प्रस, वीरगंज, १५ माघ/
नेपाल सरकारले बाराको डुमरवानामा निर्माण गरिरहेको विशेष आर्थिक क्षेत्र (क्भ्श्)को निर्माणविरोधी आपूmहरू नभएको स्थानीयहरूले बताएका छन् । शनिवार पत्रकार सम्मेलन गरी स्थानीयहरूले ‘एक घर एक रोजगार’ लागू भए आपूmहरूको समस्या समाधान हुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी स्थानीयहरूले विशेष आर्थिक क्षेत्र बनाउन जग्गा हाम्रा पुर्खाले दिएको बताए ।
वीरगंज चिनी कारखाना निर्माण हुने बेलामा भवानीपुर, डुमरवाना, काँडाटोल, डाँडाटोल, बेहरी राजघाटका बासिन्दाहरूले प्रतिबिघा रु. १३ सयका दरले ८३३ बिघा जग्गा चिनी कारखानालाई बेचेका थिए ।
पत्रकार सम्मेलनमा स्थानीय बासिन्दाले चिनीमिल निर्माण हुने बेलामा नेपाल सरकारले रोजगार दिने आश्वासन दिए पनि जागिर नदिएको बताएका थिए ।
स्थानीयहरूले आपूmहरूलाई रोजगारको लागि लिखित आश्वासन नदिए कुनै हालतमा पनि सेज निर्माण हुन नदिने चेतावनी पत्रकार सम्मेलनमा दिएका थिए ।
आप्mना बाजे पुर्खाले दिएको जग्गा आपूmहरूले अहिलेसम्म जोगाउँदै आएको नत्र यसअघि नै अरूले कब्जा गरी बसिसक्थे उनीहरूको तर्क रहेको थियो ।
सेज निर्माण गर्नुअघि सो ठाउँमा बसोवास गर्नेहरूलाई अन्य ठाउँमा सार्नुअघि निश्शुल्क जग्गा उपलब्ध गराउनुपर्ने उनीहरूको माग थियो ।
पत्रकार सम्मेलनमा भूमि अधिकार संरक्षण जिल्ला कार्यसमिति बाराका अध्यक्ष मेहीलाल दास थारू, सचिव नुरेन, उपाध्यक्ष भगली माझीलगायतले मन्तव्य राखेका थिए ।