सुदर्शनराज पाण्डे
नेपालका अगुवा कम्युनिस्ट लेखक, अनुवादक कृष्णदास श्रेष्ठले विश्व सर्वहारावर्गका महान् नेता र एक महानतम माक्र्सवादी–लेनिनवादी जोसेफ स्टालिनद्वारा लिखित एउटा सुप्रसिद्ध कृतिको नेपाली अनुवाद, नेपाली पाठकहरूसमक्ष प्रस्तुत गरेका छन् । पुस्तकको नाम हो– माक्र्सवाद र जातीय सवाल । पुस्तकमा माक्र्सवादी दृष्टिकोणबाट जातीय सवालका विभिन्न पक्षहरूबारे चर्चा गरिएको छ । जातीय सवालबारे जानकारी राख्न चाहने सबैले उक्त महŒवपूर्ण पुस्तक पढ्नैपर्ने हुन्छ । उक्त कृतिमा जनजाति सवाल सम्बन्धी वोल्सेभिक पार्टीको कार्यक्रमलाई विकसित गरिएको थियो । तसर्थ सो कृतिलाई माक्र्सवादको सैद्धान्तिक भण्डारमा एउटा महŒवपूर्ण रचना मानिएको छ । उक्त कृतिमा सात परिच्छेद छन् । जाति शीर्षकको पहिलो परिच्छेदमा जातिका विशेषता तथा गुणबारे उल्लेख गरिएको छ । स्टालिनले जातिको जुन परिभाषा प्रस्तुत गरेका छन्, त्यसलाई जातिको सबभन्दा वैज्ञानिक र उत्कृष्ट परिभाषाको रूपमा मान्यता प्राप्त छ । जातिका विषयमा गरिएका परिभाषामा – ‘जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन, साझा संस्कृतिमा व्यक्तिको मनोवैज्ञानिक स्वरूपको आधारमा निर्मित, एक ऐतिहासिकरूपले समर्पित स्थिर जनसमुदाय हो । एउटा साझा भाषा, एउटा साझा इलाका, एउटा साझा आर्थिक जीवन र जातीय संस्कृतिका साझा विशिष्ट लक्षणहरूमा व्यक्तिएको एउटा साझा मनोवैज्ञानिक चरित्र हो ।’
जातीय आन्दोलन शीर्षकको दोस्रो परिच्छेदमा जातीय आन्दोलनको स्वरूप तथा सारतŒव, भूमि चरित्र, भाषा चरित्र, धार्मिक स्वतन्त्रताको चरित्र तथा रूपहरूबारे चर्चा गरिएको छ । जातीय आन्दोलनले अघि सारेका जातीय आन्दोलनका मागहरूले जातीय चरित्र तथा रूपहरूको निर्धारण गर्दछ ।
नेपालमा उठेको जातीय आन्दोलन माक्र्सवादी दृष्टिकोण र आधार नभएकोले जातीय आन्दोलनले उग्ररूप र जटिलताको रूप लिएको छ । नेपालको जातीय आन्दोलनले समस्याको समाधानभन्दा समस्याहरूलाई छरपस्ट पार्ने काम गरेको छ । माक्र्सवाद–लेनिनवादमा आधारित जातीय आन्दोलनले मात्र जातीय मुक्ति सम्भव छ, होइन भने जातीय आन्दोलन समस्याको पहाड बन्ने निश्चित छ । नेपालको जातीय आन्दोलन पश्चिमा राष्ट्र र युरोपेली महासङ्घबाट निर्देशित छ । यस आन्दोलनभित्र युरोपेली महासङ्घको राजनीति र कूटनीति घुसेको छ र नेपाली राष्ट्रिय स्वार्थ बाहिरिदै गएको छ । जातीय आन्दोलनको नेपालमा दुरुपयोग भएको छ । नेपालको जातीय आन्दोलन नेपालको हावा, पानी, माटो, देश, काल, परिस्थिति सुहाउँदो छैन । नेपालको जातीय आन्दोलन आखिरमा गएर अधिकारको सुनिश्चितताको लागि नभएर विभेद