–कुमार रुपाखेती
एकताका प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर गिज्याइन्थ्यो । किनकि पहिलो संविधानसभा निर्वाचनताका उनको दलले नेपालको भित्ता–भित्तामा उनलाई नेपालको भावी राष्ट्रपति भन्दै चित्रित गरेको थियो । तर त्यतिखेर सबैभन्दा ठूलो दल भए पनि विपक्षीहरूले उनलाई भित्तामैं पु¥याइदिए, भित्तामैं सीमित पारिदिए । जनयुद्धताका पहाडबाट थुप्रैलाई पलायन गराएका उनलाई त्यतिखेरका प्रधान सेनापतिले प्रधानमन्त्री पदबाटै पलाउन गराएको पनि सबैलाई थाहै छ । अचेल रुक्माङ्गद कटवाल पनि प्रचण्डभैmं समूह निर्माण गरेर हिंडेको देखिन्छ । कहिले आप्mनो प्रचार प्रसारमा किताबै निकाल्छन् आदि इत्यादि । सङ्क्षेपमा भन्ने हो भने प्रचण्डको पहिलो प्रधानमन्त्रीकालको उपलब्धि पनि जनयुद्धताकाको सेना र माओवादी भिडन्त भैm लाग्यो, जसमा सेनाको कमान्डर विजयी भएको र माओवादी कमान्डर हारेकै हो । अझ गहिरिएर हेर्ने हो भने उनको त्यो कार्यकाल टायँटायँ फिस्स अर्थात् खोदा पहाड निकला चुहा प्रतीत भयो ।
अहिले उनी दोस्रोपल्ट प्रधानमन्त्री बनिटोपलेका छन् । सक्नेले हाम्रो मुलुकमा जतिपटक पनि प्रधानमन्त्री बने हुन्छ, कुनै रोकटोक छैन । बेकारमा पगार दिने हाम्रो मुलुकमा कामको लेखाजोखा गर्ने चलन छैन । हिजोको भित्ते राष्ट्रपति अहिले फेरि सिंहदरबारको भित्ताको प्रधानमन्त्री बनेका छन् । भनिन्छ भित्ते प्रधानमन्त्री बनेपछि उनको ख्याति भित्ते राष्ट्रपतिभन्दा पनि गइलगुजरल छ रे ।
साँच्चै अचेल उनी नुन खाएको कुखुरा भैm किन देखिन्छन् भनेर धेरैले प्रश्न गर्न थालेका छन् । तर मुलुकको सर्वेसर्वा प्रधानमन्त्रीबारे यस्तो नकारात्मक टिप्पणी हुँदा लाजले हामी जस्ताको शिर निहुरिनु स्वाभाविकै हो।
जनयुद्धका सर्वोच्च कमान्डर प्रचण्ड भएभैm, जनान्दोलनका सर्वोच्च कमान्डर थिए गणेशमान सिंह, जसलाई कुनै पदले लोभ्याएन । तर प्रचण्डलाई त झिल्के कान्छाले साहिली औंंलामा सुनको बेरुवा औंठी झल्काएभैंmं पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै आपैm भ्mवाम्म ।
पदलोलुपताले गर्दा बिचराको अवस्था विजय गच्छेदारसँग दाँज्न नपरोस् भनी म भगवानसँग कामना गर्दछु ।
साक्षी राखेर, सर्जमीन गरेर, कपाली तमसुक बनाएर प्रधानमन्त्री पदमा छिरेका उनी अब किर्ते कागज बनाएर पद लम्ब्याउने जालसाजीमा लागेको पनि चर्चा छ ।
भनिन्छ संविधान कार्यान्वयन, संशोधन र निर्वाचन उनको बुताको कुरो होइन । काम सम्पन्न गर्ने क्षमता नभए पनि हलो अडकाइराख्ने क्षमताका धनी हाम्रF प्रधानमन्त्री अचेल टालमटोल र गोलमटोल कुरा गरेर निर्वाचन र संशोधनलाई आकाशको फल साबित गर्न उद्यत देखिन्छन् । मधेसवादी दलहरूलाई पनि उनले वीरबलको खिचडी पाक्दैछ भन्ने सन्देश दिएर थामथुम पारेका छन् । तर होनी (हुने काम) गर्न नसक्नेले