शिवशङ्कर मिश्र, कलैया, १४ पुस/
जङ्गलबाट हिजो भेटिएको दुईवटा शवको पहिचान खुलेको बारा प्रहरीले जनाएको छ ।
मृतक भारत बिहार पूर्वी चम्पारण रक्सौल थाना निवासी लक्ष्मीपुर पोखरिया निवासी १८ वर्षीय दिपक राम तथा अरुण राम रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
मृतक दुवैजना काकाभतिजा रहेको प्रहरीले जनाएको छ । मृतक अरुण रामका दाइ दशरथ रामले शव पहिचान गरेको प्रहरीले जनाएको छ । घटना विवरण अनुसार आइतवार दुवैजना खाना खाएर भारतीय नम्बरको गाडी चढेर नेपाल आएको दशरथ रामले प्रहरीलाई जनकारी गराएका थिए ।
नेपाल आउने क्रममा अरुणको मोबाइलमा फोन आउने बित्तिकै दुवैजना एउटै मोटरसाइकलमा परिवारलाई जानकारी गराई घरबाट हिंडेको प्रहरीलाई जानकारी गराएका छन् ।
दुवैजनाले बोकेको मोबाइल तथा मोटरसाइकल प्रहरीले खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार मृतकले प्रयोग गरेको मोबाइलमा कसले फोन कुन नम्बरबाट गरेको अनुसन्धान गर्न बारा प्रहरी भारत गएको बुझिएको छ ।
करैया–८ सहजनाथ मन्दिरदेखि डेढ किलोमिटर उत्तर जङ्गलमा दुवैजनाको शव प्रहरीले बुधवार दिउँसो फेला पारेको थियो ।
दुवैजनालाई हातखुट्टा बाँधी घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।