$type=ticker$count=12$cols=4$cate=0

निर्वाचनको अपरिहार्यता र सिर्जित चुनौतीको निकास

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    वर्तमान संविधान ०७२ असोज ३ मा जारी भएर २०७४ माघ ७ गतेभित्र केन्द्रीय (संसदीय), प्रान्तीय तथा स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने अन्तिम हदम्यादको व्यवस्था गरेको छ । नयाँ संविधान जारी हुनेबित्तिकै  जन अनुमोदनको लागि लगत्तै आम चुनावको घोषणा गर्नुपर्ने विश्वव्यापी मान्यता हो । संविधान निर्माता आफैंले संविधानको आधारमा सत्ता हातमा लिने गरेको पाइन्न । तर उक्त तमाम अन्तर्राष्टिय प्रचलनलाई तोडदै हाम्रा संविधान निर्माता मतादेशको आवश्यकता महसुस नगरी सत्तामा विराजमान भए । तीन दलले संविधान बनाए र तीनैले पालैपालो सत्ता सम्हाले । जुन दल सत्तामा गए, चुनावका लागि हतार गरेनन् तर सत्ता बाहिर जानेबित्तिकै चुनावको रट लगाउन थाल्छन् । यस प्रवृत्तिले मुलुकको तमाम समस्या सत्तास्वार्थले नै झाङ्गिएको भन्न सकिन्छ । आगामी माघ ७ भित्र तीन तहको चुनाव पूरा गर्नैपर्ने बाध्यताले दुईवटा महŒवपूर्ण कुराको सङ्केत गर्छ । पहिलो वर्तमान संविधान अपूर्ण छ भने दोस्रो माघ ७ सम्म चुनाव भई नयाँ जनादेश आएन भने संवैधानिक सङ्कट सिर्जना हुन्छ । मुलुकमा संसद रहँदैन । संसद् नरहेपछि मुलुकले प्रधानमन्त्री पाउँदैन । प्रधानमन्त्री चयन गर्ने निकाय नभएपछि मुलुक सरकारविहीन हुन्छ । अर्थात् माघ भित्र चुनाव भएन भने संसदीय, संवैधानिक एवं कार्यपालकीय सङ्कट उत्पन्न हुने निश्चित रहेकोले चुनावको अपरिहर्याता बढाएको छ । माघ ७ पछि वर्तमान संविधान स्वतः समाप्त पनि हुन्छ । संविधान समाप्त हुने बित्तिकै वर्तमान संविधानले प्रदान गरेको महŒवपूर्ण उपलब्धि– सङ्घीयता, गणतन्त्र, सामानुपातिक समावेशिता र लोकतन्त्र सखाप हुन्छ । मुलुक २०४७ साल पूर्वको अवस्थामा फर्कन सक्छ । ००७ सालदेखिको आन्दोलनले चाहेको उपलब्धि हासिल भए पनि गुम्ने खतरा हुन्छ । यसर्थ गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको चाहना जुनजुन शक्तिले राखेका छन् तिनले चुनावलाई प्राथमिकता दिनैपर्छ । यसमा कुनै विमति हुनुहुँदैन । संविधान कसले बनायो सोच्नुभन्दा संविधानले के दिएको छ, विचारणीय पक्ष हो ।
    जापानको संविधान सैनिक शासकले बनाए पनि लोकतान्त्रिक संसद्ले स्वीकार ग¥यो र त्यसै संविधानले जपानलाई प्रगति गर्न मदत पु¥यायो । यसर्थ कुनै दल वा व्यक्तिविशेषको कारणले मात्र सम्पूर्ण उपलब्धि गुमाउने क्रियाकलापमा मतियार बन्नु बुद्धिमानी होइन । ढिलै भए पनि संसद् निर्वाचनसम्बन्धी कानुन निर्माण गर्ने प्रक्रियामा छ, जुन स्वागतयोग्य हो । निर्वाचन कानुनले चुनावको मार्ग फराकिलो बनाउन शुरु गरे पनि चुनावको अर्को महŒवपूर्ण बाधक मधेस केन्द्रित आन्दोलन एवं असन्तुष्टि हो । संविधान जारी हुनु पूर्वदेखि असन्तुष्टि जाहेर गरेका मधेसीहरू अद्यापि आन्दोलनमैं छन् । उनीहरूको असन्तुष्टि सम्बोधन नगरी चुनाव गराउनुको अर्थ ०७२ असोज ३ पछिको भयावह अवस्था सिर्जना गर्नु हो । मुलुकलाई पुनः आन्दोलनमा धकेल्नु हो । शान्ति, अमन चयन र विकास कार्यमा अवरोध पु¥याउनु हो । अहिले चुनावको कुरामा कुनै दल इन्कार छैन तर चुनाव अघि मधेसको माग सम्बोधन होस् भन्ने चाहना मधेस केन्द्रित दलहरूको छ । जसलाई अन्यथा भन्न सकिन्न । संविधानमा मधेसी समस्याको सम्बोधन भएन, पछिल्लो