प्रस, ठोरी, १२ फागुन/
पर्सा क्षेत्र नम्बर ५ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारदेखि शुरु भएको छ ।
सुवर्णपुर माविको खेल मैदानमा शुरु प्रतियोगिताको एक कार्यक्रमका बीच नेकपा एमाले प्रदेश नम्बर २ का सदस्य घनश्याम महतले सटपुट फालेर उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै महतले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक क्षमता अभिवृद्धि गर्ने भएकोले अनुशासित भएर खेल प्रदर्शन गर्न सहभागी खेलाडीहरूलाई आग्रह गरे ।
‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित शुरु भएको प्रतियोगिको पहिलो दिन सरस्वती मावि ठोरीले अग्रता लिएको छ । पहिलो दिन सम्पन्न ८ इभेन्टमध्ये ६ इभेन्टमा पहिलो र दुई इभेन्टमा दोस्रो हुँदै श्री सरस्वती मावि गौतमनगरले अग्रता लिएको हो । १५ सय मिटर दौडमा सरस्वती माविका प्रदीप पौडेल प्रथम, सरस्वती माविकै सिद्धार्थ तामाङ दोस्रो, ४ सय मिटर छात्रछात्रा दौडमा सरस्वती माविका अनिल मिजार र निशा ठकुरी प्रथम भएका छन् । यस्तै ८ सय मिटर छात्रछात्रा दौडमा सरस्वती माविका राज तामाङ र मनीषा तामाङ प्रथम भएका छन् । सटपुट तर्फ सरस्वती माविका अनिल मिजार प्रथम भएका छन् ।
९ इभेन्टमध्ये १५ सय मिटर छात्रा दौडमा श्री नेपाल राष्ट्रिय प्राविधिक मावि दिपकनगरकी पूजा सुनार प्रथम, महिला सटपुटमा दिपकनगरकी एलिना खडका प्रथम तथा १ सय मिटर छात्रा दौडमा दिपकनगरकी निरूता कालिकोटे द्वितीय भए ।
जीतपुर नौकाटोला माविकी सृजना कुमारी १ सय मिटर दौडमा प्रथम भएकी छन् भने सुवर्णपुर माविकी रविता चौधरी ८ सय मिटर दौडमा दोस्रो भइन् ।
जिल्ला खेलकुद विकास समितिका सदस्य रामशरण खवास थारूको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्मलबस्ती गाविसका निवर्तमान गाविस अध्यक्ष लालबहादुर श्रेष्ठ, जिखेविसका कार्यवाहक अध्यक्ष निशान्त लामिछाने लगायतको सहभागिता थियो ।
शुक्रवार सकिने प्रतियोगितामा ७ विद्यालयको सहभागी रहेको खवास थारूले बताए ।