प्रस, वीरगंज, १३ मङ्सिर/
कृषि विकास बैंक, वीरगंज शाखामा चोरी भएको छ।
गएराति वीउमनपा–१०, घण्टाघर, लिङ्करोडस्थित बैंकको तिजोरीबाट ९८ तोला सुन र ७४५ ग्राम चाँदी चोरी भएको शाखा प्रबन्धक नारायण शमर्Fले जानकारी दिए।
शाखा प्रबन्धक शर्माले बिहान ८ बजे बैंक खोलेपछि तिजोरी खोल्न जाँदा सुन र चाँदी चोरी भएको पाइएपछि प्रहरीलाई खबर गरेको बताए। उनले चोरीको प्रकृति हेर्दा बैंक कर्मचारीको संलग्नता हुन सक्ने अडकल गरे। उनले तिजोरीको तीनवटा साँचोमध्ये एउटा आपूmसँग र अर्को खजान्ची रवि तामाङसँग सुरक्षित रहेको र तेस्रो साँचो क्षेत्रीय कार्यालयको नाममा जारी भएकोमा सोही साँचोबाट चोरी भएको हुँदा कर्मचारीको संलग्नता देखिने उनले दाबी गरे। उनले तेस्रो साँचो क्षेत्रीय कार्यालयमा बुझाएको वा नबुझाएको बारेमा बैंकमा प्रमाण हेर्ने काम भइरहेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बैंकको पहिलो तलाको झ्यालको ग्रील उप्काएर चोर दक्षिणतर्पmबाट बैंकभित्र प्रवेश गरेको र तिजोरीमा रहेको ३ थान छड्के तिलहरीबाहेक सुन र चाँदी चोरी भएको बैंकले जनाएको बताए। प्रनाउ जोशीले प्रारम्भमा बैंक कर्मचारीको संलग्नता देखिने प्रशस्त आधारहरू देखिए पनि तथ्य कुरा अनुसन्धानपछि खुल्ने बताए । घटनापछि प्रहरीले बैंकको सुरक्ष्Fामा तैनाथ चारजना सुरक्ष्Fागार्डलाई नियन्त्रणमा लिएर सोधपुछ शुरू गरेको छ।
प्रारम्भमा सुरक्ष्Fागार्डहरूले चोरी बारेमा केही थाहा नभएको बयान दिएका छन्।