र जातीय लडाइँ तथा राष्ट्र विखण्डनमा परिणत हुन जाने देखिन्छ । ९२ भाषाभाषी, १२८ जातजाति नेपालमा छन् । यस्तो विशेषता नेपालबाहेक विश्वको कुनै पनि देशमा छैन । भारतीय आप्रवासीहरूले राष्ट्रिय परिचय खोजेको अवस्था छ । नेपालका आदिवासी, जनजाति, विदेशतिर पलायनको अवस्था कायम छ । नेपालकै अस्तित्व सुरक्ष्Fित रहने हो कि नरहने हो भन्ने ठूलो डर र खतराजन्य परिस्थिति छ । नेपालको संविधान २०७२ ले द्वन्द्व व्यवस्थापनको ठाउँमा विश्व द्वन्द्वको केन्द्रबिन्दुमा नेपाललाई परिणत गर्न खोज्दैछ । भारतीय ठाडो हस्तक्षेप र युरोपेली महासङ्घको गम्भीर चलखेलले नेपाल अतिसंवेदनशील अवस्थामा पुगेको छ । नेपाललाई धार्मिक र जातीय द्वन्द्वमा फसाउन पश्चिमा राष्ट्रहरूले एनजिओ, आइएनजिओको सहारा लिएका छन् । हरेक राजनीतिक दलभित्र भारतीय दलाल र पश्चिमा राष्ट्रहरूको दलाल घुसेका छन् । अहिले देशमा दलाली राजनीति, दलाली कूटनीति र दलाली अर्थनीति छ । माक्र्सवादबाट प्रेरित जातीय आन्दोलन भएको भए आज देशले यो राजनीतिक दुर्दशा र प्रजातान्त्रिक अशान्ति बेहोर्नुपर्ने थिएन । वर्ग सङ्घर्ष र वैचारिक सङ्घर्षकै अभिन्न अङ्ग जातीय आन्दोलन भएको भए जातीय मुक्ति हुने थियो । जातीय सङ्घर्षलाई मालेमावादमा आधारित गर्न सकेको भए जातीय उत्पीडिन समाप्त हुने थियो तर दलाली राजनीति, सत्ता स्वार्थकेन्द्रित राजनीतिले गर्दा आज नेपालको यो हविगत भयो । नेपालको राष्ट्रियता सर्वाधिक सङ्कटमा पु¥यो । जाति–जातिबीचको लडाइँले ढिलो–चाँडो नेपाल गृहयुद्धको सँघारमा पुग्ने सम्भावना छ । विदेशीहरूको अभीष्ट यही हो । नेपाललाई यो अवस्थामा पु¥याउने दोषीहरूउपर कडा जनप्रहार नै देशलाई बचाउने एक मात्र उपाय हो ।
हिमाल, पहाड, तराई मधेसका सबै जाति, भाषा, धर्म, संस्कृति सबैलाई जोडनु नै सच्चा राष्ट्रियता हो । पहाडिया र मधेसिया भनिहिंंडनु राष्ट्रिय विखण्डन र राष्ट्रघाती कार्य हो । सबैखाले शोषण र विभेदको अन्त्य गर्नु नै राजनीतिक धर्म हो । जातीय राजनीति, धार्मिक राजनीति देशको आवश्यकता होइन, यो वाञ्छनीय हुन सक्दैन । मुलुकको विकास र समृद्धिलाई केन्द्रमा राखेर राष्ट्र निर्माणको राजनीति अघि बढाइनुपर्दछ । नेपाल बर्बाद भएकै सत्ताकेन्द्रित, र व्यक्तिकेन्द्रित राजनीतिले गर्दा हो । राष्ट्रिय स्वार्थ र सामूहिक स्वार्थको प्रतिनिधित्वका लागि सामूहिक प्रयासको सहभागितामूलक राजनीति अघि बढाइनुपर्दछ ।
जातीय र धार्मिक कर्मकाण्ड एउटा निष्कृष्ट रूप हो । व्यक्तिको महŒवाकाङ्क्षा र अहङ्कार अति खतराक हुन्छ । सबै नेपाली जनतामा राष्ट्रिय महŒवाकाङ्क्षा, राष्ट्रिय स्वार्थ र राष्ट्रिय गर्व हुनुपर्दछ । सबै जातजातिका नेपालीले हामी नेपाली हौंं, हाम्रो राष्ट्रियता नेपाली हो भन्ने गर्व गर्नुपर्दछ । शासनसत्ता व्यक्तिको होइन, विधिको हुनुपर्दछ । धर्म र जातजाति राजनीति सर्वथा विनाशकारी र अनिष्टकारी हुन्छ । नेपालका नेपालीले यो कुरा नचाहँदा–नचाहँदै बेहोर्नुपरेको छ । धार्मिक र जातीय सङ्कीर्णताले कुनै मानिसलाई पनि उँभो लग्न दिंदैन । जातीय अवगुण र धार्मिक अवगुणलाई हामीले हटाउँदै जान सक्नुपर्दछ । जातीय विविधता राष्ट्रको गहना हो । अनेकतामा एकता नै राष्ट्रको सत्य शक्ति हो । मानिस–मानिसबीचको भावनात्मक एकता नै प्रबल शक्ति हो । जातीय एकता नै अधिकांशको व्यवहार, आचरण, संस्कार, मूल्य, मान्यता कम्युनिस्टजस्तो छैन । भूmट र भ्रमको खेती क्षणिक र तुच्छ हुन्छ । षडयन्त्र र अवसरवाद राजनीतिको निष्कृष्ट विशेषता हो । जुन बाटो नेपालीहरूले नहिंड्नुपर्ने थियो तर नेपालका नामधारी राजनीतिक पार्टीका स्वनामधन्य नेताहरूले जबरजस्ती नेपाली जनताहरूलाई हिंडाइरहेका छन् । कुबाटोमा हिंडाएर नेपाली जनतालाई दिग्भ्रमित पार्नु राजनीति होइन । राजनीतिक अस्थिरताले सार्वजनिक नीतिमा अवरोध सिर्जना गरेको छ । सुधारको अपेक्षा राखी जति लेखे पनि, जति बोले पनि सुधारको कुनै सङ्केत छैन । सबैखाले विकृतिबाट माथि उठेर आर्थिक सम्भावनालाई फराकिलो पार्न तेस्रो नागरिक आन्दोलन अनिवार्य बनेको छ । सर्वप्रथम हामीले हाम्रा छिेमेकी राष्ट्र कति असल, कति खराब छन् त्यो गहिरोसँग बुझ्नुपर्दछ । राष्ट्रिय राजनीति अनुशासित हुनुपर्दछ । राष्ट्रियताको सवालमा सबै नेपालीको एउटै मूलप्रवाह, एउटै आवाज हुनुपर्दछ । तब मात्र नेपालीहरू सबै मुक्त हुन सक्दछन् । नेपाल स्वतन्त्र र सुरक्षित रहन सक्दछ । जातीय भावना बलियो पार्ने प्रयास यत्र–तत्र–सर्वत्र हुनुपर्दछ । नेपालीले जाति–मुक्ति खोजेका छन् । जातिवादको छाल खोजेका होइनन् । जाति आन्दोलन वर्ग सङ्घर्ष र वैचारिक सङ्घर्षमा रहे मात्र सामाजिक जनवाद बलियो हुन्छ । जातिवादको महामारीबाट जोगाउन सकिएन भने जनधनको ठूलो क्षति हुन जानेछ । जातिवादलाई संसद्वादीहरूले दुरुपयोग गर्दै आइरहेका छन् । जातीय सवालबारे नेपालमा गम्भीर तथा विस्तृत छलफल गरी नराम्रो ढङ्गले अघि बढेको जातीय राजनीतिको अन्त्य नै गरिनुपर्दछ ।
