प्रस, परवानीपुर, १४ असार/
वीरगंज–२१ भवानीपुरमा गत आर्थिक वर्षको असारको अन्तिम साता निर्माण कार्य सम्पन्न भएको सुखचैनाको अधुरो छठघाटमा व्यापक अनियमितता भएको जनगुनासो आएको छ ।
बजेट सिध्याउन छठघाटको काम गुणस्तरहीन भएको वडावासीहरूले बताएका छन् । क्षेत्र नं. २ का सांसद विचारी यादवको संसदीय कोषको १५ लाख ३४ हजार रुपैयाँमा निर्मित सो कार्यमा उपभोक्ता समितिले व्यापक अनियमितता गरेको उपभोक्ता समितिका सदस्य सुरेन्द्र यादवले खुलासा गरे । उनका अनुसार मुस्किलले १२ लाख रुपैयाँको काम भएको छ, तीन लाख जति भ्रष्टाचार भएको उनले बताए । जिविस पर्साले इस्टिमेट गरेको करिब १५ लाख ३४ हजार रुपैयाँमा खर्च पनि त्यतिकै भएको देखाइएको छ । उपभोक्ता समिति सदस्य यादवले कार्य फछ्र्योट निर्णय प्रतिमा आफ्नो किर्ते हस्ताक्षर गरी रकम निकासा गरी बाँडफाँड गरिएको आरोप लगाए।
वडाका सचेत नागरिकहरूको एक समूह जिविस पर्सामा डेलिगेसन जाँदा सो कार्य हेर्ने इन्जिनियर तथा ओभरसियरहरूले आफूहरूले समयको अभावमा कामलाई सूक्ष्म तरिकाले नहेरी मूल्याड्ढन बिल पास गरेर गल्ती गरेको स्वीकारे । वडावासीले सो कार्यमा भएको व्यापक अनियमितताको छानबिन गरी दोषीलाई कारबाईको दायरामा ल्याउन आग्रह गरे । उनीहरूले जिविसले यस कार्यमा विलम्ब गरे अख्तियारमा जानेसमेत निर्णय गरेका छन् ।
यस विषयमा उपभोक्ता समितिका अध्यक्ष विनोद महतोसँग बुझ्दा उनले सदस्य सुरेन्द्र यादवको अनुमतिमा किर्ते गरी बिल पास गराएको दाबी गरे । उनले सुखचैनावासीले उक्त कामबाट बचेको रकमबाट मन्दिर बनाउन दबाब दिन यस्तो आरोप लगाएको हुन सक्ने बताए ।