श्रीमन्नारायण
२१ फेबु्रअरी १९५२ मा ढाका (तत्कालीन पूर्वी पाकिस्तान र हाल बङ्गलादेशको राजधानी)मा बङ्गलालाई राष्ट्रभाषा बनाउन माग राख्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागी अनेकौं विद्यार्थीहरूले शहादत प्राप्त गरे । संयुक्त राष्ट्र सङ्घले सोही स्मृतिमा प्रत्येक वर्ष यस दिनलाई मातृभाषा दिवसको रूपमा मनाउँदै आएको छ । कुनै पनि व्यक्तिले आप्mनोपनको अनुभूति मातृभाषामा नै गर्न पाउँछ । हाम्रो देशमा पनि मातृभाषाबारे अनेकौंपटक महŒवपूर्ण निर्णय भएका छन् तर यसको कार्यान्वयन राम्ररी हुन पाएको छैन । मातृभाषाहरूको विकास भएमा मात्रै नयाँ–नयाँ कवि, लेखक एवं साहित्यकारहरू चर्चामा आउनेछन् र यसले हाम्रो राष्ट्रभाषा नेपालीलाई पनि धनी, समृद्ध एवं व्यापक बनाउन सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ । शिक्ष्Fालाई राम्ररी सम्झाउने–बुझाउने अनेकौं सूत्र हुन सक्दछ तर मातृभाषा त्यसमा सर्वोपरि हो । मातृभाषाका कथा, लोकगीत, गाउँखाने कथा, कथन, पहेली जस्ता माध्यमहरू हुन्छन् जुन प्रत्यक्षरूपमा हाम्रो स्मृतिको धरातलहरूसँग जोडिएको हुन्छ । त्यसमा किसानको शक्ति हुन्छ । त्यसको बनोट पनि बेग्लै किसिमको हुने गर्दछ । एउटा विशिष्ट सामाजिक एवं मनोवैज्ञानिक बनोट, जसमा अस्मिता पनि निहित हुन्छ । जब कुनै महादेशको पीडाको वर्णन गरिन्छ अनि कुनै मौलिक लेखकले आप्mनो भातृभाषामा जति अनुकूलता, तीव्रता एवं तीक्ष्णतापूर्वक आप्mनो भनाइलाई व्यक्त गर्न सक्नेछ, त्यति अन्य भाषामा होइन । आत्म अन्वेषणको गहिराइ जति मातृभाषामा हुन्छ, त्यति अन्य भाषाहरूमा हुँदैन । अन्य भाषामा पनि कुरा राख्न सकिन्छ तर मातृभाषा जति मार्मिकता त्यसमा सम्भव हुँदैन ।
शिक्ष्Fामा मातृभाषाको प्रयोगबाट आप्mनो परिवेश तथा पर्यावरणको बोध हुन्छ । सम्बद्धीकरणको प्रक्रियामा बलियोपन आउँछ । पृथकताको अनुभूति हुँदैन । मातृभाषामा त्यो मौखिक लय प्रकट हुन्छ जुन प्रकृति एवं परिवेशसँगै सामाजिक सङ्घर्षमा पनि प्रकट हुने गर्दछ । जसमा प्रकृति एवं परिवेशसँगै सामाजिक सङ्घर्ष पनि प्रकट हुने गर्दछ । त्यसमा साहित्य एवं संस्कृतिको सकारात्मक, मानवीय जनतान्त्रिक तŒव पनि प्रकट हुन्छ । आप्mनो संस्कृतिको जरोमा पुगेर हामीलाई आत्मविश्वासको अनुभूति हुने गर्दछ । उधारोमा लिइएको भाषाले हाम्रो साहित्य एवं कलालाई विकसित गर्न सक्दैन । उधारोमा स्वीकार गरिएको भाषाको सत्ता केन्द्र अन्यत्र नै हुने गर्दछ र त्यसले मातृभाषाजस्तो व्यक्तिको आकाङ्क्षालाई पूर्ति गर्ने माध्यम बन्न सक्दैन । मातृभाषामा धर्तीको जुन सुगन्ध आउँछ त्यो अन्य भाषामा सम्भव पनि छैन । शिक्ष्Fा र मातृभाषाको सम्बन्धमा व्यापक विचार विमर्श हुन आवश्यक छ । मातृभाषा आप्mनो आमाबुबाबाट व्यक्तिले प्राप्त गर्ने भाषा हो । त्यसको जरो गहिरो हुने गर्दछ । त्यसमा स्मृति र विम्बहरू हुन्छन् । मातृभाषाले एउटा बेग्लैथरिको सांस्कृतिक आचरण प्रदान गर्दछ जुन कुनै अन्य भाषामा सम्भव हुन सक्दैन । मातृभाषामा एउटा खास किसिमको तŒव जोडिएको हुन्छ जसले गर्दा त्यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरूको निम्ति निकै मार्मिक हुन जान्छ । यो प्रश्न इतिहास र संस्कृतिसँग पनि जोडिएको छ । तसर्थ शिक्ष्Fा अध्ययनको क्षेत्रमा यसको महŒव छ । संस्कृतिको अर्थ विश्वलाई केवल विम्बको रूपमा व्यक्त गर्नु मात्रै होइन अपितु ती विम्बहरू मार्पmत् व्यक्त संसारलाई नूतन दृष्टिबाट हेर्ने दृष्टिकोण विकसित गर्नु पनि हो । वर्तमान युगमा अङ्ग्रेजीको बढ्दो प्रचारप्रसार एवं व्यापकताका कारण हामीलाई आप्mनो मातृभाषाप्रति हीनताको अनुभूति हुन सक्दछ र हामी त्यस भाषाको प्रभुत्वको बखान गर्न थाल्दछौं । फलस्वरूप हामी त्यसै भाषाबाट बाँधिन जान्छौं र आप्mनो मातृभाषालाई परित्याग गर्न थाल्दछौं । यसलाई विडम्बना नै भन्न सकिन्छ कि हामी बडो गर्वपूर्वक भन्न थाल्छौं कि मेरो सन्तानलाई त मातृभाषा नै आउँदैन जबकि मातृभाषाको आप्mनो छुट्टै र विशेष महŒव हुन्छ । मातृभाषाको मान्यता एवं महŒव रहेन भने हाम्रो संस्कृति पनि नाश हुन बेर लाग्दैन ।
संस्कृति आपैंmंमा पनि इतिहासको अभिव्यक्तिको उत्पादन हो । यो प्रकृति एवं अन्य व्यक्तिहरूसँगको सम्बन्धमा आश्रित हुन्छ जसमा मातृभाषाको प्रवेश अन्तर्निहित हुन्छ । यदि मातृभाषालाई आधार बनाइन्छ भने सामुदायिकतामा आबद्ध वर्ग, आप्mनो भाषा, साहित्य, धर्म, कला, नाटक, स्थापत्य, मूल्य एवं एउटा यस्तो शिक्ष्Fा प्रणाली विकसित गर्न सफल हुन्छ जसले इतिहास एवं भूगोललाई एक पुस्ताबाट अर्को पुस्तामा सजिलै हस्तान्तरण गर्न सक्दछ । शिक्ष्Fा एवं संस्कृतिले वर्गीय असमानतालाई समाजको आर्थिक जगमा व्यक्त गर्ने गर्दछ । वास्तवमा वर्गीय समाजमा दुई थरीका शिक्ष्Fाबीच सङ्घर्ष हुने गर्दछ । पहिलोमा त औपनिवेशिकताबाट ग्रसित सांस्कृतिक पक्षको निम्ति मातृभाषाको आवश्यकता नै हुँदैन । उनीहरू यस्तै भाषालाई रोज्नेछन् जसले तिनको वर्गलाई मात्रै प्रतिनिधित्व गरिरहेको हुन्छ । दोस्रोमा त्यस्ता छात्रछात्राहरू छन् जो आप्mनै देश र समाजमा मातृभाषामा बोलेकै कारण विद्यालयमा सजाय पाउने गर्छन् ।