जाति भनेको मानिसहरूको निश्चित समुदाय हो । कुनै नस्लीय या प्रजातीय समुदाय होइन, बरु ऐतिहासिक दृष्टिले स्थापित जनसमुदाय हो । राष्ट्रिय, अन्तर्राष्ट्रिय बसाइँ–सराइले जातीय समुदायमा चुनौती थपिदिएको छ । आदिवासी, जनजाति रैथाने अल्पसङ्ख्य हुँदै गएका र आप्रवासीको सङ्ख्या बढ्दै गएको छ । जाति भनेको कुनै अनियमित वा क्षणिक जमघट होइन, मानिसहरूको स्थिर समुदाय हो । तर सबैका सबै स्थिर समुदायहरू जाति बन्दैनन् । राज्यका निम्ति एउटा साझा भाषा हुनैपर्दछ । एउटा साझा भाषा जातिको विशिष्ट लक्षण हो । सबै जातिका आआप्mना मातृभाषा, संस्कृति हुन्छ । वर्तमान समयमा मानिसहरूले एकैसाथ कैयन भाषा बोल्नुपर्ने बाध्यता छ । लामो तथा व्यवस्थित सम्पर्कको परिणामस्वरूप मानिसहरू पुस्तौपुस्तासम्म सँगसँगै रहनाका परिणामस्वरूप मात्र जातिको निर्माण हुन्छ । तर एउटा साझा इलाका नभएमा मानिसहरू लामो समयावधिसम्म सँगसँगै रहन सक्दैनन् । प्रजातन्त्रवादीले समस्या ल्याउँछन् र स्थायी समाधान गर्न सक्दैनन्,चाहँदैनन् । जनतालाई फुटाऊ र शासन गर उनीहरूको लक्ष्य हो तर कम्युनिस्टहरूले सबै जातजातिलाई एउटै कम्युनिस्ट विचारको जाति, एउटै राष्ट्रिय भाषा, एउटै पोशाकद्वारा राष्ट्रिय एकता सुदृढ बनाउन चाहन्छन् । साझा आर्थिक जीवन भयो भने राष्ट्र सफल र स्थिर हुन्छ । एउटा साझा आर्थिक जीवन, आर्थिक सम्बद्धता जातिको विशिष्ट लक्षण हो । बौद्धिक स्वरूपमा पनि जातिहरू फरक हुन्छन् र उक्त स्वरूपले आपूmलाई जातीय संस्कृतिका विशिष्टताहरूमा व्यक्त गर्दछ । जातीय चरित्र सदाका लागि स्थिर रहने कुनै चीज होइन, बरु जीवनावस्थाहरूमा हुने परिवर्तनानुसार फेरिने चीज हो । तर हर खास क्षणमा त्यसको अस्तित्व रहने हुनाले, त्यसले जातिको सामान्य चरित्रमा आप्mनो छाप पार्छ । स्वतः स्पष्ट कुरा के हो भने सबै ऐतिहासिक परिघटनाहरूभैंm, जाति पनि परिवर्तनको नियमको अधीनस्थ हुन्छ, त्यसको आप्mनै इतिहास हुन्छ, आप्mनो थालनी र अन्त्य हुन्छ । जतासुकै लागे पनि, जतासुकै भए पनि मानिसको मन जातिगत हुन्छ । कम्युनिस्ट विचारले एउटै जातीय चरित्र बनाउने हरबखत प्रयास गरिरहेको हुन्छ । एउटै भाषा बोल्नेहरू एउटै जाति हुँदैनन् ।
जातिसम्बन्धी स्प्रिन्गरको भनाइ छ– ‘जाति भनेको एउटै प्रकारले सोच्ने र उस्तै प्रकारले बोल्ने व्यक्तिहरूको मेल हो । यो जमिनमा नबाँधिएका आधुनिक मानिसहरूको एउटा सांस्कृतिक समुदाय हो । एउटा साझा भाषाले मानिसलाई जाति बनाउँछ । एउटै भूगोलमा बस्ने मानिसहरूको एउटै भाषा नभएर पृथक–पृथक भाषा हुन्छ तर सम्पर्क भाषा र राष्ट्रिय भाषा एउटै हुन सक्दछ । जातीय चरित्र आकाशबाट खस्ने र भुइँमा उम्रिने गर्दैन । जातीय चरित्र भनेको एक जनजातिको जनतालाई अर्को जनजातिका जनताबाट छुट्याउने विशिष्टताहरूको कुल जोड हो । एउटा जातिलाई अर्को जातिबाट छुट्याउने शारीरिक विशिष्टताहरूको सम्पूर्णता हो– वौयरले भनेका छन् । जातिय सवाल जटिल विषय हो । जातीय राजनीति निरर्थक हो ।