प्रस, परवानीपुर, १५ असार/
बाराको रामपुर टोकनी गाविसको गत वर्षको कुल बजेट फ्रिज भएपछि गाविसको सबै काम नराम्ररी प्रभावित भएको छ ।
गाविसको गत वर्षको कुल बजेट करिब ३० लाख रुपैयाँ फ्रिज भएको हो । बजेट फ्रिज भएर गाविसमा विकास निर्माण र सामाजिक सेवातर्फ कुनै काम नभएको गाविसवासीले गुनासो गरेका छन् । तत्कालीन गाविस सचिव आशमहम्मद मियाँको लापर्बाहीले कुल बजेट फ्रिज भएको गाविसवासीले बताएका छन् ।
पूर्व गाविस सचिव आशमहमद मियाँ गत वर्षको बजेट निकासा गराउने बेलामा अख्तियारमा परेका थिए । सोही बेला करिब ३ महिना जिल्ला विकास समिति बाराले अर्को सचिवको व्यवस्था नगर्दा बजेट निकासा हुन नसकेर फ्रिज भएको अहिलेको गाविस सचिव प्रकाश अधिकारीले जानकारी दिए ।
बजेट फ्रिज भएर सो गाविसमा नाला, सडक, विद्यालय भवन मर्मत सम्भारका कार्य भएको छैन । रामपुर टोकनी गाविसका हजारी साहका अनुसार लिपनीदेखि मुसहरी जाने बाटो एकदमै खराब भएको छ । यात्रुहरूलाई आउजाउमा समस्या भइरहेको उनले बताए । गाविसमा गएर बुझ्दा बजेट नै फ्रिज भएको गाविस सचिव अधिकारीले बताएपछि गाविसवासी नै निराश बनेका साहले बताएका छन् ।