प्रस, ठोरी, १३ फागुन/
पर्सा क्षेत्र नं. ५ स्तरीय छनोट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि गौतमनगर ठोरी प्रथम भएको छ भने ठोरीकै नेपाल राष्ट्रिय प्राविधिक मावि दीपकनगर दोस्रो भएको छ ।
सुवर्णपुरस्थित ज्ञानवाटिका माविमा शुक्रवार सम्पन्न छनोट प्रतियोगिता अन्तर्गत छात्रछात्रा गरी ३० इभेन्टमध्ये १७ इभेन्टमा प्रथम र ७ इभेन्टमा दोस्रो हुँदै अघिल्लो चरणका लागि छनोट भएको आयोजकले जनाएको छ ।
छात्र १५ सय, छात्र ३ हजार, छात्र/छात्रा ८ सय मिटर, छात्र/छात्रा ४ सय मिटर, छात्र २ सय मिटर दौड, ४×ह१ सय मिटर रिले छात्र/छात्रा, ४×ह४०० रिले दौड छात्र/छात्रा, ट्रिपलजम्प छात्र/छात्रा, लङ्गजम्प छात्र, हाइजम्प छात्र, सर्टफुट छात्र र छात्र भलिबल इभेन्टमा प्रथम हुँदै सरस्वती मावि छनोट भएको हो । यस्तै, १५ सय मिटर छात्र/छात्रा दौड, ४ सय मिटर छात्र दौड, सर्टफुट छात्रा, छात्रा ज्याभ्लिङ थ्रो, छात्रा लङ्गजम्प र छात्रा हाईजम्पमा दोस्रो हुँदै सरस्वती मावि छनोट भई अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै, ठोरीकै दीपकनगर मावि ८ इभेन्टमा प्रथम र ८ इभेन्टमा दोस्रो हुँदै अघिल्लो चरणको लागि छनोट भएको छ । यस्तै, ज्ञानवाटिका मावि सुवर्णपुरले ४ इभेन्टमा पहिलो र २ इभेन्टमा दोस्रो हुँदै क्षेत्रमा तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका सदस्य रामशरण खवास थारूले बताए ।
बिहीवारदेखि शुरू प्रतियोगितामा क्षेत्र नं. ५ का ७ वटा विद्यालयको सहभागिता थियो ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ नारासहित पर्सा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्वाछटैलीमा फागुन १५ गतेदेखि शुरू हुनेछ ।