$type=ticker$count=12$cols=4$cate=0

राजस्व सङ्कलन र सरकारी खर्चको व्यवस्थापन

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    संङ्घीय प्रणालीको सफलताको सबै भन्दा महŒवपूर्ण कडी अधिकारको सन्तुलित  बाँडफाँड र उचित व्यवस्थापन हो । सन्तुलित आर्थिक विकास सङ्घीयताको अपरिहार्य तŒव हो भने अधिकारको सन्तुलित बाँडफाँड सङ्घीय व्यवस्थाको सफलताको आधार हो ।
    सन्तुलित आर्थिक विकासको लागि राजस्व सङ्कलन र व्यवस्थापन महŒवपूर्ण हुन जान्छ ।  कर उठाउने, त्यसको बाँडफाँड  र खर्च व्यवस्थापन राजनीतिक र आर्थिक दुवै प्रयोजनार्थ महŒवपूर्ण रहन्छ । कर तथा अन्य राजस्व  कसले निर्धारण गर्ने कसले उठाउने र कसले केमा खर्च गर्नेलगायत कुरा विवादका कारण बन्ने गर्छन् । यसर्थ यस्ता विषयमा गम्भीरतापुर्वक संविधानमा व्यवस्था गर्नु पर्छ किनभने एकभन्दा बढी तहको सरकारहरूको अधिकारमा ताŒिवक असर पर्न सक्छ । यसर्थ अधिकारको सन्तुलित बाँडफाँड तथा खर्च व्यवस्थापनको आधार अन्तर्राष्ट्रिय अभ्यास बन्न सक्छ । राजस्व सङ्कलनको अधिकार र खर्च गर्ने अधिकारको उचित व्यवस्थापनले विद्र्रोह–विवाद एवं हरेक खाले असन्तुष्टिको अन्त्य गर्ने हुँदा संविधानको वर्तमान व्यवस्थाको सूक्ष्म विश्लेषण गरी परिमार्जन गर्नुपर्ने हुन्छ । जसको लागि संशोधन अपरिहार्य  छ ।                 राजस्व उठाउने अन्तर्राष्ट्रिय अभ्यास हेर्दा क्यानाडा र स्वीटजरल्यान्डमा केन्द्रीय सरकारले राजस्वको ४५ प्रतिशत सङ्कलन गर्दछ । सङ्घहरूको एउटा समूह अस्ट्रिया, अस्ट्रेलिया, ब्रजील, भारत र संयुक्त राज्य अमेरिका हो, जहाँ केन्द्रीय सरकारले कुल राजस्वको दुईतिहाईदेखि तीनचौथाई सम्म सङ्कलन गर्दछन् । त्यसैगरी अर्जेन्टिना, मलेसिया, मेक्सिको, स्पेन र भेनेजुएलामा केन्द्र सरकारले ८० प्रतिशत राजस्व सङ्कलन गर्दै केन्द्रीय प्रभुत्व कायम गर्दछ । युरोपेली युनियन जो सङ्घ होइन, जसको केन्द्रीय राजस्व कुल राजस्वको दुई प्रतिशतभन्दा पनि कम छ । केही गैरसङ्घीय मुलुकहरू छन् । जहाँ राजस्व सङ्कलनको सन्दर्भ धेरै केन्द्रीकृत सङ्घहरूभन्दा पनि बढी विकेन्द्रित छन् । ती मुलुक सङ्घीय प्रणालीमा अखण्ड र विकसित मुलुकका रूपमा परिचित छन् । उनीहरूले उठाउने गरेको करको अनुपात हेर्दा केन्द्रले प्रान्तभन्दा बढी आर्थिक अधिकार पाए पनि स्थान्ीय तहलाई राजस्व सङ्कलन र विकास कार्यमा स्वायत्तता छ ।
    हाम्रो संविधानले स्थानीय तथा प्रान्तीय सरकारको अभ्यास गर्ने स्थान त दिएको छ तर राजस्वको दायरा सङ्कुचित पारेको छ । अधिकांश राजस्व केन्द्रले उठाउने र खर्च गर्ने प्रावधान छ । केही स्थानीय स्रोत परिचालन गर्ने अधिकार दिए पनि कानुन बनाउने अधिकार केन्द्रीय संसद्लाई नै छ । कुनै कुनै विषयमा स्थानीय र प्रान्तीय तथा सङ्घीय तीनैलाई कानुन बनाउने अधिकार दिए पनि सङ्घीय संसद्ले नै बनाएको कानुन मान्यता पाउने प्रावधान छ । जसले गर्दा तल्लो तहले चाहेर पनि केही गर्न सक्दैन । केन्द्रीय संसद्मा बहुमत हुनेले स्थानीय सरकारलाई आप्mनो चाहना अनुसार चलाउन पाउँछ र जसले मान्दैन त्यसलाई पेलेर हस्तक्षेप गर्न सक्छ । यसले गर्दा विगतजस्तो पनि विकास कार्य गर्न सकिदैन । यस्ता कुरामा संशोधन अपरिहार्य भए पनि संशोधन नै हुनुहुँदैन भन्नु अतिवाद हो ।
