प्रस, वीरगंज, १२ फागुन/
घण्टाघर अगाडि रहेको विपी उद्यानको तरकारी बजार आज वीउमनपाले पूर्णरूपमा हटाएको छ ।
नगर विकास कोषको ऋण सहयोगमा मीनाबजारको आधुनिकीकरण गरेपछि ठेक्का लगाएको ६ महिना बितिसक्दा पनि विपी उद्यानमा रहेको तरकारी बजार खाली गरिएको थिएन । माछा–मासु तथा तरकारी व्यवसायी सङ्घले विपी उद्यानमा रहेको बजार हटाउन अटेर गर्दै अदालतमा गुहार लगाएका थिए ।
अदालतबाट एक चरणमा अन्तरिम आदेश भई रोकिएको बजार पछिल्लो चरणमा अन्तरिम आदेश जारी नभई साधारणमा तारिख चलिरहेको अवस्था छ । यसैबीच वीउमनपाले केही दिन पहिले तरकारी बजार खाली गराउन डोजर चलाएको थियो ।
आपैmले आधुनिक मीनाबजार निर्माण गर्दा विपी उद्यानमा तयार गरेको बजारको अस्थायी टहरामा डोजर लगाइए पनि त्यहाँ रहेका तरकारी बजार हट्न मानेका थिएनन् । त्रिपाल टाँगेर तरकारी र माछा–मासु बिक्री जारी थियो । आज त्यहाँबाट सबै अस्थायी टहराहरू पूर्णरूपमा भत्काएर विपी उद्यानको जग्गा खाली गराइएको छ । नगरपालिकाले तरकारी बजारका साथै त्यहीं रहेको हड्ढङ बजार पनि खाली गराउन सूचना जारी गरेको छ । सात दिनको सूचना जारी गर्दै खाली नगरेमा नगरपालिका आफैंले खाली गराउने र लाग्ने शुल्क सम्बन्धित व्यक्तिबाट असुल गर्ने जानकारी गराएको छ ।
वीउमनपाले उक्त स्थानमा ग्रीनपार्क निर्माण गर्ने टेन्डर आह्वान गरिसकेको छ ।