प्रस, वीरगंज, १२ मङ्सिर/
नाउक्षे अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका निजगढ निवासी ५० वर्षीय प्रेमबहादुर सुनुवारलाई परिवारले छाडेपछि उनको बिचल्ली भएको छ ।
एक महिना पहिले हेटौडा नगरपालिकाले सुनवारलाई उद्धार गरी उपचारको लागि नारायणी उपक्ष्Fेत्रीय अस्पताल पठाएको थियो । सुनुवारको पत्नी तथा छोरा छन् ।
घाइते सुनुवारकी पत्नी र छोरा दुई साता अघि उनलाई भेट्न अस्पताल आए र दुई दिन बसी बेपत्ता भएपछि बिरामीको बेहाल भएको स्टाफ नर्स मनीषा पाण्डेले बताइन् । जीउभरि घाउ निस्केको सुनुवारलाई भेट्न पछि पत्नी र छोरा नआएको नर्स पाण्डे बताउँछिन् । छोराको बिहे परेकोले घाइते सुनुवारकी पत्नी तथा छोराले उनले अचेत अवस्थामा छोडेर भागेको अन्य बिरामीका कुरुवाहरूले बताए । बेड नं. १०८ मा उपचार गराइरहेका सुनुवारको कुरुवा नभएको कारण खाना खुवाउने, दिसापिसाब गराउन अप्ठेरो भएकोले बेडमा नै दिसापिसाब गर्दा अस्पताल दुर्गन्धित भएको पाण्डेले बताइन् ।
उनीसँग उपचार गराइरहेका बेड नं. १०९ का चपुर निवासी रामाशीष चौधरीकी पत्नी उनको हेरचाह गर्दैछिन् । चौधरीको घाउको कारण खुट्टा काटिएको र उनी ७ महिनादेखि उपचार गराइरहेका छन् । आपूm गरिब भएको र पत्नीले जेनतेन उपचार गराइरहेको रकमबाट सुनुवारलाई आवश्यक पर्ने औषधि र खाना किनेर दिंदै अFएको तथा सरसफाइ गरिरहेको बिरामी चौधरीले प्रतीकले बताए । चौधरीको घरमा कोही नरहेको र पत्नीले भिख मागेर ल्याएको रकमबाट सुनुवारलाई सहयोग गर्दै आएको चौधरीले जानकारी दिएका छन् ।