    कैयौ औद्योगिक मुलुकमा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व नगण्य छ ।  क्यानाडा र अस्ट्रेलिया अपवादका रूपमा छन् जहाँ केन्द्रीय एकाइको स्वामित्वमा रहेको छ । जस्तै अस्ट्रेलियाको जल परिवेष्ठित क्षेत्र । नाइजेरियामा  प्राकृतिक स्रोतको हिस्सा करिब ८७ प्रतिशत रहेको छ, इराकमा ८५ प्रतिशत, भेनेजुएलामा उच्च रहेको प्रकाशित तथ्याङ्कबाट ज्ञात हुन्छ । इराकले यस्तो विषयमा समाधान निकालेकोे देखिन्न । नेपालमा प्राकृतिक साधन स्रोत असन्तुलित  छ । कुनै क्षेत्रमा अत्यधिक छ भने कुनै क्षेत्रमा छँदैछैन । यस अवस्थामा प्राकृतिक साधनस्रोत उपर अधिकारको स्पष्ट सीमाङ्कन संविधानले गरेको देखिएन  भने केन्द्र र प्रान्तबीच मात्र होइन, प्रान्त र प्रान्तबीच पनि विवाद चुलिन सक्छ । जल र विद्युत्जस्ता अतिआवश्यक उपभोग्य वस्तुको अभाव झेल्न नागरिक बाध्य हुन सक्छ जसले विद्रोह ल्याउन सक्छ भने कुनै प्रान्त आर्थिकरूपले बढी सम्पन्न र कुनै अति गरीब बन्न सक्छ । जस्तै खोलाको पानी खोला उत्पन भएको प्रदेशले अन्य प्रदेशमा जानै दिएन भने जटिलता बढन सक्छ । खोलानालाको पानीको व्यवस्थापनको उपयुक्त उपायतर्फ पनि ध्यान जान उत्तिकै जरुरी छ । अहिले गाविसगाविसबीच खोलाको पानीको लागि दशकौं विवाद चल्दछ भने प्रान्तप्रान्तबीच नहोला भनी चिताउन सकिन्न । संविधानले स्थानीय सरकारलाई जलस्रFेतमा अधिकार दिए पनि जलमा पूरा मुलुक आश्रित मात्र छैन, देशको आर्थिक उत्थानको मुख्य स्रोत नै जल हो ।
    सङ्घहरूको सरकारी खर्च स्वीटजरल्यान्ड, क्यानाडा र जर्मनीमा केन्द्रीय सरकारको खर्च कुल सरकारी खर्चको तुलनामा ज्यादै कम छ । जर्मनीमा सङ्घीय राज्य प्रशासनहरू केही सङ्घीय कार्यक्रम सञ्चालन गर्न जिम्मेवार रहेकाले  यस्तो भएको हो । स्वीटजरल्यान्ड र क्यानाडाको हकमा  क्षेत्रगत र प्रान्तीय जिम्मेवारीका कारण यस्तो भएको हो । अस्ट्रेलिया, अर्जेन्टिना, ब्रजील र भारत र संयुक्त राज्य अमेरिकामा ६० प्रतिशत र अस्ट्रिया र स्पेनमा करिब ७० प्रतिशत छ भने भनेजुएलामा ७८ प्रतिशत र मलेसिया र मेक्सिकोमा ८५ प्रतिशत छ । उक्त अनुपात हेर्दा बढी विकसित मुलुकहरूमा सङ्घहरूको सरकारी खर्चको अनुपात कम छ भने कम विकसित मुलुकहरूमा सरकारी खर्चको अनुपात बढी छ । सरकारी खर्चको पनि स्पष्ट सीमाङ्कनको व्यवस्था नगर्दा लथालिङ हुन सक्छ, जसलाई संशोधनमार्फत् स्पष्ट गर्न जरुरी छ भने कानुनद्वारा कार्यविधि स्पष्ट गर्नुपर्छ ।
