प्रस, ठोरी, १५ फागुन/
पर्सा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बढनिहारको श्री नेपाल राष्ट्रिय मावि बर्वा छटैलीमा आइतवारदेखि शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न १२ इभेन्टमध्ये बर्वा छटैलीले ५ इभेन्टमा प्रथम, एक इभेन्टमा दोस्रो र ५ इभेन्टमा तेस्रो हुँदै अग्रता लिएको छ । प्रतियोगिताको ३ इभेन्टमा प्रथम, ३ इभेन्टमा द्वितीय र एक इभेन्टमा तृतीय हुँदै श्री सरस्वती मावि गौतमनगर ठोरीले बर्वा छटैली माविलाई पछ्याएको छ ।
यस्तै नेरामावि श्रीपुर वीरगंज एक इभेन्ट प्रथम, २ इभेन्ट दोस्रो र एक इभेन्टमा तेस्रो भएको छ । यस्तै श्री नेपाल राष्ट्रिय प्राविधिक मावि दिपकनगर एक इभेन्ट प्रथम र दुई इभेन्टमा दोस्रो भएको छ । श्री जनता मावि बढनिहार एक इभेन्टमा प्रथम र एक इभेन्टमा दोस्रो भएको छ भने श्री सिद्धार्थ मावि वीरगंजले एक इभेन्टमा प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगिताको उद्घाटन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सर्टपुट फालेर गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै पौडेलले खेलाडीहरू राष्ट्रको गहना भएकाले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी जन्माउन सफल हुनेमा आपूmले विश्वास लिएको बताए । यस्ता खाले प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक बिकासमा सहयोग पुग्ने भन्दै पौडेलले कार्यक्रमको सफलताको कामना गरे ।
जिल्ला खेलकूद विकास समितिका कार्यवाहक अध्यक्ष निशान्तकुमार लामिछानेको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ नारासहित सोमवारसम्म चल्ने प्रतियोगितामा पर्सा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट छनोट भएर आएका दुई दर्जन सामुदायिक माविको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति पर्साका सचिव शिवनारायण साहले बताए ।