मौसम विज्ञान र ज्योतिषिहरूले यस वर्ष राम्रो वर्षा हुन्छ भन्ने भविष्यवाणी गरिरहेकै बेला, धानमा बाला लाग्ने मध्य बेलामा पानीको अनिकाल देखिन थालेको छ । यो बेला धानमा बाला लाग्न उखरमाउलो गर्मी, वातावरण ओसिलो र सिमसिम पानी पर्नु लाभदायक हो । गर्मीले त मानिसलाई आच्छु–आच्छु पारेको छ तर पानी परिरहेको छैन । जुन बेला खेतमा टन्न ६ इन्चसम्म पानी रहनुपर्ने हो, धानबाली पहेंलिने र डढ्ने अवस्थामा पुगेको छ । यस्तोमा बाली सप्र“दैन । बाली नसप्रेपछि यसैको भरमा जीवन निर्वाह गर्ने परिवारका लागि अप्ठेरो त हुने नै भयो । तर धान जीवन निर्वाहका लागि मात्र होइन, यस भेगका मानिसहरूको लागि धार्मिक, सांस्कृतिक र वैज्ञानिक महŒव पनि राख्दछ । त्यसैले, खासगरी महिला तथा युवाहरू, स्वभावले नै संवेदनशील र भावुक भएकाले, पानी पार्नका लागि विभिन्न परम्परागत आस्थालाई भर दिन एक अर्कामा पानी, हिलो आदि छ्यापाछ्याप गर्ने, मन्दिर धाएर पूजा गर्ने, सबैको सहभागिता र स्वीकृति रहोस् भनेर चन्दा उठाई मिठाइ किनेर गाउ“मा बा“ड्ने गर्न थालेका छन् । यसरी गर्दा वर्षाको देउता इन्द्र खुशी हुनेछन् र वर्षा गराउनेछन् ।
कुनै घटना सम्बन्धमा मानिसस“ग जब तर्क हु“दैन, खासगरी अशिक्ष्ँित समाजमा, उसले सबै कुरा भगवान् भरोसे छाडिदिन्छ । पानी परेन, भगवान् इन्द्र रिसाए, चेचक आयो ‘माता’ रिसाइन् अनि पूजा र विभिन्न अतार्किक कर्मकाण्ड आदिको सहारा लिन्छन् । जबकि पानी नपर्नुमा अहिलेको समयमा वातावरणीय असन्तुलनले गर्दा हो भन्ने वैज्ञानिक शोधले भन्छ । हुनत वातावरणीय सन्तुलन भएको बेला पनि ठूलो अनिकाल नपर्ने गरेको होइन । बितेका शताब्दीहरूमा जब धरतीमा पर्यावरण सन्तुलन थियो, अनिकाल परेकै हो । बुझ्नुपर्ने कुरा के हो भने प्रकृति सधैं अनुकूल रह“दैन । त्यसैले पुरुषार्थी मानिसले प्रकृतिको प्रतिकूलतास“ग जुझ्नको लागि आप्mनो पुरुषार्थको उपयोग गरेको हुन्छ । पहिलेको समयमा तलाउ, कुवा खनिन्थे, धरतीलाई शीतल राख्न र परेको बेला सिंचाइ गर्न । आजको दिनमा धरतीबाट कुवा, तलाउ विनष्ट भइसकेका छन्, माछापालनको नाममा तलाउहरू खनिए तापनि, त्यसको प्रयोग सिंचाइका लागि गर्न सकिन्न । हो मानिसले नहर खन्न सक्छ । यस्तै विपत्तिको घडीका लागि नहर खनिन्छ । अनि भगवान् इन्द्रले पानी दिएनन् भनेर आत्तिनुपर्ने अवस्था आउ“दैन ।
मानिसमा अन्धविश्वासले जति प्रभाव पारेको छ, त्यसको साटो कर्म र पुरुषार्थले यस्ता समस्या समाधान गर्न सकिन्छ भन्ने चेतना फैलाउन सके वातावरणीय सन्तुलन कायम गराउन, नहरहरू नखनेर भाषण छा“ट्ने राजनीतिक दलहरूलाई दबाब दिने जागरुक पलाउन सक्ने थियो । मानिसमा वातावरणीय असन्तुलनले धेरैजसो पानी नपर्ने समस्या निम्तिने कुरा बोध गराउन सके आज घरपिच्छे एकाध रूख रोपिन्थ्यो होला, नचाहिंदो कुरामा सरकारलाई आच्छुआच्छ पार्ने जनसमूहले नहर खन्न दबाब दिन्थ्यो होला । खोइ त्यो जागरुकता र दबाब सिर्जना गर्ने विवेक ? मल नपाएर कहिलेकाहीं आक्रोश व्यक्त भएको देखिन्छ तर जीवन निर्वाहको सर्वोत्तम साधन खेती विकासका लागि हामीकहा“ ठूलो आन्दोलन हुने गरेको छैन । मानिसमा चेतना जगाएर वातावरणीय सन्तुलन जोगाउनुपर्छ भन्ने सन्देश पु¥याउन सकिएको छैन । अब पनि सतर्क हुने कि, समस्याको मूल तहमा पुग्ने कि ?