प्रस, ठोरी, १५ मङ्सिर/
अलपत्र परेको ठोरीको विद्युतीकरण कार्य आइतवारदेखि शुरू भएको छ। झन्डै एक दशकदेखि अलपत्र परेको ठोरीको विद्युतीकरण कार्य पुनः शुरू भएको हो। वर्षाका कारण पोल ढलेर क्षति पुगेका स्थानमा पुनः पोल गाड्नका लागि खाल्डो खन्ने काम भएको छ। एक्साभेटरको सहयोगले ठोरी–५ देखि ढेडुखोलासम्मको ६ स्थानमा पोल गाड्नका लागि खाल्डो खन्ने काम भएको ठेकेदार कम्पनीका प्रतिनिधि भागवत दासले बताए। हनुमाननगरको भञ्ज्याङदेखि ढेडुखोलासम्म ७ देखि १० वटा पोल गाड्नुपर्ने आवश्यक रहेको जिल्ला विकास समितिका इन्जिनियर ईश्वरदेव यादवले जानकारी दिए। उक्त स्थानमा पोल गाड्नका लागि यसअघि अलपत्र अवस्थामा रहेका ४ वटा पोल उखालेर ल्याउने काम सम्पन्न भएको उनले बताए। भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध पु¥याएपछि ठुटेखोलादेखि पश्चिमतर्पm ४ वटा पोल अलपत्र अवस्थामा थियो। एसएसबीले सीमा विवाद देखाउँदै विद्युतीकरणमा अवरोध गरेपछि पोल गाडेको ठाउँभन्दा ५ सय मिटर उत्तरतर्पmको सिल्भर हिल (परेवा भित्ता)बाट विद्युतीकरणको काम भएको थियो।
आवश्यक स्थानमा पोल गाड्ने र तार झुन्ड्याउने काम सकिएपछि सबै तार तन्काउने काम गरिने ठेकेदार कम्पनीका प्रतिनिधि दासले बताए। मङ्सिर तेस्रो साताभित्र बिजुली बत्ती बाल्ने लक्ष्यका साथ आपूmहरूले काम थालेको दासको भनाइ छ। प्राविधिकलगायत अन्य कुनै अवरोध नआए तोकिएकै समयमा बिजुली बत्ती बल्ने उनको दाबी छ।
पोल उखाल्न र गाड्नका लागि आवश्यक खर्च गाविसले उपलब्ध गराउने सर्तमा एक्साभेटरको प्रयोग भएकोले कामले तीव्रता पाएको छ। बिजुली बत्ती छिटोभन्दा छिटो बाल्नका लागि अब स्थानीयस्तरबाटै कामलाई तीव्रता दिने रामप्रसाद कँुवरले बताए। विद्युत्को पोलिङ र तार झुन्ड्याएको क्षेत्रमा रूखको हाँगाबिँगा काट्ने कार्यमा स्थानीय नै जुट्ने उनले बताए। ठेकेदार कम्पनीको मुख ताक्दाताक्दै बिजुली बत्ती बाल्न ढिलाइ भएकाले स्थानीयले नै काममा चासो लिएको उनको भनाइ छ । ठेकेदार कम्पनीले विद्युतीकरण कार्यमा चासो नदेखाएकाले आपूmहरूले मन्त्रालयको ढोकासमेत ढक्ढकाउन पुगेको कँुवरले प्रतीकलाई बताए।
भारतीय दूतावासको आर्थिक सहयोगमा हेटौंडाको जनमुखी कन्स्ट्रक्सनले आर्थिक वर्ष २०६३/०६४ मा निर्मलबस्ती र ठोरी गाविसको विद्युतीकरण परियोजना शुरू गरेको थियो। परियोजना अन्तर्गत निर्मलबस्ती
गाविसमा भने बिजुली बत्ती बलिसकेको छ।