$type=ticker$count=12$cols=4$cate=0

राष्ट्रिय विपत्तितर्फ उन्मुख नेपाल

SHARE:

विश्वराज अधिकारी
   धेरै मानिसलाई यस तथ्यमा विश्वास नहुन सक्छ । धैरे व्यक्तिलाई उठाउन थालिएको यो विषय हल्ला वा सतही लाग्न सक्छ । तर जसले जुनसुकै तरिकाले लिए पनि नेपाल अहिले राष्ट्रिय विपत्तितर्फ उन्मुख छ । नेपालले राष्ट्रिय विपत्तिको सामना गर्नुपर्ने देखिएको छ ।
    नेपालमा अहिले ठूलो राष्ट्रिय–निराशा व्याप्त रहेको कारण यो दोस्रो राष्ट्रिय विपत्ति आउन थालेको हो । अहिले मुलुक राष्ट्रिय–निराशाको स्थितिमा रहेको छ । यो तथ्यलाई स्विकार्नुको विकल्प छैन । यसलाई नस्विकार्नु सत्यको सामना गर्नबाट पन्छिनु हो । बरु यो राष्ट्रिय विपत्तिको असर कसरी कम गर्न सकिन्छ, समयमा नै सोच्न आवश्यक छ ।
    २००७ सालपछिको स्थितिमा नेपालले पहिलो राष्ट्रिय विपत्ति भने माओवादी(सशस्त्र सङ्घर्ष कालमा देखेको थियो ।
माओवादी–सङ्घर्ष कालमा नेपालीहरू यति भयभीत भएका थिए कि घरभित्र हुँदा वा बाहिर रहेको अवस्थामा, राति जीवित घर फर्किन सकिन्छ वा सकिंदैन भनी हर क्षण त्रसित रहन्थे । त्यो कालमा नेपालीहरू यतिसम्म हृदयहीन भएका थिए कि आप्mनै दाजुभाइ दिदीबहिनीको हत्या गरेकोमा रमाएर उत्सवसमेत पनि मनाउँथे । बीभत्स हत्या गर्थे । प्रत्येक पल सामान्य नागरिकले माओवादी वा सैनिक, कोद्वारा मारिनुपर्ने हो भन्ने भय बोकेर हिंड्नुपर्ने स्थिति थियो । यो कालमा, अर्थात् २००७ सालपछिको स्थितिमा, राजनैतिक कलह वा केही व्यक्तिको (पुष्पकमल, बाबुराम, मोहन वैद्य आदिको) महŒवाकाङ्क्षा पूर्तिका लागि १७ हजारभन्दा बढी व्यक्तिले ज्यान दिनुप¥यो । आधुनिक नेपालको यो कालो इतिहासलाई नेपालीहरूले बिर्सन वर्षौ लाग्नेछ । कतिसँग त अहिले पनि मनमा ताजा घाउ छ, त्यो कालले दिएको । त्यस कारण माओवादी–सङ्घर्ष काल
(२०५२–२०६२ साल) नेपालको लागि पहिलो राष्ट्रिय विपत्ति काल थियो ।
    यो दोस्रो राष्ट्रिय विपत्ति जसलाई राष्ट्रिय–निराशा भन्न सकिन्छ, पनि कम डरलाग्दो छैन । माओवादी रक्तरञ्जित सङ्घर्षले, आगोले झै देशलाई डढाउने काम गरेको थियो भने यो राष्ट्रिय–निराशाले मन्दविषको काम गरिरहेको छ । राष्ट्रिय–निराशाले नेपालीहरूको मनोविज्ञानमा मन्द विष छरेर देशवासीहरूलाई चरम नैराश्यको गहिरो खाडलतिर पु¥याइरहेको छ । नेपालीहरू नैराश्यताको खाडलतिर लागिरहेका छन्, मन्द गतिमा, तर निरन्तर । कस्तो स्थितिलाई राष्ट्रिय–निराशाको स्थिति भन्न सकिन्छ ? त्यसवारे अब छोटो चर्चा गरौं ।
    देशभित्र रहेर अब केही पनि गर्न सकिंदैन । ऋण वा कर्जा गरेर वा ज्यान नै पनि जोखिममा राखेर भए पनि, जसरी पनि, विदेश जानुपर्छ । नेपालमा रहेर भविष्य मात्र बर्बाद हुन्छ । यो भावनाले अहिले प्रत्येक नेपालीलाई नराम्ररी सताइरहेको छ । युवा हुन् वा उनका अभिभावक, अहिले सबै यसै भावनाको शिकार भएका छन् । केही अपवादबाहेक, अहिले सबै युवा नेपाल छाड्ने मनस्थितिमा छन् । कोही पनि नेपालमा बस्न तयार छैन । अभिभावकहरू आप्mना सन्तानलाई विदेश