प्रस, वीरगंज, १३ साउन/
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले कार्यविधिबारे आयोजना गरेको कार्यक्रम औपचारिकतामा सीमित हुन थालेको छ ।
हिजो राजनीतिक दलसँग छलफल गर्दा मधेसी दलहरूले कार्यक्रम बहिष्कार गरेका थिए भने नेकपा एमालेका सभासद्हरूले स्थानीय तह पुनर्संरचनाप्रति टीकाटिप्पणी गर्दै प्रश्न तेस्र्याएका थिए ।
बिहीवार जिविसको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख, सामाजिक क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूबीच रायसुझाव सड्ढलन कार्यक्रम रहेकोमा न्यून उपस्थिति रहेको थियो ।
माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको नेतृत्वमा बन्ने सरकारले स्थानीय तह पुनर्संरचना आयोगमा फेरबदल आवश्यक रहेको भनाइ सार्वजनिक भएपछि आयोगमाथि प्रश्नचिन्ह् खडा भएको बेला पर्सामा छलफल तथा रायसुझाव सड्ढलन गर्ने कुनै औचित्य नरहेको सहभागीहरूले बताएका थिए ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले
आयोगले दिएको निर्देशन अनुरूप जिल्ला विकास समिति पर्सा अगाडि बढिरहेको बताए ।
आयोगले जारी गरेको निर्देशिका अनुसार जिल्ला विकास समिति, पर्साले तहगत छलफल गर्दै गाउँसम्म पुग्ने उद्देश्य अनुरूप कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक शीतल महतो, जिल्ला अध्यक्ष श्याम बञ्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन जिल्ला विकास समितिका योजना अधिकृत श्याम भट्टराईले गरेका थिए ।