संशोधनमा पनि भएन भने चुनावपछि हुन्छ भन्ने कुरामा मधेसवादी दलहरूले विश्वास गरिहाल्ने आधार छैन । यसर्थ चुनाव अघि संशोधन हुनैपर्छ भन्ने उनीहरूको अडानलाई अन्यथा भन्न सकिन्न । संविधानले संशोधन प्रक्रिया सहज पारेको छ । जुन संविधानको सबल पक्ष हो । मधेसवादीले मधेसमा कम्तिमा दुईवटा प्रान्तको कुरा उठाएका छन् । जसलाई एकदमै इन्कार गर्ने अवस्था छैन । प्रस्ताविक संशोधन विधेयकले मुलुक विखण्डन हुने कुनै सम्भावना छैन । संशोधनले मुलुक विखण्डित हुन्छ भन्ने अशङ्का गर्नु आफैंमा अतिवाद हो, किनभने पहिले पनि मधेसमा २२ जिल्ला भनी मानिएकै थियो । अहिलेको पनि २ न. प्रदेशलाई मधेसी भूभाग भनेर छुट्याइएको छ । २ न. प्रदेशमा पहाडी जिल्ला र बस्ती नहुँदा पनि अखण्डता अक्षुण्ण रहन्छ भने सो अनुरूप संशोधन प्रस्तावना नहुनु अतिवाद हो । सामाजिक विज्ञानले समस्याको समाधान वैधानिक तरिकाले निकाल्ने मार्ग दर्शाउँछ । निरङ्कुश दृष्टिकोणले बलपूर्वक समाधान खोज्ने प्रयास गर्छ । अहिलेको समस्याको समाधान लोकतान्त्रिक विधिबाट नै खोज्नु पर्छ । लोकतान्त्रिक विधि भनेकै संसद्बाट संशोधन प्रक्रिया पूरा गर्नु हो । असन्तुष्ट पक्षको वास्ता नगरी बलपूर्वक चुनाव गर्नुको राजा ज्ञानेन्द्रको पालामा भएको स्थानीयजस्तै हो । मधेसवादीले पनि एउटा कुरा के निश्चित गर्न जरुरी छ भने संशोधन प्रस्ताव संसद्बाट अनुमोदन भएन भने के गर्ने ? आन्दोलनमैं जाने कि चुनावमा भाग लिने ।
    संविधान राजनीतिक निर्णयको उपज पनि हो । समस्या समाधान गर्न कहिलेकाहीं संविधानभन्दा बाहिर पनि गएर राजनीतिक निर्णय गर्नुपर्छ । हामीले पनि गर्दै आएका छौं । २०६२–०६३ मा विघटित प्रतिनिधिसभा पुनस्र्थापित भयो, खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भयो, दोस्रोपटक संविधानसभा निर्वाचन भयो, चनाव नै नलडेको माओवादीलाई दोस्रो शक्तिको दर्जा दिई संसदीय सहभागिता दिइयो । अन्तरिम संविधानमा सङ्घीयता लेखियो, धर्मनिरपेक्षता ल्याइयो । मधेसकेन्द्रित दलहरूले अहिले तत्कालीन आयोगको प्रतिवेदन अनुसार मधेसमा दुई प्रान्तको माग उठाउनुलाई ७ बुँदे १२ र २६ बुँदेमा छँदैछैन भनेर इनकार गर्नुको तुक छैन ।
    संविधानको आशय न्यायिक व्याख्याले पनि देखाउँछ । संसद्मा दर्ता भएको संशोधन प्रस्ताव रोक्न दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि अदालतले पनि संशोधन प्रक्रियालाई असंवैधानिक मानेको छैन । यस अवस्थामा संशोधन हुनुहुँदैन भन्नु गलत हो । आज सिंगापुरले प्रगति गरेको मुख्य कारण कानुनको शासनको परिपालना हो ।  अमेरिकी संविधान २७ पटक संशोधन भएको छ । भारतको १२२ पटक । हाम्रो संविधान पनि एकपटक संशोधन भइसकेको छ । यस अवस्थामा संविधान संशोधनले मुलुकको अस्तित्व नै सङ्कटमा पर्छ भन्नु पूर्वाग्रह हो । वर्तमान संविधानले ७ वटा प्रदेशको परिकल्पना गरेकोले ७ भन्दा आठ हुन सक्दैन भन्नु हठ हो । यही अतिवादले नै समस्याको गाँठो फुकाउन दिएको छैन । मधेसवादीहरू पनि सहज अवतरण खोजिरहेका छन् । अवतरण खोज्नेलाई रोक्ने प्रयास गर्नु निरङ्कुशता हो । यदि एउटा प्रान्त बढाएर समस्याको हल निस्कन्छ नाइँनास्ति गर्नुहुँदैन । संविधान निर्माणभन्दा यसको कार्यान्वयन र परिपालना ठूलो कुरा हो । जसले बच्चा जन्माउँछ उसैले पालनपोषणको पनि जिम्मा लिनुपर्छ । यै मानव दायित्व हो । अल्मतको कदर गर्नु, अल्पमतको आवाज सुन्नु लोकतन्त्रको मर्म हो । मधेसवादीहरू कमजोर छन् भन्दै बलपूर्वक संविधान त जारि गरियो, कार्यान्वयन पनि बलजप्mती गर्नुले शान्ति–समृद्धि आउँदैन । यसर्थ माघ भित्र निर्वाचन अपरिहार्य भए पनि निर्वाचनको सुखद परिणाम र संविधानको सर्वस्वीकार्यताको लागि सर्वस्वीकार्य वातावरण निमर्Fण पनि जरुरी छ । विश्वका जति पनि मुलुक समृद्ध भएका छन्, त्यसको एक मात्र सूत्र तिनका सबै नागरिक समान र राज्य हाम्रो हो भन्ने भावना भएकोले हो । त्यो भावना उत्पादनको मुख्य स्रोत नै संविधान हो । संविधानप्रति अपनत्व हो ।
    संविधानमा जस्तोसुकै राम्रो प्रावधान भए पनि असन्तुष्टि पनि छ । सबैले संविधानलाई आप्mनो भन्न सकेका छैनन् । यस कुरालाई ध्यान दिई सबैले मेरो संविधान हो भन्ने अवस्था सिर्जना गरी चुनावमा जानुपर्छ । सबैले स्वामित्व नलिएसम्म चुनावमा जाँदा उस्तै अवस्था आउँछ जस्तो असोज ३ गतेपछि भएको थियो । केही नागरिकले दिपावली मनाए भने केहीले ब्लेकआउट गरे । संविधान दिवसजस्तो महŒवपूर्ण दिवस सबैले मनाउन सकेनन् । कसैले उज्यालो दिवसको रूप लिए भने कसैले कालो दिनको रूपमा । कालो दिनको रूपमा बुझेकाहरूलाई पनि संविधान दिवसको रूपमा बुझाउने अवस्था सिर्जना गर्नैपर्छ । यदि त्यो अवस्था एउटा संशोधनले ल्याउँछ भने त्यसमा कन्जुस्याइँ गर्नुहुँदैन । यो संविधानको एउटा असल पक्ष गतिशीलता पनि हो । यदि अहिले संशोधनले नोक्सान पु¥यायो भने त्यसलाई पनि संशोधन गर्न नसकिने होइन । लोकतन्त्रमा दल महŒवपूर्ण हुन्छ । चुनाव भनेको वास्तवमा आम जनताको अधिकार प्रयोग गर्ने संयन्त्र हो । जनतालाई अधिकार–वञ्चित पार्ने काम कसैबाट हुनुहुँदैन, जनता पनि अधिकार प्रयोग गर्न तयार हुनुपर्छ । अहिले आम मधेसी दलहरू संशोधनबिना चुनावमा नजाने मनस्थितिमा रहेको बुझ्न आवश्यक छ । लोकतन्त्रमा कुनै एउटा दललाई मधेसविरोधी चित्रण गरिएको छ । यो दुःखद अवस्था हो । तर किन मधेस विरोधी दलको रूपमा चित्रित गरियो, कहीं मधेस विरोधी हुँदै गएको त होइन ? स्मरणीय कुरा के हो भने मधेसबिना कुनेै दलको कल्पना गर्न सकिंदैन । मधेसबिना कुनै पनि दल राष्ट्रिय बन्न सक्दैन । यदि एउटा संशोधनले सबैथोक मिल्छ भने संशोधनलाई तिलको ताड बनाउन जरुरी  छैन । जनताको वर्गीकरण उचित छैन । राष्ट्रियताको मनोगत व्याख्या पनि जरुरी छैन । राष्ट्रियता भनेकै सार्वभौम जनता हो । जनतालाई जनता नठान्नेले राष्ट्रियताको कुरा गर्नु गफ मात्र हुन्छ । यसर्थ अन्तमा चुनाव नभई नहुने भए पनि सबैले स्वेच्छाले चुनावमा भाग लिने वातावरण बनाएर गर्नुपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : निर्वाचनको अपरिहार्यता र सिर्जित चुनौतीको निकास
निर्वाचनको अपरिहार्यता र सिर्जित चुनौतीको निकास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6NulTIAz_15kBSKZy5Oxmxorg3pp2wxZy2D9u0iQJEaTPM83T1ABmVxXEYmzXHcou2a6X97eh7RnVZGw4WoNo9lF3538LxIltd7sUet8MO-M4K0Sc0mGoaFMWgdBKVl6Ao6jTaNHcQac/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6NulTIAz_15kBSKZy5Oxmxorg3pp2wxZy2D9u0iQJEaTPM83T1ABmVxXEYmzXHcou2a6X97eh7RnVZGw4WoNo9lF3538LxIltd7sUet8MO-M4K0Sc0mGoaFMWgdBKVl6Ao6jTaNHcQac/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/01/blog-post_794.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/01/blog-post_794.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy