प्रस, परवानीपुर, १३ कात्तिक÷
गएराति पर्साको बस्डिल्वा गाउ“मा प्रहरी र गाउ“लेबीच झडप भएको छ । जुवाडेहरूलाई समात्न गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अपमानित भएर फर्किनुपरेको थियो ।
राति गाउ“मा जुवा खेलिरहेको सूचना पाएर प्रहरी टोली गाउ“ पुगेको थियो । एकजना जुवाडेलाई नगदसहित प्रहरीले समातेपछि सम्पूर्ण गाउ“ले दीपावलीमा जुवा खेल्न कसैले रोक्न नमिल्ने भनी प्रहरीमाथि जाई लागेका थिए ।
अस्थायी प्रहरी पोस्ट बढनिहारका प्रसनि चक्रबहादुर घले र हवलदार र सशस्त्र बेस क्याम्प बेल्वाका ५ जना सुरक्षाकर्मी जुवाडेलाई समात्न गएका थिए ।
जुवाडेलाई प्रहरीले समातेर लग्न खोज्दा गाउ“लेहरू आक्रोशित भई प्रहरीलाई घेरेर हातपात गरेका थिए । यस विषयमा पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले घटना साम्य भइसकेको बताएका छन् ।
जुवातास खेल्ने ७ जना पक्राउ
प्रस, रौतहट÷
्चन्द्रपुर नपा–८ पौराइस्थित काजीमान घिसिङको घरमा जुवातास खेल्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी अधिकृतको टोलीले सातजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काजीमान घिसिङ, दिलबहादुर लामा, टड्ढ लामा, राजकुमार लामा, मेसुर सार्के, कमल क्षेत्री र कल्याण राई रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जुवा खेलिरहेको अवस्थामा फेला पारी नगद ८७ हजार ५ सय ७५, तास ६ गड्डी तथा कौडा १६ थान बरामद गरिएको जिप्रका रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।