प्रस, वीरगंज, ११ असोज/
नारायणी उपक्षेत्रीय अस्पताल प्रशासन विभागले दुई हप्तादेखि स्वास्थ्य मन्त्रालयको पत्र लुकाएको समाचार प्रकाशमा आएको छ ।
प्रधानमन्त्रीबाट व्यवस्थापिका संसद्को मिति २०७३–०५–२३ गतेको बैठकमा सार्वजनिक महŒवको विषयमा बुँदा नं. १९ संशोधन गरी स्वास्थ्य सेवा प्रदायक कार्यालयले हालसम्म दिंदै आएको सेवाको समय परिवर्तन गरी बिहान १० बजदेखि ५ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गर्न पठाएको पत्र प्रशासन फाँटले लुकाएको बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयको चलानी नं. ७/९८२ नं. को पत्र कार्यान्वयन नगर्न नारायणी उपक्ष्Fेत्रीय अस्पतालमा
कार्यरत डाक्टरहरूले प्रशासनलाई दबाब दिएपछि पत्र लुकाइएको स्रोतले जानकारी गराएको छ । अहिले १ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएकोमा ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले पत्राचार गरेकोले डाक्टरहरूले स्वास्थ्य मन्त्रालयको पत्रको बेवास्ता गरी अस्पताल प्रशासनलाई सो निर्णय कार्यान्वयन नगर्न दबाब दिंदै आएको समाचारमा जनाइएको छ ।
देशभरिका सरकारी अस्पतालले बिहान १० बजदेखि साँझ ५ बजेसम्म सेवा दिनुपर्ने सो पत्रमा उल्लेख छ ।
यस विषयमा अस्पताल विकास समितिका सदस्य सन्तोष पासवानसँग बुझ्दा पत्रबारे प्रशासन शाखाले जानकारी नदिएको प्रतिक्रिया दिएका छन् ।