मातृभाषामार्पmत् जनताको सङ्घर्षको प्रस्फुटन भइरहेको हुन्छ । कुनै पनि व्यक्ति जसले मातृभाषाको महत्तालाई बुझेको छ, त्यसलाई राम्ररी थाहा भएको हुन्छ कि आन्दोलन, लोकछवि, आत्म आविष्कार तथा परिवर्तनको निम्ति मातृभाषाभन्दा सशक्त माध्यम अरू कुनै पनि हुन सक्दैन । किनभने त्यसको प्रत्यक्ष सम्बन्ध त्यस भाषासित रहेको हुन्छ जुन त्यहाँका जनताद्वारा बोलिन्छ । मातृभाषाको माध्यम भन्नाले जनतासित प्रत्यक्ष सरोकारको माध्यम हो, जसमा त्यस समुदायको सामाजिक एवं राजनीतिक निहितार्थ पनि बोध भइरहेको हुन्छ । त्यसैले शिक्ष्Fामा यसको गहिरो औचित्य छ । मातृभाषाको माध्यमबाट व्यक्तिको वास्तविक आवश्यकतालाई गीत, नृत्य, नाटक एवं कवितामार्पmत् अभिव्यक्ति दिन सकिन्छ र नयाँ–नयाँ चेतनाको आकाङ्क्षालाई पनि स्वर दिन सकिन्छ । श्रमिक वर्ग एवं जनसामान्यलाई मूलतः तिनकै मातृभाषामा राम्ररी सम्बोधित एवं सम्प्रेषित गर्न सकिन्छ । मातृभाषामा संरचनात्मक रूपान्तरणको प्रक्रियामा शिक्ष्Fा संस्कृतिको एउटा निर्णायक भूमिका हुने गर्दछ । यसमा शिक्ष्Fा एवं संस्कृतिबीच आवश्यक सम्बन्ध हुने गर्दछ । सामाजिक, आर्थिक एवं राजनीतिक पक्षसित प्रत्यक्ष सरोकार रहेको हुन्छ तसर्थ शिक्ष्Fामा मातृभाषाको भूमिका प्रभावकारी हुने गर्दछ ।
शिक्ष्Fाको मूल लक्ष्य नै हो, त्यो सौन्दर्यबोध जसमा हाम्रा लोककथाहरू, हाम्रा सपना, विज्ञान एवं हाम्रा भविष्यको कामना निहित होस् । अन्य भाषाहरूलाई अपनाउनु अथवा त्यसमा अभिव्यक्ति दिनु नराम्रो होइन तर मातृभाषालाई कमजोर अथवा समाप्त नै पारिनु उचित होइन । हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव मातृभाषामा नै सम्भव हुन सक्दछ । मातृभाषा जीवन्त अभिव्यक्ति तथा शिक्ष्Fाको शायद सबैभन्दा सुन्दर माध्यम पनि हो । अन्य भाषाहरूप्रति उदार हुनु पनि मातृभाषाको सर्वाधिक महŒवपूर्ण पक्ष हो ।
हाम्रो देशको संविधानको धारा ६ राष्ट्रभाषामा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भन्ने उल्लेख छ तर यस सम्बन्धमा प्रस्ट व्यवस्था नभएका कारण सरकारले भाषा सम्बन्धी संविधानको धारा ६ एवं ७ मा आवश्यक संशोधनको निम्ति विधेयक पनि संसद्मा दर्ता गराएको छ । मातृभाषामा शिक्ष्Fा सुनिश्चित भएमा बालबालिकाहरूको शिक्ष्Fा अध्ययन गर्ने क्षमतामा पनि ठूलो सुधार आउनेछ । नेपालमा मातृभाषाको विकास भएमा नयाँ–नयाँ कवि, लेखक, साहित्यकार एवं नयाँ सिर्जनाहरू चर्चामा आउनेछ यसले गर्दा हाम्रो राष्ट्रभाषा नेपाली पनि धनी, बलियो र समृद्ध हुनेछ । मातृभाषाहरूको तथा संस्कृत भाषाको उपेक्षाकै कारण नेपाली भाषाले पनि आप्mनो मौलिकता गुमाउने अवस्था उत्पन्न भयो र व्याकरणको समेत वास्ता नगरी नयाँ–नयाँ तरिकाले नेपालीको शब्दावलीहरूलाई पस्किने प्रयास भयो । भारतको ‘राष्ट्रिय गान’ तथा ‘राष्ट्रिय गीत’ दुवैको रचना बाङ्गला भाषामा गरिएको छ जबकि बाङ्गला भाषा बङ्गलादेशको राष्ट्रभाषा हो । विश्व इतिहासमा पनि कतिपय यस्ता ठूलठूला कविहरू भएका छन् जसले आप्mनो मातृभाषामा नै रचना गरेका छन् । भारतमा रवीन्द्रनाथ ठाकुर (टैगोर) एवं वंकिमचन्द्र चटर्जी (बङ्गाली), मैथिलीका महाकवि विद्यापति, भोजपुरीका भिखारी ठाकुर तथा रहीम, रसखान, कबीर, इकबाल आदि सबैले आपैmले आआप्mनो मातृभाषामा रचना गरेर नै ख्याति प्राए । नेपालमा पनि पुराना कविहरू नै अहिले पनि चर्चामा छन् । नेपाली भाषाका नयाँ लेखक एवं कविहरू पैसा कमाउनमा व्यस्त छन् । सबैजना पेशागत भइसकेका छन् यस्तो अवस्थामा मातृभाषाहरूको पनि विकास भएन भने हाम्रो सभ्यता, संस्कृति र मौलिकता समाप्त हुनेछ । मुसलमानहरूमा एउटा राम्रो पक्ष के पनि हो भने उनीहरू आप्mनो बच्चालाई जस्तोसुकै अङ्ग्रेजी एवं आधुनिक शिक्ष्Fा दिलाए पनि उर्दू, फारसी र अरबीको ज्ञान पनि दिलाउँछन् । धर्मशास्त्रहरू कुरान एवं हदिसको ज्ञान दिलाउँछन् । यसले नयाँ पुस्तामा पनि धर्म, संस्कृति तथा सभ्यताप्रति आकर्षण रहिरहनेछ तर हामी एकजना अमेरिकी विद्वान्को सुझावमा संस्कृत भाषालाई एक किसिमले तिलाञ्जलि दिने काम नै ग¥यौं । जसरी दानवीर कर्णको निम्ति कवच एवं कुण्डल महŒवपूर्ण थियो त्यसरी नै हिन्दी र नेपालीको निम्ति संस्कृत महŒवपूर्ण हो । संस्कृतको उपेक्षाले नेपाली भाषालाई कमजोर मात्रै बनाएको छैन अपितु हिन्दू धर्म एवं संस्कृति एवं साहित्यलाई पनि अपाङ्ग बनाएको छ । संस्कृतको विकाससँगै मातृभाषाहरूको विकास हुनु आवश्यक छ र मातृभाषामा कम्तीमा पनि प्राथमिक शिक्ष्Fा अनिवार्य गरिनु आवश्यक छ । चुनावको बेलामा र पार्टी सङ्गठनको प्रचार प्रसारको निम्ति मातृभाषाको महŒव बुझ्नेहरू त्यसलाई सरकारी मान्यता दिलाउन किन कञ्जुस्याइँ गरिरहेका छन् ? संस्कृतको प्रचारप्रसार भएमा हाम्रो धर्म, संस्कृति लोप हुँदैन । संस्कृत साहित्य आपैmंमा ज्ञानको भण्डार हो ।