$type=ticker$count=12$cols=4$cate=0

संविधान कार्यान्वयनमा न्यायपालिकाको भुमिका

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    ०७२ असोज ३ गते जारी भएको संविधान एक वर्ष पुग्न लागेको छ । संविधानले एक वर्ष पूरा गर्न लागे पनि कार्यान्वयनको चुनँैती अद्यापि कम हुन सकेको छैन । नया“ संविधानले गणतन्त्र,७ प्रदेशसहितको सङ्घीयताको सुनिश्चितता गर्नुका साथै न्यायपालिकाको जिल्ला अदालत, उच्च अदालत तथा सर्वोच्च अदालत गरी तीन तहको साबिकै
संरचनालाई निरन्तरता दिएको छ । मूलभूतरूपमा तीन तहकै न्यायपालिकाको व्यवस्था गरे पनि न्यायपालिकाको आन्तरिक अन्तर्वस्तुमा आमूल परिवर्तन भएको छ । अर्धन्यायिक निकायहरूको फैसला उपर पुनरावेदन सुन्नु, अन्तर्कालीन आदेश उपर अदालती बन्दोबस्तको १७ न. बमोजिमको निवेदन सुन्न, एक वर्षभन्दा बढी सजाय हुने सबै फौजदारी मुद्दा जिल्ला अदालतबाटै सुनवाइ हुने र केही रिटको पनि सुनवाई गर्नेलगायत अधिकार जिल्ला अदालतलाई सुम्पेर पुनरावेदकीय अधिकार प्रदान भएको छ । मौलिक हकको प्रचलन, सबै खाले रिटको सुनवाइ मातहतका सबै न्यायिक एवं अर्ध न्यायिक निकायको नियन्त्रण अनुगमन, प्रदेश–प्रदेश विवादमा निर्णय दिने, सार्वजनिक सरोकारको मुद्दाको सुनवाइ लगायत अधिकार उच्च अदालतलाई प्रदान हुनुले उच्च अदालतलाई सर्वोच्च अदालत सरहको संवेदनशील अधिकार  संविधानले सुम्पेको छ । जसले उच्च अदालतको कार्यभारदेखि निर्णय गर्ने अन्तिम अधिकार पनि दिएको छ । जसबाट उच्च अदालतले सर्वोच्च अदालत जस्तै न्याय सम्पादन गर्नुपर्नेछ । जुन कम चुनौतीपूर्ण छैन । १६ वटा पुनरावेदन अदालतलाई ७ वटा उच्च अदालतमा रूपान्तरण गरिएको छ । १६ वटा पुनरावेदन अदालतको मुद्दा, कर्मचारी तथा न्यायाधीशलाई ७ वटामा मात्र सीमित राखेको छ ।
    संविधान जारी भएको मितिले एक वर्षभित्र अदालतको संरचना तयार हुनैपर्ने प्रावधान छ । राज्यको मुख्य तीन अ·मध्ये न्यायपालिका पुनर्संरचना पनि संविधान कार्यान्वयनको एउटा महŒवपुर्ण पाटो हो । जसमा अन्य निकायभन्दा न्यायपालिकाको अहम् भुमिका छ । सरकारले सातवटा प्रदेश र सातवटा उच्च अदालत कायम गरे पनि त्यसको आन्तरिक व्यवस्थापन अदालतले नै गर्नुपर्छ । जसको लागि न्यायालयभित्रै बहस जरुरी थियो । उच्च न्यायालय कहा“ राख्ने भन्ने कुरा उपयुक्त हुन्छ । त्यसका सर्किट अदालतहरू र इजलासहरू कुन ठाउ“मा, कसरी राख्दा सहज र सुलभ होला । जस्तै बजारमा चलेको हल्लाले वीरगंज क्षेत्र तर·ित छ । हेटौंडाको पुनरावेदकीय अधिकार जनकपुर जान्छ र बारा, पर्सा, रौटहटको लागि हेटौडा भन्दा जनकपुर अपायक हुने भएकोले ठूलो विवाद छ । यसले कर्मचारी, उपभोक्ता तथा राजनीतिकर्मी सबै त्रसित छन् । यसले सङ्घीयताबाट वितृष्णा जगाउ“छ । यस्ता विवाद हुन नदिन अदालतले आप्mनो भूमिका समयमा पूरा गर्नुपर्छ । जिल्ला अदालतहरूले भूमि सुधार कार्यँलय, मालपोत, प्रजिअको फैसला उपर पुनरावेदन सुन्न शुरु गरिसकेका छन् । संसद्ले कानुन पनि संशोधन गरिसक्यो तर अदालतले जिल्ला अदालत नियमावलीमा संशोधन गर्न सकेको छैन । जसले गर्दा जिल्ला अदालतमा पुनरावेदन सुन्न न्यायमूर्तिलाई असहज भइरहेको छ । जिल्ला अदालतमा मुद्दा बा“डफा“ड हुने नियम पहिलेदेखि नै छ । दर्तँ भएको पुनरावेदन पनि शुरु फिरादजस्तै न्यायाधीशहरूमा बा“डफा“ड हुने कि, अलमल छ ।
