साझेदारीको चुनाव रोक्न वन अधिकृत विभागमा तानिए
प्रस, वीरगंज, १० असोज/
वनमन्त्रीको निर्देशनमा जिल्ला वन कार्यालय पर्साका प्रमुख वन अधिकृत चन्द्रदेवलाल कर्णलाई आज विभागमा हाजिर हुन बोलाइएको छ । वनमन्त्री शङ्कर ज्ञवालीको निर्देशनमा वन विभागका डिजी कृष्णप्रसाद आचार्यले मौखिक आदेशमा वन अधिकृत कर्णलाई विभागमा हाजिर हुन बोलाएका र उनी गएको बताइएको छ ।
जिल्ला वन कर्यालय पर्सा मातहतमा रहेको सरकारी वनलाई सुरक्षा तथा व्यवस्थापन गर्न बनाएको बिन्दावासिनी कोइलाभार वन व्यवस्थापन साझेदारीको लागि असोज १२,१३ गते हुने निर्वाचन नरोकेको कारण कर्णलाई विभागले बोलाएको स्रोतले जनाएको छ । विगत ५ वर्षदेखि सो सझेदारीको चुनाव रोकिएको थियो । पटकपटक चुनाव गराउन खोज्दा नेपाली काङ्गे्रसले चुनाव हुन नदिएको कर्मचारीहरूले बताए । विभिन्न कारण देखाई अहिलेसम्म चुनाव भाँड्दै आएका राजनीतिक दलहरूको कारण साझेदारीमा १५ हजार क्युफिट काठ सडिरहेको छ । वन अधिकृत कर्ण आएपछि चुनाव गराउन पहल शुरु हुँदा विवाद शुरु भएको थियो । वनमन्त्री नेपाली काङ्ग्रेसका भएका र नेका कार्यकर्ताहरूले चुनाव हुन नदिने नियत राखेपछि निर्वाचन हुनै लागेको अन्तिम क्षण वन अधिकृत कर्णलाई फिर्ता बोलाउनु भनेको निर्वाचन रोक्ने सङ्केत हो । तर यस विषयमा जिल्ला वन अधिकृत चन्द्रदेवलाल कर्णले भने कुनै हालतमा निर्वाचन प्रक्रिया नरोकिने बताएका छन् । जिल्ला वन समन्वय सर्वदलीय समिति चुनावको लागि जिम्मेदार रहेको हुँदा आपूm नहुँदा पनि निर्वाचन प्रक्रिया नरोकिने उनले बताएका छन् । वन समन्वय समितिका संयोजक स्थानीय विकास अधिकारी रहेकाले उनकै नेतृत्वमा चुनाव हुने कर्णले बताए । विभागमा केही अति आवश्यक कामले बोलाएको र आपूm काठमाडौ हिंडेको कर्णले प्रतीकलाई बताए ।
प्रस, वीरगंज, १० असोज/
बिन्दवासिनी कोइलाभार साझेदारी वन व्यवस्थापन समिति बढनियारको चुनाव तोकिएकै मितिमा गर्न माग गर्दै नेकपा एमाले पर्साले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
यही असोज १२ र १३ गते निर्वाचन सम्पन्न गर्ने तयारी भइसकेको अवस्थामा निर्वाचन प्रक्रिया रोक्ने षड्यन्त्र भइरहेको भन्दै एमालेले स्थानीय प्रशासनसँग तोकिएकै समयमा निर्वाचन गराउन माग गरेको जनाएको छ । कुनै पनि बहानामा निर्वाचन सार्ने प्रयास भएमा आन्दोलन गर्ने एमाले पर्साका संयोजक चिरञ्जीवी आचार्यले बताए ।
बिन्दवासिनी कोइलाभार साझेदारी वन व्यवस्थापन समिति बढनियारको कार्यकाल सकिएको २ वर्ष बितिसकेको र तोकिएको निर्वाचन स्थगित गर्न केही व्यक्ति लागिपरेकाले एमालेले त्यस्तो नगर्न चेतावनीसहित स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको एमालेका सांसद राजकुमार गुप्ताले बताए । एमाले पोलिटब्युरो सदस्य एवं सांसद नागेन्द्र चौधरी, सांसद जयप्रकाश थारू, पूर्व सांसद प्रद्युम्न चौहान, किशोरी कुशवाहा, अनेमसङ््घ पर्साका अध्यक्ष उषा चौधरी, गङ्गा खड्का, प्रभु हजरा, विकास रौनियार, सन्तोष पासवान, उमेश गुप्ता लगायत एमाले कार्यकर्ताहरूले तोकिएको मितिमैं चुनाव गराउन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजेन भट्टराईलाई ज्ञापन बुझाएका थिए ।
सोही टोलीले जिल्ला वन कार्यालय पर्साका प्रमुख वन अधिकृत चन्द्रदेव लाल कर्णलाई पनि ज्ञापन बुझाएको थियो । वन अधिकृत कर्णले निर्वाचन प्रक्रियाको सम्पूर्ण तयारी भइसकेको र मतपत्रसमेत छपाइ भइसकेकोले निर्वाचन नरोकिने प्रतिबद्धता जाहेर गरे । उनले २ वर्षमा हुनुपर्ने निर्वाचन ५ वर्ष बितिसक्दा पनि हुन नसकेको कारण उपभोक्तालाई वितरण गर्नुपर्ने १५ सय क्युफिट काठ कुहिने अवस्थामा पुगेको बताए।