प्रस, निजगढ, १३ मङ्सिर/
वनको नियन्त्रणमा परेका ट्रकधनी बारा गंजभवानीपुर–२ का शम्भुप्रसाद गुप्ता कानु आइतवार धरौटीमा छुटेका छन्।
बारा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले धरौटी माग गरेको थियो। ट्रकधनी गुप्ताले १ लाख १० हजार धरौटी बुझाएपछि अदालतको आदेशबमोजिम तारेखमा गुप्तालाई छोडिएको हो।
अदालतले तोकेको धरौटी रकम बुझाएपछि ट्रकधनी गुप्ता तारेखमा छुटेको बारा जिल्ला अदालतका श्रेस्तेदार मोहन सुवेदीले जानकारी दिए। जिल्ला वन कार्यालय बाराले जाहेर गरेको मुद्दाका फरार अभियुक्तहरूका हकमा म्याद जारी गर्न, बरामदी वन पैदावर, बरामद भएको ना. ५ ख ७९०९ नम्बरको ट्रक र अन्य बरामदी सामानको हकमा अदालतले खोजी गर्दा उपलब्ध हुने गरी जिल्ला वन कार्यालय बारामा सुरक्षित राख्न आदेश दिएको छ। फरार प्रतिवादी ट्रकचालक धर्मनगर बाराका राधेचन्द्रप्रसाद यादवको हकमा म्याद जारी गरिएको जनाएको छ।
गत कात्तिक २६ गते राति राजमार्गस्थित बाराको धन्सार पुलनजिकैको राष्ट्रिय वन क्षेत्रको भलुवाहीखोर इलाका वनबाट सालको गोलाइ लोड गरी राजमार्गमा आउने क्रममा काठ तस्करी रोक्न खनेको खाडलमा चक्का फसेको अवस्थामा सो ट्रक वनगस्ती टोलीले फेला पारेको थियो ।
घटनास्थलमा ट्रकको नम्बर प्लेट झिकेर फालेर तत्कालै बेवारिसे देखाए पनि जिल्ला वन कार्यालय बाराको अनुसन्धान टोलीले यातायात कार्यालय वीरगंजबाट सक्कली नम्बर पत्ता लगाइ ट्रकधनी गुप्तालाई कात्तिक २८ गते वीरगंजबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। जिवका बाराले घटनामा संलग्न ट्रकचालक यादवलाई वन कार्यालयमा उपस्थित गराउन आग्रह गरे पनि ट्रकधनी गुप्ताले चालकलाई ल्याउन नसकेपछि मुद्दा बारा अदालतमा पेस गरेको जिवका बाराका सहायक वन अधिकृत बिन्देश्वर पटेलले जानकारी दिए ।
फरार अभियुक्त यादवलाई नियन्त्रणमा लिई काठ चोरी तस्करी गराउने योजनाकारको भन्डाफोर गर्ने जिल्ला वन कार्यालय, बाराले जनाएको छ।