प्रस, वीरगंज, १२ फागुन/
स्ववियु निर्वाचनको विषयलाई लिएर ठाकुर राम बहुमुखी क्याम्पसमा आज तोडफोड र आगजनी गरिएको छ।
त्रिविवि स्ववियु निर्वाचन तालिका अनुसार स्ववियु निर्वाचनको लागि तालाबन्दीको कारण काम गर्न नसकेको ठाराब क्याम्पसमा आज एकथरी विद्यार्थीहरूले आगजनी गरेका हुन् । आगजनीबाट सहायक क्याम्पस प्रमुखको कोठामा रहेको फर्निचर र आवश्यक कागजात जलेको छ । वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
फागुन १४ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर दल दर्ता गर्ने समय तालिका सार्वजनिक भएपछि केही विद्यार्थी सङ्गठन निर्वाचनको विपक्षमा देखिएका छन् । नेका, एमाले र माओवादी सम्बद्ध विद्यार्थीहरूको एक खेमा चुनाव गराउने र अर्को खेमा चुनाव नगर्ने पक्षमा उभिएको छ भने मधेसी दलहरूले चुनाव हुन नदिने माग अगाडि सार्दै तालाबन्दी गरेका थिए । माघ १३–१४ गते भएको विद्यार्थी भर्ना गलत रहेकोले खारेजीको माग, नयाँ भर्ना प्रक्रिया शुरु गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा संविधान संशोधनको माग गर्दै मधेसी विद्यार्थीहरूले विरोध गर्दै आएका छन् ।
स्ववियु चुनावको विपक्षमा एमाले, काङ्ग्रेस, माओवादी विद्यार्थीको दोस्रो समूहका विद्यार्थीहरू तथा नयाँ शक्ति विद्यार्थी, समाजवादी विद्यार्थी फोरम नेपाल, तराई मधेस विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, समाजवादी विद्यार्थी सङ्घ, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, विद्यार्थी मञ्च, मधेस लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम गणतान्त्रिकहरूसँग आबद्ध विद्यार्थीहरू आन्दोलित छन् । बिहान ११ देखि १ बजेसम्म दल दर्ता गर्ने क्रममा आज काङ्ग्रेस र माओवादी सम्बद्ध विद्यार्थीहरूले सङ्गठन दर्ता गराएपछि मधेसी विद्यार्थीहरूले रजिस्टर च्यातेका थिए ।
मधेसी विद्यार्थीहरूले माग पूरा नभएसम्म स्ववियु निर्वाचन हुन नदिने चर्को नारा लगाएका थिए । ठाराब क्याम्पस अगाडि टायरमा पेट्रोल छरेर आगो लगाउने क्रममा एकजना विद्यार्थी नेता ओमलोक सिंह घाइते भएका छन् । उनको नाउक्षे अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीहरूले उपद्रो गरिरहँदा प्रहरी मुक दर्शक भएपछि विद्यार्थीहरूको समूहले सहायक प्रमुखको कोठामा आगजनी गरेको क्याम्पसका एकजना प्राध्यापकले बताए ।
आगजनी गरेको आशङ्कामा समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य निखिल वर्णवाल, समाजवादी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया र विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष कृष्ण दास पक्राउ परेका छन् ।