वीरगंजको मुटुमा रहेको नेपाल यातायात संस्थानको करिब दश बिघा जग्गा (हालको वीपी उद्यान) लामो सङ्घर्षपछि वीरगंज उपमहानगरपालिकाको नाममा आए पनि अहिलेसम्म उपयोगविहीन अवस्थामा छ । २०५० सालमा संस्थानको नाममा रहेको उक्त जग्गा व्यक्तिविशेषको नाममा गर्ने प्रपञ्च रचिएपछि तत्कालीन नगरप्रमुख स्व. माधवलाल श्रेष्ठको प्रयासमा वीउमनपाकाको नाममा आएको हो । संस्थानले कौडीको दाममा सो जग्गा व्यक्तिविशेषको नाममा गर्न बनाएको योजनालाई तत्कालीन प्रमुख स्व. श्रेष्ठले विफल मात्र पारेनन्, वीउमनपाकाको नाममा गर्न बाध्य बनाएका थिए । त्यतिखेर १० करोडमा वीउमनपाकाले खरिद गरेको संस्थानको जग्गा अहिले अर्बाै मूल्यको भएको छ । स्व. श्रेष्ठको पालामा ५ करोड किस्ता तिरिएको थियो भने अर्का नगरप्रमुख विमलप्रसाद श्रीवास्तवको पालामा बाँकी रकम चुक्ता भएको थियो । त्यसपछि शाहीकालका नगरप्रमुख स्व. गोपाल गिरीको पालामा २०६२ सालमा जग्गा रजिस्ट्रेसन भएको थियो । मेयर स्व. श्रेष्ठको पालामा उक्त जग्गाको नामाकरण वीपी उद्यान गरिएको थियो ।
संस्थानसँग ९ बिघा १४ कट्ठा जग्गाको रजिस्ट्रेसन पारित गरेको वीउमनपाले करिब दुई बिघा जग्गा विवादको कारण भोग गर्न सकेको थिएन । तर बाँकी रहेको साढे सात बिघा जग्गा अहिलेसम्म उपयोगविहीन अवस्थामा छ । हाल वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयसँगै जोडिएको संस्थानको रातो बङ्गला घर रहेको स्थानमा भारत सरकारले सन् २०१० मा रु. १५ करोडको लागतमा नेपाल–भारत मैत्री सभागृह निर्माण गर्ने सम्झौता गरेको थियो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारत भ्रमणमा जाँदा भारत सरकारले उक्त सभागृह सन् २०१३ सम्म निर्माण गर्ने गरी सम्झौतामा संयुक्त हस्ताक्षर भएको थियो । तर सभागृहको निर्माण पनि हुन सकेन । वीउमनपाकाले पनि वीपी उद्यानको लागि आजसम्म एक रुपैयाँ बजेट विनियोजन गरेको छैन । वीउमनपाको अधीनमा जग्गा आएको ११ वर्ष भयो । यो अवधिमा वीपी उद्यानमा कुनै काम नगरिनु उदेकलाग्दो विषय हो । लामो समयसम्म वीउमनपाकाले कुनै योजना नल्याएपछि सो उद्यान अघोषितरूपमा अतिक्रमणको शिकार भएको हो । तरकारी बजार, खुद्रा कपडापसल, झुपडी पसल, ठेला पसल, टेम्पो, टाँगा, ग्रामीण क्षेत्रमा सञ्चालित बसहरूको पार्क, गाडी बनाउने ग्यारेज आदि सञ्चालित भई अतिक्रमणको शिकार बनेको छ । यसबाहेक सो उद्यानमा अहिले राष्ट्रिय मधेसी शहीद उद्यानको होर्डिङ बोर्ड झुन्ड्याउनुका साथै रामशउले सम्पर्क कार्यालय बनाएर बनाएको छ ।
वीउमनपाकाले लामो समयपछि तरकारी बजार हटाएको छ भने अन्य बजार हटाउनका लागि सात दिनको समयसीमा दिएको छ । यसैगरी, उद्यानले ओगटेको जग्गा सुरक्षित पार्नका लागि पर्खाल घेर्न र माटो पुर्नका लागि बल्ल यसपटकको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरी काम शुरू गरेको छ । पर्खाल घेर्ने र माटो पुर्ने काम पूरा भएपछि सो स्थानलाई ग्रीनपार्क बनाउने योजना छ । वीउमनपाकाले भवन विभागबाट सघन शहरी विकास कार्यक्रमका लागि वीरगंजमा आउने करिब एक सय पचास करोड रुपैयाँको बजेटमध्ये केही करोड ग्रीनपार्कमा खर्च गर्ने योजना बनाएको छ । ग्रीनपार्कको अवधारणा अगाडि बढाएको वीउमनपाकाले यसको गुरुयोजना पनि बनाउँदैछ ।