    जिल्ला अदालतमा मुद्दा दर्ता हुने बित्तिकै बा“डफा“ड हुन्छ । जसमा शुरुमा जुन न्यायाधीशको भागमा पर्छ, उसैले शुरुदेखि अन्तिमसम्म हेर्नुपर्छ । तर पुनरावेदन तहमा यस्तो हु“दैन । पुनरावेदनमा झगडिया झिकाउने न्यायाधीशले त्यस उप्रान्त उक्त मुद्दा हेर्न पाउ“दैन । जिल्लामा यस्तो गर्न पाउने कि नपाउने जिल्ला अदालत नियमावलीमा संशोधन नभएकोले जिल्ला न्यायाधीशहरू अन्योलमा देखिन्छन् । जिल्ला शुरु तह मुद्दाको सुनवाइ र पुनरावेदकीय तह मुद्दाको सुनवाइको लागि जनशक्ति एवं पूर्वाधार पनि पृथक–पृथक चाहिन्छ । जसको व्यवस्थापन न्यायपालिकाले नै गर्नुपर्ने हो । यस अघि केही जिल्ला अदालतमा आवश्यकताभन्दा बढी इजलास त थपियो तर  न कर्मचारी थपिए, न भवन नै ।
    भौतिक संरचनाको अभावमा जसोतसो न्याय सम्पादनको काम हु“दैछ । पर्सामैं ९ वटा इजलास छ । जसमा इजलास नं.७, ८, ९ चौथो तलाको टिनको सेडमा छ । बढी भने मानिस पुगे भने भवन खस्ला भन्ने डरले इजलासमा जान रोक लगाइन्छ । गर्मीको मौसममा त इजलासमा दश मिनेट बिताउन कठिन हुन्छ तर न्यायमुर्ति र कर्मचारी १० देखि ५ बजेसम्म उक्त गर्मी सहन विवश छन् । ३८ देखि ४० डिग्री गर्मी पुग्दा टिनको इजलासमा कसरी दिन बिताइन्छ न्यायिक नेतृत्वले मनन गर्नुपर्छ । यसर्थ शुरु तहको न्याय सम्पादनको पूर्वाधार अपुग भएको अवस्थामा पुनरावेदकीय अधिकार पाएको जिल्ला अदालतको पूर्वाधार विकासमा चासो नलिनु दुःखद पक्ष्ँ हो । अदालतको पुनर्संरचना हुन एक महिनाभन्दा कम समय बा“की रह“दासम्म सर्वोच्च अदालत तथा न्यायपरिषद्ले खासै बहस चलाएको छैन । नेपाल बार एशोसिएशन पनि पछि परेको छ ।
    संविधानको अन्तिम व्याख्याता अदालत नै भएकोले अदालतको संरचना पूरा भएपछि मात्र आउने विवादमा सहज निर्णय दिन सक्छ  । राज्य पुनर्संरचना आफैं विवादको भण्डार बनेको छ । संविधानको प्रावधानले पाइला–पाइलामा द्विविधा देखिन्छ ।
    संविधान बनाउनेहरू नै संवैधानिक प्रावधानमा अलमलिएपछि आन्दोलनमा रहेको दल अलमलमा रहनु अस्वाभाविक होइन । संविधानको धारा ३०० को उपधारा ३ मा संविधान प्रारम्भ भएको मितिले १ वर्षभित्र उच्च अदालत स्थापना गरिने छ र त्यस्तो अदालतको स्थापना भएपछि पुनरावेदन अदालत विघटन हुनेछ भन्ने व्यवस्था छ । यस प्रावधानको संवैधानिक मर्म भनेको २०७३ असोज ३ मा पुनरावेदन अदालतहरू विघटन हुन्छन् नै । यद्यपि उच्च अदालतको गठन भएपछि विघटन हुने तर्क गर्न सकिएला ।         असोज ३ सम्म उच्च अदालतको गठन भएन भने पुनरावेदन अदालतकै अस्तित्वमा प्रश्नचिह्न उठ्छ । जुन न्यायपालिकाको लागि ठूलो चुनौती हो ।  यसर्थ असोज ३ अगावै यस चुनँैतीलाई चिर्न न्यायपालिका अग्रसर हुनुपर्छ । यसै गरी उपधारा ४ मा पुनरावेदन अदालतमा विचाराधीन मुद्दाहरू नेपाल सरकारले न्यायपरिषद्को परामर्शमा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको उच्च अदालतमा सर्नेछ भनी व्यवस्था छ । अर्थात् उच्च अदालतको गठनपछि पनि कुन मुद्दा कुन उच्च अदालतमा सार्ने अधिकार न्यायपालिकाको छैन । नेपाल सरकारमा निहित छ । जसबाट राजनीतिक खिचातानी बढी हुन्छ । राजनीतिकर्मीहरू आप्mनो स्वार्थ अनुुकूलको मुद्दा आपूmले चाहे अनुसारको अदालतमा सार्ने प्रयास गर्छन् । जसले ठूलै चुनँैती उत्पन्न हुन सक्ने देखिन्छ । यस प्रावधानले न्यायपालिकाको अधिकार कटौती त भएकै छ, न्यायपािलकाभित्र ठूलै खैलाबैला मच्चिने अवस्था छ । यसमा बहस–छलफल नचलाउनु चुनौतीको बेवास्ता गर्नु हो ।
    पुनरावेदन तहका न्यायाधीशहरूको पनि पदस्थापना उच्च अदालतमा गरिने प्रावधान छ । यो पनि कम चुनँैतीपूर्ण छैन । १६ वटा पुनरावेदन अदालतमा कार्यरत न्यायाधीशहरूलाई कुन मापदण्डको आधारमा सातवटा अदालतमा पदस्थापना गर्ने ठेकान छैन । एउटा उच्च अदालतमा कति न्यायाधीश र इजलास हुने किटान छैन । कसलाई कुन तहमा राख्ने त्यसको पनि ठोस मापदण्ड संविधानमा छैन । यसको लागि अलि बढी नै समय लाग्ने भए पनि समयमा नसोच्नु अनुचित हुन्छ । संविधानले एकात्मक न्यायपालिका संरचनाको व्यवस्था गरे पनि जनताको घरघरमा शासन र न्याय पु¥याउने संविधानको लक्ष्य हो ।
    भारत र अमेरिकाजस्तै न्यायिक संरचना भए पनि त्यहा“ अदालतले स्थानीय तहमा न्याय दिने पूर्वाधार बनाएको छ । जसलाई न्यायपालिकाले पनि विचार गर्नुपर्छ । अमेरिकामा दुई खाले न्यायिक प्रणाली भए पनि मजिस्ट्रेट कोर्ट, डिस्ट्रिक्ट कोर्ट, सर्किट कोर्ट र सुप्रिम कोर्ट छ । जसमा ग्रामीण र शहरी भेगका सानातिना मुद्दाको सुनवाई पार्टटाइम र फुल टाइम मजिस्ट्रेटबाट गरिन्छ । भारतमा पनि स्थानीय अदालतको रूपमा भिलेज कोर्ट, लोक अदालत, सब डिस्ट्रिक कोर्ट, डिस्ट्रिक जज र सेसन जजहरूको व्यवस्था छ । जुन न्यायपालिकाको नितान्त आन्तरिक व्यवस्थापनभित्र पर्दछ । हाम्रो संविधानको पनि मर्म यसभन्दा फरक छैन । जिल्ला अदालतलाई पुनरावेदकीय अधिकार र उच्च अदालतलाई संवैधानिक व्याख्याको अधिकार दिनुको पछाडि स्थानीय अदालतको परिकल्पना साक्षात हुन्छ । जसको व्यवस्थापनमा स्वयं न्यायपालिकाबाटै बहस चलाउनुपर्छ । न्यायपालिकाको उपरोक्त व्यवस्थापनको लागि मुलुकको बजेट विनियोजनकै बखत चासो लिनुपथ्र्यो । किनभने बिनाबजेट केही पनि हु“दैन । यसमा चुकेको देखिन्छ । उपरोक्त दृष्टान्तबाट सङ्घीयतामा संविधान कार्यान्वयन एवं न्यायसम्पादनमा चुनौती थपिंदैछ । जुन न्यायपालिकाको सक्रियताले नै हल हुन्छ । यसर्थ संविधान कार्यान्वयन एवं आगामी न्याय सम्पादन कार्यमा उत्पन्न हुने सहजताको मामिलामा पछाडि परे पनि अब उप्रँन्त सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । आशा गरौं न्याय परिषद् र न्यायालय नेतृत्वको समयमा ध्यानाकृष्ट होला ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संविधान कार्यान्वयनमा न्यायपालिकाको भुमिका
संविधान कार्यान्वयनमा न्यायपालिकाको भुमिका
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg8X2w3lMqMV6Gpic7_fDYiQ2GEr9LTahp7SA3CRGf9D1SWCo-5S_vTuSE3_ycQTuOuiDfwHgdU4sXbNSs4j7L_AhBNl7JyMqL7Tdozr4tf3PveDhyvnAl5YTsyx_hIPpB9gns62vo3T50/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg8X2w3lMqMV6Gpic7_fDYiQ2GEr9LTahp7SA3CRGf9D1SWCo-5S_vTuSE3_ycQTuOuiDfwHgdU4sXbNSs4j7L_AhBNl7JyMqL7Tdozr4tf3PveDhyvnAl5YTsyx_hIPpB9gns62vo3T50/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/08/blog-post_713.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/08/blog-post_713.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy