प्रस, परवानीपुर, पर्सा, १२ भदौ÷
मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैयाले सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत सवारीका साधनहरूमा टाइमकार्ड व्यवस्था लागू गरेको छ ।
वीरगंज र पूर्वका जिल्लाहरूबाट पथलैया हु“दै हेटौंडा, चितवन, पोखरा, काठमाडौं, बुटवल, नेपालगंज, धनगढीलगायत लामो दूरीका सवारीका साधनमा कडाइ गर्दै टाइमकार्डको व्यवस्था गरेको हो ।
काभ्रेपछि हालै गत शुक्रवार त्रिशूली नदीमा डुबेको बस र ट्याक्टरको घटनापछि ट्राफिक प्रहरी कार्यालयले थप कडाइ गरेको जनाएको छ । कार्यालयले दुर्घटना न्यूनीकरणका लागि टाइमकार्डका साथै दिवा तथा रात्रि सेवाका बसमा खासगरी कडाइ शुरु गरेको जनाएको छ । पथलैया भएर दैनिक करिब ४ सय बस आवतजावत गर्ने गरेको र सो बसको प्राविधिकदेखि कागजी प्रमाणको ठाउ“–ठाउ“मा चेकजा“च भइरहेको जनाइएको छ ।
यसैबीच काभ्रेको घटनालगत्तै नेपाल सरकारको निर्देशन अनुसार मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैयाले पथलैया–चितवन यात्रुवाहक बसमा टाइमकार्ड लागू गरेको छ । यो प्रणाली लागू भएपछि पथलैयाबाट हेटौंडा २८ किलोमिटर ४५ मिनेटमा, हेटौंडाबाट मनहरी ३५ किलोमिटर ४२ मिनेटमा र मनहरीबाट चितवन ४० किलोमिटर ५७ मिनेटमा पूरा गर्नुपर्ने नियम लागू गरिएको छ । तीव्र गतिमा गाडीहरू निर्धारित समयभन्दा पहिले सम्बन्धित ठाउ“मा पुगेको प्रहरीले पायो भने चालकलाई कडाभन्दा कडा कारबाई गर्ने जनाएको छ ।
दिवा बसमा सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको छ । दैनिक वीरगंज–हेटौंडा–चितवन गुड्ने बसमा यात्रुहरूको सङ्ख्या बढी देखिएको हो । दैनिक करिब २०÷२५ वटा बसमा बढी यात्रु फेला पारिएको पथलैया ट्राफिकले जनाएको छ । बढी यात्रु बोक्ने बसहरूलाई ५ सय देखि १ हजार जरिवाना गरी यात्रु ओराल्ने काम गरिएको छ ।
यसैगरी ट्राफिक प्रहरी कार्यालय, पर्साले पनि गण्डक र परवानीपुरमा सवारी चालकहरूको लाइसेन्स र यात्रुहरूको सङ्ख्यामा बढी ध्यान दिएको बताएको छ ।
रात्रिबसमा सिट क्षमताभन्दा बढी यात्रु राख्न दिइएको छैन । सिटभन्दा बढी यात्रु बोकेको बसलाई दण्ड गरी बढी यात्रु अर्को बस व्यवस्था गरी पठाउने गरेको बताइएको छ ।