प्रस, परवानीपुर, पर्सा, १३ भदौ÷
झौवागुठी गाविस, झौवाटोलका महिलाहरूले आज बिहानैदेखि गाउ“मा पानी माग्ने कार्यक्रम आयोजना गरे।
विगत तीन सातादेखि बारा, पर्सा क्ष्ँेत्रमा पानी नपर्दा खडेरीको अवस्था उत्पन्न भएपछि धार्मिक विश्वास अनुसार महिलाहरूको टोलीले पानी माग्ने कार्यक्रम आयोजना गरेको महिला अगुवा पार्वतीदेवीले बताइन् ।
बिहानदेखि गाउ“ परिक्रमा गरी घरघरमा पुगेर बासिन्दाहरूस“ग धाराको पानी गाग्रीमा सड्ढलन गरिएको थियो भने रुपिया“ पैसा पनि इच्छानुसार मागिएको थियो । सोही कार्यक्रम अन्तर्गत महिला तथा बालबालिकाहरूले गाउ“का बासिन्दामाथि पानी छ्यापेका थिए ।
दिउ“सो चार बजेपछि इन्द्र भगवान् प्रसन्न भएर वर्षा गराएको भनी महिलाहरू द· छन् ।
खडेरीबाट बारा, पर्साका किसान ठूलै मर्कामा परेका छन् । खडेरीले धानबाली सुक्न थालेपछि झौवास“गै अन्य गाउ“मा पनि महिलाहरूले पानी माग्ने कर्मकाण्ड गरेका छन् ।
जिल्लाको करिब १४ हजार हेक्टरमा धानबाली लगाइएकोमा करिब ५ हजार हेक्टर बाली खडेरीको कारण नष्ट हुन लागेको किसानहरूले बताएका छन् । बिन्दवासिनीका किसान छठुप्रसाद यादवका अनुसार पर्सालाई सरकारले सुक्खा क्षेत्र घोषणा गरी राहत घोषणाको तयारी गर्नुपर्ने माग गरेका छन् ।
हरेक वर्ष आकाशे पानीको भर पर्दा धेरै किसानहरू समस्यामा पर्ने भएकाले सरकारले सुक्खा क्षेत्रको लागि कार्यक्रम लागू गर्नुपर्ने किसानहरूको माग छ ।