अनहोनी (नहुने) काम कसरी गर्ला भन्ने दुविधामा मधेस केन्द्रित दल फसिसकेका छन् । हिजै एकजना विद्वान्ले ‘निर्वाचनविहीन प्रजातन्त्र र राजतन्त्रभन्दा तानाशाह’ भनेर व्याख्या गरेका छन्, थुप्रै सङ्घसंस्था, सामाजिक अगुवा, राजनैतिक दल र प्रमुख विपक्षीले जोडदार ढङ्गले स्थानीय निर्वाचनको माग गर्दासमेत भित्ते प्रधानमन्त्री काग कराउँदै छ, पिना सुक्दैछ पाराले हिंडेका छन् । प्रजातन्त्रमा संसद् विपक्षीको अस्त्र मानिए तापनि एमालेलाई येन केन प्रकारेण पाखा लगाउने काम गरिंदैछ ।
उता भित्ते प्रधानमन्त्रीको पजनी गर्न देउवा वैशाख कुरेर बसेका छन् । ठाउँ–ठाउँमा दौडाहा पठाइरहेका छन् । ‘काले–काले मिलेर खाउँ भाले’ भन्नेहरूको छेउ न पुच्छरको चर्तिकला देख्दादेख्दै पनि कसैकसैले संविधानको सुरक्षित अवतरण र निर्वाचनको सपना देखेको देख्दा मलाई तिनको बुझाइप्रति दया लाग्ने गरेको छ ।
‘खुकुरीभन्दा कर्घ लाग्ने’ मधेस केन्द्रित दलको रोदन, क्रन्दन त अहिले बाँकी नै छ । दक्ष प्रजापतिले महादेवको इज्जत गरेनन् भनेभैmं हाम्रो इज्जत भएन भन्दै भित्रभित्रै कुढिएका मधेस केन्द्रित दलहरूले कहिलेदेखि नङ्गानाच गर्ने हुन् के ठेकान ?
भित्ते प्रधानमन्त्रीको आगे थुप्रै चुनौतीहरू छन्, साँच्चै भन्ने हो भने चुनौतीको पहाडमा बसेका छन् उनी । यस्ता चुनौतीहरूको सामना गर्न, समाधान गर्न नै उनी दोस्रोपल्ट त्यो पदमा पुगेका हुन् तर उनमा मुलुकको नइया पार लगाउने क्षमता देखिदैन, उनी कुशल खेवैया बुझिंदैनन् । हिजो सबैभन्दा ठूलो पार्टीका नेता हुँदा जाबो एउटा सेनापतिको चल्ते राजीनामा दिएका प्रचण्डले एमाले, मधेस केन्द्रितहरू, काङ्ग्रेस आदिका गज्याङगुजुङ झेल्न सक्छन् र ? न जनयुद्ध जस्तो ड्याङडुङ गर्न मिल्छ, न दरबारकाण्ड छानबिनका तारानाथ भाटले दिपेन्द्रले भटटटट भन्दै छुटकारा पाउन सजिलो छ ।
साँच्चै प्रचण्डको पार्टीले उनको ल्याकत बुझेर नै उनलाई कतै भित्ते राष्ट्रपति त बनाउन खोजेको थिएन । प्रधानमन्त्री भन्दा सजिलो पद हो राष्ट्रपति । हरहर न कचकच माल चोखा । बिचरा रामवरण यादव त के विद्या भण्डारीसमेतले मजाले चलाइरहेकी छन् ।
तर एउटा कुरा के छ भने निजामती ऐन अनुसार सुम्पिएको काम नगर्ने कर्मचारीलाई बर्खास्तसम्म गर्न सकिन्छ, भविष्यमा सरकारी नोकरी गर्न अयोग्य घोषित गरिएभैm मुलुकको सर्वोच्च पदमा बस्ने अनि निर्धारित समयमा निर्धारित काम नगर्ने, जनताका जल्दाबल्दा समस्यालाई झनै विकराल बनाउने, मुलुकलाई अन्योल र गुलामीको अन्धकारमा धकेल्ने यस्ता भित्ते प्रधानमन्त्रीलाई किन कारबाई नगर्ने ? तर के गर्ने पालो पर्खेर बसेका अर्का प्रतीक्ष्Fारत प्रधानमन्त्रीसमेत भित्तेपाराकै, बोलेकै नबुझिने खालका छन् । जसो जसो बाहुनबाजे उसै उसै स्वाहा, नेपाल र नेपालीको नियति बनेको छ । भित्तेहरूको जगजगी छ १