    केही मुलुकमा केन्द्रीय सरकारले आवश्यक खर्चभन्दा बढी राजस्व उठाउँछ र एकाइका सरकारलाई आर्थिक निकासा दिन सक्षम बनाउँछ । सरकारको कुल खर्चको तुलनामा सबैभन्दा कम अन्तर सरकारी निकासा क्यानाडा, स्वीटजरल्यान्ड  र जर्मनीमा छ, जहाँ विकेन्द्रीकरण कार्यक्रमको खर्चको ठूलो मात्रा समावेश हुन्छ । मलेसियामा पनि धेरै केन्द्रीकृत कार्यक्रमगत खर्चमा निकासा कम छ । संयुक्त राज्य अमेरिकाको पनि तुलनात्मक कम निकासा छ । जबकि अस्टे«लिया, अस्ट्रिया र भारतमा  तल्लो तहमा सरदर ४०–४५ प्रतिशत निकासा जान्छ । स्पेनमा कार्यक्रम र जिम्मेवारीको आधारमा राजस्वको अधिकारभन्दा धेरै बढी करिब ७८ प्रतिशत निकासा जाने गर्छ । केही सङ्घहरूमा गरीब सङ्घीय एकाइहरूलाई धेरै निकासा दिने प्रावधान पाइन्छ, जसलाई समानीकरणको सिद्धान्त भनिन्छ ।
    केही मुलुकमा वैधानिक क्षेत्राधिकार प्रयोग गरी केन्द्रीय सरकारद्वारा खर्च गर्ने विभिन्न तरिकाहरू छन् । जस्तै अस्ट्रेलिया, भारत, मलेसिया र स्पेनको संविधानले केन्द्रीय सरकारलाई त्यसको क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा पनि खर्च गर्न सक्ने पूर्ण अधिकार प्रदान गरेको छ । संयुक्त राज्य अमेरिकाको संविधानले केन्द्रीय सरकारलाई सार्वजनिक हितका लागि कर लगाउने ठूलो अधिकार प्रदान गरेको छ भने सङघीय खर्चको लागि कुनै कानुनी सीमा छैन । क्यानाडामा अदालती व्याख्याले दुवै तहका सरकारलाई  खर्चमा असीमित अधिकार प्रदान गरेको छ । स्वीटजरल्यान्डको संविधानले पूर्णरूपमा क्षेत्रगत अधिकार रहेको क्षेत्रहरूमा केन्द्रीय सरकारलाई समान्यतः खर्च गर्न अनुमति दिंदैन । तर व्यवहारमा त्यस्तो खर्चको परीक्षणको लागि अदालती निर्देशन नभई जनमत सङ्ग्रहबाट समाधान खोज्ने व्यवस्था छ । यद्यपि त्यसो भएको छैन । धेरै क्षेत्रमा समान वा संयुक्त क्षेत्राधिकारयुक्त विशेषता जर्मनीमा छ र धेरै सङ्घीय कानुन राज्यद्वारा कार्यान्वित भएका हुन्छन् । खर्च सम्बन्धी सबै निर्णयका लागि माथिल्लो सदनमा हुने मतदानमा सङ्घीय राज्यहरूको बहुमत हुनुपर्दछ । नाइजेरियामा सङ्घीय सरकारले मात्र खर्च सम्बन्धी कानुन बनाउँछ र त्यसैको आधारमा राज्यले  खर्च गर्ने अनुमति प्राप्त गर्दछ । बेल्जियममा कानुनी प्रतिस्पर्धाको क्षेत्रमा पूर्णरूपमा खर्च रोक्ने व्यवस्था छ । अमेरिका, भारत, स्पेन, अस्ट्रेलियलगायत मुलुकमा केही असीमित अधिकार केन्द्रलाई रहेको देखिन्छ । यस्तो अधिकारले प्रान्तलाई स्वतन्त्र भएर काम गर्न केही न केही व्यवधान उत्पन हुन सक्ने देखिन्छ ।
    केही सङ्घहरूमा केन्द्रीय सरकारबाट एकाइका सरकारहरूलाई निश्शर्त निकासा दिने वा कर राजस्वको निश्चित हिस्सा प्रदान गर्ने व्यवस्था रहेको छ भने केही केन्द्रीय सरकारले सशर्त निकासा गर्ने गरेको पाइन्छ । तर ती सशर्त निकासा विवादस्पद भएका छन् । किनभने केन्द्रीय सरकारका शर्तहरूले सङ्घीय एकाइलाई प्रतिस्पर्धी क्षेत्रमा केन्द्रीय कार्यक्रम लागू गर्न दबाब दिन्छन् । प्राकृतिक कोषको आवश्यकताको शर्तद्वारा केन्द्रीय सरकारले सङ्घीय एकाइको सरकारका प्राथमिकता धवस्त पारिदिन सक्छ । सङ्घीय एकाइका सरकारहरूद्वारा कार्यक्रम निर्धारण गरिसकेपछि जनताको अपेक्षा छाड्दै केन्द्रीय सरकारले निकासा फिर्ता लिन वा कटौती गर्न सक्छ ।
    केन्द्रीय सरकारद्वारा सङ्घीय एकाइका सरकारहरूका लागि गरिने स्वविवेकी अनुदानको प्रयोग राजनीतिक मित्रहरूको पक्षमा र विरोधीहरूलाई दण्ड दिने प्रकृतिको र अझ निर्वाचन परिणामलाई प्रभावित गर्नेगरी हुन सक्छ । तर पनि यसको प्रयोग ठूला–ठूला मुलुकमा भएको पाइन्छ । जस्तै संयुक्त राज्य अमेरिकामा राज्यहरूलाई दिइने सबै निकासा सशर्त हुन्छ र त्यसमा राज्य स्तरको राजस्वको करिब ३० प्रतिशत हिस्सा हुन्छ । अर्कोतर्फ क्यानाडामा यसको निकासाको ५ प्रतिशत मात्र सशर्त हुन्छ, अस्ट्रेलिया, भारत र स्पेनमा पनि निकासाको लागि शर्त महŒवपूर्ण हुन्छ, जहाँ सङ्घीय एकाइहरू कुल सङ्ख्याको १५.२० प्रतिशतका लागि स्वयं जिम्मेवार रहन्छन् । जर्मनी, स्वीटजरल्यान्ड र मलेसियामा पनि यसको प्रयोग छ तर कम मात्रामा । अन्तर्राष्ट्रिय उपरोक्त अनुभव हाम्रF ेलागि मार्गदर्शन हुन सक्छ ।
    नेपालको विविधता हेर्दा उपत्यका जस्तो अति विकसित क्षेत्र पनि छ भने कर्णालीजस्तो अति पछाडि परेको क्षेत्र छ । मधेसजस्तो शोषित–उत्पीडित क्षेत्र पनि छ भने रूकुम, रोल्पा, जाजरकोट, कालिकोट, सल्यानजस्ता अति विकट क्षेत्र पनि छन् । कतै जलस्रोतको अपार भण्डार छ भने कतै अन्नको । कतै पर्यटनको प्रचुर विकास भएको छ भने कतै नामनामेसी छैन । कतै बाटोघाटो, उद्योग व्यवसाय, यातायातको भरपूर सुविधा छ भने कतै बाटोघाटो अभावले ६ महिना सम्म नुन खान पाइन्न । दशैंजस्तो चाडमा नागरिक भोकभोकै बस्नुपर्छ । कतै औषधीको दर्जनौं उद्योग नै छ भने कतै सिटामोल र जीवनजल नपाएर अकाल ज्यान गुमाउनुपरेको छ । सबैको आर्थिक राजनीतिक, सामाजिक तथा शैक्षिक अवस्था समान छैन । यसबाट के देखिन्छ भने मुलुकभरि राजस्व सङ्कलका स्रोतहरू असन्तुलित छन् । यसलाई सन्तुलित बनाउने काम भएन भने जटिल समस्या उत्पन्न हुन सक्छ । यस्ता समस्याको समाधान स्पष्ट संवैधानिक व्यवस्थाबाट मात्र सम्भव हुन सक्छ । जुन वर्तमान संविधानमा स्पष्ट देखिन्न ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजस्व सङ्कलन र सरकारी खर्चको व्यवस्थापन
राजस्व सङ्कलन र सरकारी खर्चको व्यवस्थापन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjuuvc2yBK-XtiZmqRdVTuuTLhw_DpmU11pjHokRgOnoBXDF2liWi5oC0dJMoy7QVKQVZqfUbTNzlHsWuwH-iFKuT1oHuzmripyikswgFx6jLqWYNXzxVHYj13Pb9fQTttLyoeN7L9Mrh4/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjuuvc2yBK-XtiZmqRdVTuuTLhw_DpmU11pjHokRgOnoBXDF2liWi5oC0dJMoy7QVKQVZqfUbTNzlHsWuwH-iFKuT1oHuzmripyikswgFx6jLqWYNXzxVHYj13Pb9fQTttLyoeN7L9Mrh4/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/12/blog-post_371.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/12/blog-post_371.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy