धर्मेन्द्र चौरसिया, पोखरिया, पर्सा, १६ साउन/
धोरेदेखि पोखरिया नगरपालिका हुँदै सोनबर्सा जोड्ने करिब २८ किमी सडक बनाउने ठेक्का लिएका ठेकेदार कम्पनी रोशन रञ्जन जेभीले काम नगर्दा सो क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ ।
२०७२ माघ २८ गते सम्झौता गरी काम शुरु गरेको ठेकेदारले २०७३ कार्तिक मसान्तभित्र कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेको छ । तर कार्यको प्रगति हेर्दा हालसम्म ठाउँठाउँमा ग्रेभल मात्र भण्डारण गरेको देखिन्छ । हाल वर्षाका कारण सुर्जाहा गाविसको मानिकपुर पोखरिया नपा–१, वनकटवा, परसौनी, निचुटा, देवरिया सोजबर्सालगायत गाउँमा बाटो बिग्रेर ठूला चार पाङ्ग्रे सवारी तथा मोटरसाइकल समेत आवागमन गर्न कठिनाइ परिरहेको निचुटाका विनोद दासले बताए ।
२ करोड ४ लाख १६ हजार ५ सय मा ठेक्का सकार गरेको ठेकेदारले ६ महिना बितिसक्दा पनि हालसम्म ग्रेभल भण्डारणबाहेक अरु काम नदेखिएकोले समयमा कार्य सम्पन्न हुन सक्ने सम्भावना कम रहेको बताइन्छ । सो सम्बन्धमा जिविसका सब इन्जिनियर विजयकुमार गुप्तासँग बुझ्दा अहिले वर्षायाम भएको र माटो नपाउने भएको हुँदा काम बन्द भएको बताए ।