुपर्छ । उनीहरूलाई सुमार्ग निर्देशन प्रदान गर्नुपर्छ तर आप्mनो इच्छापूर्तिका लागि मानसिक दबाब दिनुहुँदैन । यो एउटा जागरुक अभिभावकको दोस्रो कर्तव्य हो ।
सफलता र असफलता एउटै सिक्काका दुई पक्ष हुन् । सिक्कालाई आकाशमा फालेपछि जमिनमा झर्दा कुनै एउटै पक्ष अगाडि देखिन्छ । केटाकेटीहरूले कोशिश गर्छन् तर असफल पनि हुन सक्छन् । असफल भएपछि उनीहरू आपूmलाई अरूभन्दा तल झरेको महसुस गरेर निराश हुन्छन् । यस बेला उसको उसको दुःख बाँड्ने, उसलाई बुझ्ने, सही सल्लाह र मार्गनिर्देशन दिने, उसको मनोबल बढाउने र उसलाई साथ दिनेको आवश्यकता हुन्छ । यो कार्य अभिभावक बाहेक कसैले गर्न सक्दैन । त्यस बेला आमाबुवाले बढी संयमता र धैर्यतापूर्वक आप्mनो सन्तानलाई सहयोग गर्नुपर्ने हुन्छ । सन्तान फेल भएपछि आमाबुवा पनि दुःखित हुनु स्वाभाविक हो तर आप्mनो दुःखलाई ‘रिस’को रूपमा प्रकट नगरी धैर्यतापूर्वक केटाकेटीहरूको आत्मविश्वास र मनोबल बढाउनुपर्छ । सफल हुनु र नहुनु महŒवपूर्ण होइन, महŒवपूर्ण हो आत्मविश्वास नगुमाउनु र निरन्तर सकारात्मकरूपमा प्रयत्नशील रहनु । किनभने यस्ता थुप्रै उदाहरण छन् जहाँ विद्यार्थी कुनै खास परीक्षामा असफल भएर सफलतापूर्वक अर्को लक्ष्यलाई हासिल गरेको छ । के अभिभावकहरूले आप्mनो सन्तानलाई यस्ता कुरा सिकाउँछन्ं जुन वर्षौंपछि पनि उनीहरूको स्मृतिमा रहोस् ? यदि हो भने तपाईं जागरुक अभिभावक हुनुहुन्छ र यदि होइन भने यस्तो गर्ने प्रयास थालनी गर्नुहोस् । यो नै अभिभावकको तेस्रो दायित्व हो ।
प्रायः के देखिएको छ भने धेरैजसो अभिभावकहरूलाई आप्mनो सन्तानमा धेरै कमी र आप्mनो साथीहरूको सन्तानमा धेरै खुबी देखापर्छ । आप्mनो छिमेकी, इष्टमित्र वा नातेदारका छोराछोरीद्वारा आर्जित सानो सफलतामा आप्mना छोराछोरीलाई हप्काउँछन् । उनीहरूले आप्mनो सन्तानको तुलना अरूको सन्तानसँग गर्न थाल्छन् । केटाकेटीद्वारा विद्यालयको फी वा कोचिङ्गको लागि शुल्क माग्दा अभिभावक उनीहरूलाई कुनै काम लायक नभएको ठान्दै हप्काउन थाल्छन् । फलानाको माक्र्स कति राम्रो छ, तिमीले जीवनमा केही गर्न सक्दैनौं, हरहमेशा घुम्नु र टिभी हेर्नु र आवारागर्दी गर्नुबाहेक तिमीलाई कुनै काम आउँदैन, किताबसँग तिम्रो कुनै लगाव छैन, तिम्रो ध्यान कता रहन्छ थाहा छैन, तिमी जीवनमा कहिले पनि सफल हुँदैनौं, तिमीलाई हाम्रो पैसा कसरी बर्बाद गर्ने कुरो मात्रै थाहा छ, जस्ता कुराहरू धाराप्रवाह सुनाउन थाल्छन् ।
यस्तो कुरोको कुनै अर्थ हुँदैन । हुन सक्छ तपाईंको छोरा वा छोरी त्यति मेधावी न होलान्, पढाइमा राम्रो न हुनसक्छन् । यहाँ अभिभावकहरूले ध्यान दिनुपर्ने कुरो के हो भने राम्रो अङ्क ल्याउनु मात्र सफलताको मापदण्ड होइन । यस्ता धेरै सफल व्यापारी, राजनेता, अभिनेता, अधिकारी, बैङ्कर्स, वैज्ञानिक, प्रोफेशल छन् जो राम्रो अङ्क हासिल गर्न सक्षम थिएनन्, तर आज सफल व्यक्तिको श्रेणीमा आउँछन् । यस कारण अरूको सन्तानसँग तुलना गर्नुको साटो आप्mनो छोराछोरीमा कसरी सुधार ल्याउनेतर्पm प्रयास गर्नुपर्छ । यसका लागि केटाकेटीहरूसँग कुराकानी गर्नुहोस्, उनीहरूको समस्या बुझ्ने र त्यसलाई हटाउने प्रयास गर्नुहोस् । बिल गेट्सले भनेका छन्–“विश्वमा कसैसँग आपूmनो तुलना नगर । यदि तिमी यसो गर्छौ भने तिमीले आप्mनै बेइज्जती गरिरहेको छौ ।” अरूसँग आप्mनो सन्तानको तुलना गर्नाले उनीहरूमा आत्मविश्वासको कमी हुन्छ । उनीहरू निराश भएर कुनै गलत कदम पनि चाल्न सक्छन् ।
अरूसँग कसैको तुलना गर्दा आत्मविश्वास घट्छ । ऊ निराश भएर कुनै गलत कदम चाल्न सक्छ । जुन अभिभावकसँग माया, ममता, सहयोग र सुमार्गनिर्देशनको अपेक्षा हुन्छ, उसैबाट विपरीतको प्रतिक्रिया पाएपछि केटाकेटीहरू पूर्णतया अवसादग्रस्त हुन्छन् र विपरीत क्रियाकलापमा गर्न थाल्छन् । यहाँ अभिभावक र केटाकेटीहरूले पनि के राम्ररी बुझ्नुपर्छ भने विद्यालय, क्याम्पस वा अन्य कुनै परीक्षामा राम्रो अङ्क हासिल गरेर सफल हुनु नै सफलताको मापदण्ड होइन । क्रमशः.........