हिजोको कृषिप्रधान नेपाल आज वैदेशिक रोजगार प्रधान बन्दै गएको छ । नाफामुखी कृषिकर्म निर्वाहमुखी बन्दै घाटामुखी बन्दै गएपछि किसानमा कृषि गर्ने उत्साह क्षिण हुँदै गएको छ । यसै मेसोमा केही पढलेख गरेका युवाहरू कृषि कर्म गर्न अपमानित महसुस गर्ने र रोजगारको खोजीमा विदेश पलायन हुने मानसिकता झ्याङ्गिदै गएको छ । श्रमशक्तिको पलायनले झन् घाटामुखी कृषिलाई हतोत्साहित पार्दै लगेको देखिन थालेको छ । सरकारले उचित सिंचाइ, मल–खाद तथा विकसित बीउको व्यवस्थापन नगरिदिने, किसानले आफैं व्यवस्थापन गर्न खोज्दा हरेस दिने, पाका उमेरका किसानले प्रशस्त श्रम गर्न नसक्ने अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । यसको निराकरणको एक मात्र उपाय सरकारले कृषिकर्मका लागि चाहिने सबै कुराको व्यवस्थापन तथा प्रविधिकरण विस्तारमा ध्यान नदिने हो भने नेपालको कृषियोग्य सबै जग्गा भूमाफियाहरूको चलखेलका कारण बस्तीमा परिणत हुन बेर छैन । यो अवस्था भनेको नेपाल पूर्णतः विदेशमा निर्भर हुनुपर्ने बाध्यता हो । यसै पनि अहिले अर्बौं मूल्यको खाद्य पदार्थ भारतलगायत विभिन्न मुलुकबाट आयात भइरहेको छ ।
यद्यपि माथि वर्णन भए अनुसार नै अवस्था चिन्ताजनक भने छैन । केही सरकार मातहतको कृषिसम्बन्धी निकायले र केही व्यक्तिगत पहलमा प्रविधिको प्रयोग गरी श्रम अभाव हटाउने, कृषिकार्यलाई छिटोछरितो बनाउने, पशुको साटो मेसिन प्रयोग गरी काममा तीव्रता ल्याउने, कम लगानी, थोरै पानीमा पनि कृषि उपज राम्रो लिन सकिने, बीउको उत्पादन आप्mनै मुलुकमा गर्न सकिने प्रारम्भिक किसिमका प्रविधिहरू देखिन थालेको छ । प्रविधिको प्रवेशले जनशक्तिको अभावलाई केही हदसम्म न्यूनीकृत गरेको छ । अब पाका किसानले समेत धेरै जग्गामा एक्लै खेती गर्न सक्नेजस्ता प्रविधिले गर्दा कृषि पेशाप्रतिको वितृष्णा भोलिको दिनमा हट्ने सङ्केत देखिएको छ । हली बन्न, खेत खन्न, दाइँ गर्न लाज मान्ने युवाहरूको लागि अब ट्याक्टरले जोतकोड गर्न, थ्रेसरको मदतले दाइँ गर्न लाजको अनुभूति हुने अवस्था छैन । अब यसै क्षेत्रमा लाग्ने हो भने यी मेसिनहरू राखेर कृषकहरूले अतिरिक्त आय पनि गर्न थालेका छन् । यस सम्बन्धी धेरै मेसिनहरू साना किसानले पनि खरिद गर्न सक्ने वा भाडामा लिन सक्ने अवस्था देखिएको छ ।
नेपालमा कृषिका लागि ट्याक्टर भित्रिएको धेरै भइसकेको छ । अब रोपाइँका लागि जिरो टिलर, दाइँ वा धान रोप्नका लागि थ्रेसर, रोपाइँ र कटाइका लागि हाते मेसिन, कम्बाइन्ड थ्रेसर, आलु खन्ने, रोप्ने, मकै, धान र गहुँ रोप्ने मेसिन त गाउँले खेतहरूमा पनि देखिन थालेका छन् भने मकैको घोघाबाट दाना छुट्याउने हाते तथा अटोमेसिनहरू आइपुगेका छन् । केही मेसिनहरू महँगा छन्, सबै किसानले तिनको स्वामित्व प्राप्त गर्न सक्दैनन् । तर त्यस्ताले भाडामा ती मेसिन उपलब्ध गर्न सक्छन् । सरकारले यसमा अहम् भूमिका निर्वाह गर्नु आवश्यक छ । प्रत्येक कृषि उत्पादनसँग सम्बन्धित कार्यालयहरूमा यस्ता मेसिनहरू राखेर किसानलाई सहुलियत दरमा उपयोग गर्न दिने र यस्ता मेसिनरी खरिद गर्न न्यूनतम ब्याजमा रकम उपलब्ध गराउने व्यवस्था गरिदिनुपर्छ । बिस्तारै बानी बस्दै गएपछि किसानहरूले आफैंले सकेसम्मको मेसिनहरू खरिद गर्नेछन् । यसबाट थोरै मानवीय श्रममा धेरै कृषि उत्पादन प्राप्त हुन सक्छ । परिवारका अन्य सदस्यले अन्य पेशा अँगाल्न सक्छन् ।