$type=ticker$count=12$cols=4$cate=0

वीरगंजलाई झस्काउने ‘आन्दोलन’

SHARE:

ओमप्रकाश खनाल
    आन्दोलन शब्दमात्रै वीरगंजका निम्ति पीडादायी बन्नु अस्वाभाविक होइन । अघिल्लो वर्षको वीरगंजकेन्द्रित मधेस आन्दोलन र यसका पहेलीहरूबाट अतिपीडित वीरगंजका बासिन्दा आन्दोलनको नाम सुन्नेबित्तिकै सशङ्कित र सर्तक हुन थाल्छन्, कहीं विगतको पीडा पुनरावृत्ति हुने त होइन ? तत्कालीन संविधानसभाबाट करिब डेढ वर्षअघि जारी संविधानप्रति असन्तुष्टि राख्दै मधेसवादी दलले गरेको आन्दोलनबाट वीरगंज बढी प्रताडित बनेको विषय यहाँनिर नौलो नलाग्न सक्छ । तर वीरगंजमा आन्दोलन केन्द्रित हुनुका कारण सत्तासञ्चालकहरूको पूर्वाग्रह पनि वीरगंजपट्टि नै सोझिनुले यो क्षेत्रलाई थप पीडाबोधमा धकेलेको बुझ्नेहरूको पनि कमी छैन ।
    विगत आन्दोलन र नाकाबन्दीको कहरको अद्यावधिक असर अहिले पनि अर्थतन्त्रमा यथावत् नै छ । बितेको वर्ष शून्य दशमलव ७७ प्रतिशतको झिनो आर्थिक अभिवृद्धिको आँकडाले नै तत्कालीन आर्थिक र सामाजिक क्षेत्रमा परेको नकारात्मक प्रभाव सहजै आँकलन गर्न सकिन्छ । समस्याको दीर्घकालीन निकासमा सरकारी उदासीनतालाई एकछिन पन्छाउने हो भने पनि त्यसताकाको नोक्सानी उकास्ने निजी क्षेत्रका अभिप्रायहरू अहिले पनि अपेक्षित सहज देखिएका छैनन् । यसै सेरोफेरोमा चालू बजेटमार्पmत् सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि विकास साझेदारको अनुमान र सरकारी कार्यशैलीले त्यो उद्देश्यप्राप्तिमा आशावादी हुने आधारसम्म देखा परेको छैन ।
    उल्लिखित समग्र असहजताको विश्लेषण आप्mनो ठाउँमा होला, तर आन्दोलनको सबैभन्दा बढी कहर वीरगंज क्षेत्रले नै उठाउनुप¥यो । व्यापार–व्यवसाय र उद्यम थला प¥यो । निजी क्षेत्र बढी प्रताडित बन्न पुग्यो । मल्हम लगाउने औसत सरकारी बाचा आश्वासनमैं समेटिए । भएका केही प्रयत्न पनि कर्मकाण्डबाहेक अन्य हुन सकेन । औसत अर्थसामाजिक दिनचर्या यति जर्जर बन्न पुग्यो कि अहिले आन्दोलनको उच्चारण पनि पीडाअनुभूतिका निम्ति पर्याप्त भइदिन्छ । सञ्चारमाध्यममा देखिने/सुनिने आन्दोलनका सन्दर्भले मात्र पनि प्रशस्तै सन्त्रास प्रवाह गरिराखेको हुन्छ, फेरि उस्तै अस्तव्यस्त अवस्थाको सामना गर्नुपर्ने त होइन ?
    यतिखेर असन्तुष्ट मधेस राजनीतिका माग सम्बोधन गर्ने अभिप्रायले व्यवस्थापिका–संसद्मा दर्ता भइसकेको संविधान संशोधन विधेयकको उपादेयता र निर्वाचन घोषणाको विषय दिनैन्दिन विरोधाभासमा जेलिंदै गएका छन् । संशोधन प्रस्तावमैं असन्तुष्टको असन्तुष्टिले यसको औचित्यमाथि प्रश्न उठाएको मात्र छैन, प्रक्रियामा गएछ भने पनि परिणामको स्वीकारोक्तिसमेत द्विविधामैं अल्झिएको अवस्था छ । यो विषय र औचित्यको ओजबारे यसअघि नै यस स्तम्भमा चर्चा भइसकेको छ । यसर्थ संशोधन प्रक्रियाको सान्दर्भिकता यो आलेखको विषय होइन ।
    सरकारले संशोधनलाई ओझेलमा पारेर निर्वाचनलाई मात्र प्राथमिकताको अग्रभागमा राखेको मधेसी राजनीतिको बुझाइ छ । उनीहरूले आन्दोलनको धम्की दिइराखेका छन् । मधेसी मोर्चाको आन्दोलनको धम्की मात्र पनि आम दैनिकीका लागि पीडाको कारण बनेको छ । सत्ता र विरोधीको तानातानले आर्थिक र सामाजिक दिनचर्या त्रसित हुुनु प्रकारान्तरले राजनीतिको असफलता हो भन्नेमा नेतृत्व सतर्क हुन सकेको छैन वा आवश्यक ठानेको छैन । राजनीतिको यो गैरजिम्मेवारी समयान्तरमा राजनीतिकै लागि प्रत्युत्पादक हुनेछ । राजनीतिक आग्रहका अघिल्तिर जनता सधैं प्रताडित हुनुपर्ने हो भने त्यस्तो राजनीतिको औचित्य रहन्न । जनहित र अपेक्षा जेसुकै भएपनि सत्ता र शक्तिलाई मात्र अभीष्ट बनाएर अघि बढेको राजनीतिले मुलुकलाई दुर्घटनाको निकट पु¥याइराखेको छ । अब चेत खोल्न विलम्ब गर्ने बेला पनि छैन ।
    मधेसवादी मोर्चाले संसद्मा दर्ता भएको संशोधन विधेयकलाई अघि बढाउन सरकार उदासीन भएको भन्दै फागुनदेखि आन्दोलन गर्ने बताइराखेको छ । यो विधेयकका पक्षमा दबाब बनाउने रणनीतिमात्र हो या अन्य ? यसको निक्र्योल हुने नै छ । आप्mनै अगुवाइमा संविधान जारी गरेर असन्तुष्टको खेमामा समाहित हुन पुगेको नयाँ शक्तिका अगुवा बाबुराम भट्टराईसित मोर्चाको सहकार्यका सन्दर्भहरू पनि मिडियामा आएकै हो । यहाँनिर नयाँ शक्तिको आवरणको अन्तर्य र मधेस राजनीतिसँग उनको सहकार्यको उद्देश्यमा बेग्लै, तर बहस अनिवार्य छ । यसको पनि समयान्तरमा चिरफार हुने नै छ । वैधतामा विरोधाभास भएपनि संशोधनलाई अहिलेका लागि विवाद निरूपणको सहज बाटो बनाउन नसकिने होइन । तर मधेसवादीले विधेयकलाई अघि बढाउन दबाब दिइराख्दा यसको विषयवस्तु र परिणामको स्वीकार्यता आपूmलाई स्पष्ट पार्नु जरुरी
छ ।
    राजनीतिक अधिकारप्रतिका आग्रह र पूर्वाग्रह आप्mना ठाउँमा होलान्, तर आजको जनता आन्दोलनको औसत स्वरूप र यसका आयामप्रति कत्ति पनि सन्तुष्ट छैन । यसका असहजता कसैका लागि सुखद छैन । आन्दोलनका विभिन्न आवरणहरू नभएका होइनन् । आम दैनिकीलाई असहज नतुल्याएरै पनि अधिकारको लडाइँ अघि बढाउनै नसकिने भन्ने हुँदैन । शान्तिपूर्ण आन्दोलनका सफलताहरू यसका प्रमाण हुन् । तर हाम्रो समकालीन राजनीतिमा आन्दोलनको दृश्यावली सुखद छैनन् । आयोजकले शालीन आन्दोलनका उपायलाई प्रभावकारी नठान्नु र सत्तापक्षले क्षतिको ग्राफलाई आन्दोलनको ओज मानेर व्यवहार गर्नुले आन्दोलन अराजकतातिर उन्मुख भइराखेका छन् । यसैलाई राजनीतिक वर्चस्व र शक्तिको मानक मानिन्छ । वर्चस्वको दौडमा आन्दोलन हिंसात्मक बनेका उदाहरण खोज्न टाढा जानुपर्दैन ।
    आन्दोलनका लप्का कुन बेला कुन कुनाबाट उठ्छ यसै भन्न सकिन्न । आवश्यकताभन्दा बाह्य इशारामा उठ्ने र मत्थर हुने राजनीतिक आचरण हाम्रो राजनीतिको विशिष्टता बनेको छ । आन्दोलनको घुर्की/धम्कीको सिलसिलामा यसबाट अर्थसामाजिक जीवनको असहजतालाई राजनीतिले छलफलको विषयसम्म बनाएको छैन । आन्दोलन भन्ने बित्तिकै बन्द–हडताल र उदण्डताका भयानक चित्र उत्पादन हुने गरेको छ ।
बितेको मधेस आन्दोलनअघि नेपाल राष्ट्र बैंकले एउटा तथ्याङ्क सार्वजनिक गरेको थियो । त्यो आँकडा अनुसार ५ वर्षको अवधिमा ४ हजार ४ सय ५१ पटक बन्द–हडताल र चक्काजाम भएका थिए । तीमध्ये सबैभन्दा बढी बन्द–हडताल राजनीतिक पार्टी र तिनका भ्रातृ सङ्गठनको आवरणमा भएको पाइएको थियो । राजनीति समूहका नाममा १ हजार ६ सय २१ पटक अवरोध भएको थियो । यो तथ्याङ्कको तात्पर्य, बन्द–हडतालजन्य अवरोध र अराजकताका मुख्य योजनाकार राजनीतिक पार्टी नै हुन् । त्यसमा पनि बन्द–हडताल र चक्काजाममध्ये ५५ प्रतिशत तराई–मधेसमैं भएको देखिएको छ । यो तथ्याङ्कको आधारमा पनि आन्दोलनजन्य असरको घनत्व कहाँ कति परेको रहेछ भनेर भेऊ पाउन धेरै दिमागी कसरत आवश्यक पर्दैन । विगत मधेस आन्दोलनमा वीरगंज क्षेत्रले खेपेको सकस आपैंmमा अतुलनीय छ । यो अबका दिनमा कुनै पनि आन्दोलनको स्वरूप निर्माणका निम्ति सन्दर्भ तथ्य हुनुपर्दछ ।
    जसले जनताका लागि राजनीति गर्छाैं भनेका छन्, तिनका गतिविधिबाट जनता नै प्रताडित भइराखेको अवस्थामा राजनीतिको औचित्य के होला ? सडकमा उफ्रिने सीमित व्यक्तिहरूको लहड र हठका अगाडि औसत अपेक्षा निरीह बनेका उदाहरण पर्याप्तै छन् । सामान्य असहमतिलाई सडकमैं पु¥याउने र शुरूमैं बन्द–हडतालजस्तो अन्तिम विकल्पमा उत्रिने अभ्यास आपत्तिजनक छ । बन्द–हडतालबाट जनधन तहसनहस नभएसम्म पेलेरै जाने सत्ताको मानसिकता पनि उत्तिकै अराजक छ । अहिले असन्तुष्ट राजनीतिक वृत्तमा पनि आन्दोलन र यसका स्वरूपमा विवाद भइराखेको सुनिएको छ । तर यो अन्तर्विरोधको अभिप्राय असहजता न्यूनीकरणका लागि नभएर आन्दोलनको प्रभावकारितामा केन्द्रित छ । यहाँनिर आन्दोलनका आयोजनकर्ताहरूले स्मरण गर्नैपर्ने तथ्य के भने विगतमा पनि पटकपटक बन्द–हडताल भएकै हुन् । आजपर्यन्त किन तिनै अधिकारका लागि बन्द–हडतालकै सहारा लिइराख्नुपरेको छ ? बन्द–हडताल र जनधनको क्षति मात्र प्रभावकारिताको मानक होइन रहेछ । मुख्य कुरा नेतृत्वमा इमानदारीको अभाव हो । जनतालाई कष्ट पुग्ने आन्दोलनका स्वरूपले लामो समय साथ पाउँदैन । प्रकारान्तरले धर्नामा न्यून सहभागिताकै कारण सिमानाको धर्ना तुहिएको थियो ।
    असहमति र आन्दोलनको वैधानिक अधिकार सुरक्षित छ । तर विरोधका शैलीलाई व्यवस्थित तुल्याइनु
अनिवार्य भइसकेको छ । असहयोग, बहिष्कार, शान्तिपूर्ण धर्ना, अनशनलगायतका भद्र उपायलाई
विकल्प बनाइनुपर्दछ । अर्थसामाजिक दैनिकीलाई घुँडा टेकाएर मात्रै राज्यलाई गलाउन सकिन्छ भन्ने मानसिकता सापेक्ष छैन भन्ने कुराको प्रमाणिताका निम्ति बितेको मधेस आन्दोलन र यसको अवसानका पहेली नै पर्याप्त हुन सक्छन् ।
                    यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंजलाई झस्काउने ‘आन्दोलन’
वीरगंजलाई झस्काउने ‘आन्दोलन’
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ5C4GScad478SfQNuFYifQfiQ27PmEFNrcfMcOz01GMPWk3xm_0z9JYw9fsVk7lahsOfPtftkHyjPLWWn-Ser2tDz8gev9gfuSxw1EFzLaIuvs0yTtHyiASyp9eSKZ6zhqexXEz3uZRg/s200/omprakash.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ5C4GScad478SfQNuFYifQfiQ27PmEFNrcfMcOz01GMPWk3xm_0z9JYw9fsVk7lahsOfPtftkHyjPLWWn-Ser2tDz8gev9gfuSxw1EFzLaIuvs0yTtHyiASyp9eSKZ6zhqexXEz3uZRg/s72-c/omprakash.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/01/blog-post_816.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/01/blog-post_816.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy