प्रस, कलैया, ११ कात्तिक÷
सुडोइफिडिन रसायनको दुरुपयोग गरेको अभियोगमा सिआइबीद्वारा पक्राउ गरी बारा जिल्ला अदालतमा मुद्दा चलाइएको आर्य फर्माका सञ्चालक मोहित हालनलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ । औषधिमा प्रयोग हुने सुडोइफिडिन रसायन खपतभन्दा बढी आयात गरी लागू औषध कारोबारीलाई बिक्री गरेको अभियोगमा सिआइबीले आर्य फर्माका हालनलाई पक्राउ गरेको थियो ।
र·ेहात पक्राउ परेका हालनलाई बारा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलानको आदेश गरेको छ ।
सोही मुद्दामा अभियुक्त अर्का सञ्चालक रतन सङ्घईलाई १० लाख धरौटी माग गरिएको छ ।
यस अघि सङ्घईलाई यही मुद्दामा ललितपुर अदालतले १४ लाख धरौटीमा रिहा गरेको थियो । ललितपुरपछि बारा जिल्ला अदालतमा सुडोइफिडिन रसायनको दुरुपयोग सन्दर्भमा सिआइबीले आर्य फर्माका सञ्चालन शड्ढर हालन, निजका छोरा रोहित हालन, सञ्चालक कमल अग्रवालसहित ७ जनाविरुद्ध जिल्ला न्यायाधिवक्ताको कार्यालय बारामार्पmत् जिल्ला अदालत बारामा मुद्दा दायर गरेको थियो ।
आर्य फर्माका सञ्चालक शड्ढर हालन, निजका छोरा रोहित हालन हाल फरार छन् । पक्राउ परी पुर्पक्षका लागि थुना आदेश भएका मोहित हालन, शड्ढर हालनका छोरा हुन् ।