पठाउन आतुर छन् । तरिका जुनसुकै होस्, अध्ययनका लागि वा रोजगारका लागि, प्रत्येक नेपाली अहिले स्वदेश बस्ने मनस्तितिमा छैन । स्थायी रूपममा (डिभी, पिआर) बसाइँ सर्ने इच्छाका साथ मात्र होइन, शरणार्थीको दर्जा पाएर भए पनि मुलुक छाड्ने निर्णय बहुसङ्ख्यक नेपालीले गरेका छन् । नेपालीहरू अमेरिका, अस्ट्रेलिया, क्यानाडाजस्ता धनी मुलुक मात्र होइन, साइप्रस, ग्रीस, स्पेन, पोर्चुगलजस्ता युरोपका गरिब मुलुकहरूमा पनि पुगिरहेका छन् । खाडीका देशहरू त पहिलेदेखि नै नेपाली कामदारहरूबाट भरिभराउ छ । नेपालीहरू अहिले सिरिया, लिबिया, इराकजस्ता अति नै द्वन्द्वग्रस्त मुलुक, जहाँ कुनै पनि बेला बम पड्केर मानिसको मृत्यु हुन सक्छ, पुगिरहेका छन् । मिडिल इस्टका विभिन्न मुलुकहरूका डान्स बारमा नेपाली चेलीहरू पु¥याइएका छन् । मलेसियामा मात्र नेपाली कामदारहरू दस लाखको हाराहारीमा छन् भनी अनुमान गरिएको छ ।
    यसरी निराश भएर नेपाल छाड्ने मनस्थितिमा आम नेपाली पुग्नु सुखद स्थितिको सङ्केत कदापि होइन । यो राष्ट्रिय–निराशाको स्थिति हो । यो स्थितिले नेपालका भोलिका दिनहरू झन कष्टकर हुने सङ्केत दिरहेको छ । नेपालको जस्तै राष्ट्रिय–निराशाको स्थिति अहिले दक्षिणी सुडान, सोमालिया, नाइजेरिया, लिबियाजस्ता अफ्रिकाका अति द्वन्द्वग्रस्त मुलुकमा देखिएको छ । यी मुलुकका नागरिक पनि ज्यान जोखिममा राखेर प्रतिदिन युरोपतिर पलायन भइरहेका छन् । आप्mनो मुलुकमा बाँच्न सक्ने स्थिति नदेखेर डरलाग्दो समुद्री मार्गबाट देश छाड्ने क्रममा धेरैले ज्यान गुमाएका छन् ।
    कुनै पनि देश त्यस देशका देशवासीहरूले बनाउने हो । यसरी सबै नेपाली विदेश जाने मनस्थितिमा रहेमा नेपालको विकास कसले गर्ने ? अति निकृष्टताको बिन्दुमा पुग्न थालेको नेपालको राजनीतिलाई कसले सुधार्ने ? नेताहरूले राजनैतिक, सामाजिक र आर्थिकरूपमा कमजोर तुल्याएको मुलुकलाई कसले सबल तुल्याउने ?
    गृहयुद्धले बर्बाद हुन थालेको दक्षिण अमेरिकी देश कोलम्बियामा शान्ति ल्याउन त्यहाँका नागरिकले नै प्रयास गरे । नेपालका नेताहरूले ‘लौ न, हाम्रो देशमा शान्ति ल्याइदेऊ’ भनेर (२०६३ सालमा भएको सरकार–माओवादी सम्झौतामा) भारतलाई गुहारेझैं कोलम्बियाका नेताहरूले विदेशीहरूलाई गुहारेनन् । ५२ वर्षदेखि निरन्तर चल्दै आएको डरलाग्दो गृहयुद्ध रोक्न त्यहाँका विद्रोही (कम्युनिस्ट) सङ्गठन फार्क (Fब्च्ऋ(  Fगभचशबक ब्चmबमबक च्भखयगिअष्यलबचष्बक मभ ऋययिmदष्ब) र त्यहाँको सरकारबीच केही दिन पहिले  (क्भउतझदभच द्दठ, द्दण्ज्ञट) एउटा शान्ति सम्झौता भएको छ । शान्ति सम्झौतामा हस्ताक्षर गर्दा विद्रोही नेता टिमोलेन जिम्नेजले, जसलाई टिमोचेन्को पनि भन्ने गरिन्छ आप्mनो विद्रोही सङ्गठन (फार्क) ले लाखौं निर्दोष कोलम्बियालीहरूको हत्या गरेकोमा क्षमा पनि मागेका छन् । अब भने कोलम्बियालीहरू देश बनाउनेतिर लागेका छन् ।
    अर्को एउटा स्थितिले पनि नेपाल राष्ट्रिय–निराशाको स्थितितिर घचेटिएको पुष्टि गर्दैछ । त्यो स्थिति के हो भने अहिले नेपालीहरू अनेक किसिमले विभाजित छन् । विभाजनको मनोविज्ञानले सबै नेपालीहरूको मन–मष्तिष्कमा यसरी जरो गाडेको छ कि सबैले क्षेत्र, समुदाय, जातजातिको कुरा गर्न गर्व महसुस गरिरहेका छन् । हामीहरू र तिमीहरू भनेर सीमारेखा कोरिरहेका छन् । जबकि विकसित देशहरूमा यस्तो कुरा गर्नुलाई ँरेसिस्ट कुरा गरेको भनेर सहज किसिमले लिने गरिंदैन । अहिले नेपालीहरू मधेसी र पहाडी गरी विभाजित भएका छन् । खस र गैरखस गरी विभाजित छन् । उच्च वा सुविधाभोगी जाति तथा शोषित पीडित जनजाति भनी विभाजित छन् । नेपालीहरूमा अति निराशा छाएको कारण यस्तो विभाजनको स्थिति आएको हो । एक समूहको अर्को समूह माथिको घट्दै गरेको विश्वासका कारण उत्पन्न भएको हो । निराशाको कारण उत्पन्न हुने विभाजित मनोविज्ञानले देशलाई नराम्रो असर पार्दछ । यो स्थिति (समुदाय, जातीय, क्षेत्रीय कलह) ले देश टुक्रिन पनि सक्छ जसरी सिङ्गो सुडान, सुडान र साउथ सुडान गरी टुक्रियो । देश लामो गृहयुद्धमा अल्झिन सक्छ जसरी सिरिया अल्झेको छ । देशमा विदेशी हस्तक्षेप बढ्न सक्छ जसरी यमनमा साउदी अरेबिया र इरानको हस्तक्षेप बढेको छ । नेताहरूलाई देशमा द्वन्द्व ल्याउन सजिलो छ तर त्यसको असर जनताले कसरी भोग्नुपर्छ भन्ने कुरा सिरियाको गृहयुद्ध पीडित जनतालाई सोधे हुन्छ ।
    नेपालमा आउन थालेको राष्ट्रिय विपत्तिलाई रोक्न दिन प्रतिदिन नेपालीहरूमा बढ्दै गरेको राष्ट्रिय–निराशा कम पार्न आवश्यक छ । यसका लागि नेताहरू होइन, स्वयं जनता सक्रिय हुन आवश्यक छ । जनताले नै देशभित्र रोजगारका अवसर सृजना गर्न सरकारलाई दबाब दिन र विदेश पलायन हुन थालेको जनशक्तिलाई स्वदेशमा आकर्षित गर्न आवश्यक छ । झगडिया एवं स्वार्थी होइन, मेलमिलाप गराउने इमानदार नेताहरूको चयन गर्न आवश्यक छ । यसैगरी बढ्दै गरेको जातीय एवं क्षेत्रीय विभाजन रोक्न जनता स्वयंले जातीय सद्भावमा जोड दिन आवश्यक छ । नेताहरूले कोरेका विभाजन रेखाहरूमा विश्वास नगरी जातीय र क्षेत्रीय सद्भावमा जोड दिन आवश्यक छ । मिलेर, एकले अर्कोलाई विश्वास गरेर, सद्भाव कायम गरेर मात्र राष्ट्रिय–निराशा कम पार्न सकिन्छ । देशलाई उन्नतिको पथमा डो¥र्याउन सकिन्छ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राष्ट्रिय विपत्तितर्फ उन्मुख नेपाल
राष्ट्रिय विपत्तितर्फ उन्मुख नेपाल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguqpktEJFRpOXvs4_1RqWvgi_yUXCGZwNppaskySdwzGuicSFjctGeI5kZ9RdvfuNZr-Ix3DEzFCMvknDHRwztdsvcLBAJfoOBzkoH2nOMdzHsJs0X_AxUxlWpimoF_bgzw_3vCY6oH0U/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguqpktEJFRpOXvs4_1RqWvgi_yUXCGZwNppaskySdwzGuicSFjctGeI5kZ9RdvfuNZr-Ix3DEzFCMvknDHRwztdsvcLBAJfoOBzkoH2nOMdzHsJs0X_AxUxlWpimoF_bgzw_3vCY6oH0U/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/09/blog-post_984.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/09/blog-post_984.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy