प्रस, वीरगंज, १६ पुस/
बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्टर्स क्लब पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पासवानले संशोधन प्रस्ताव केही नेताहरूको भागबन्डाको राजनीतिको लागि आएको बताए ।
उनले सो प्रस्ताव मधेसका दलित, उत्पीडित, पिछडिएका समुदायको हकमा नभएकाले यसलाई पास हुन नदिने बताए । उनले संविधान संशोधन प्रस्ताव राष्ट्रविरोधी भएको बताए ।
उनले आपूmले पेस गरेको संशोधन प्रस्तावले मधेसका दलित, उत्पीडित समुदायको हकअधिकार सुनिश्चित हुने दाबी गरे ।
मधेसवादी दलले उठाएका मुद्दा पिछडिएका समुदायको नभई नेताहरूको व्यक्तिगत उत्थानका लागि भएको उनले आरोप लगाए । सुशील कोइराला नेतृत्वको सरकारसँग भएको ४ बुँदे सम्झौता कार्यान्वयनको लागि बहुजन शक्ति पार्टीले आगामी चैत १५ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा हिजो वीरगंजमा सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले ५ दिन पहिले प्रचण्ड सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिएको उनले सञ्चारकर्मीहरूलाई जानकारी गराए ।