प्रस, पथलैया, १६ साउन/
लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगंजका उद्योगी मोहित हलानलाई इलाका प्रहरी कार्यालय, सिमराले आइतवार सार्वजनिक गरेको छ ।
लागू औषध अनुसन्धान ब्युरो काठमाडौंको टोलीद्वारा गत बुधवार पक्राउ परेका हलानलाई सिमरा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ब्युरोको टोलीले हलानलाई पक्राउ गरी काठमाडौं लगे पनि पुन: सिमरा ल्याएर कारबाई प्रक्रिया अघि बढाएको छ ।
गढीमाई नगरपालिका छातापिपरा स्थित आर्या फार्मास्युटिकल्सबाट पक्राउ गर्ने क्रममा प्रहरीले २० किलोग्राम लागू औषध–प्रतिबन्धित सिउडोइफ्रेडिन नामक रसायन बरामद गरेको प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले बताए । हलानको बा.७.च.४२३१ नम्बरको कारबाट प्रहरीले रसायन बरामद गरेको हो ।
हलान आर्या फार्मास्युटिकल्स सञ्चालक शड्ढर हलानका छोरा हुन् । हलानलाई पक्राउ गरेलगत्तै प्रहरीले उनको बाबु शड्ढरको समेत खोजी गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । हलानलाई १० दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
यसैगरी प्रहरीले पत्रकार सम्मेलनमा लागू औषध खैरो हेरोइनका कारोबारी र प्रयोगकर्ता तीनजनालाई सार्वजनिक गरेको छ । सूचनाका आधारमा खैरो हेरोइनको कारोबार गर्ने वीरगंज उपमहानगरपालिका–२४ परवानीपुरका नरेश महतोलाई पक्राउ गरी कारबाई थालिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनको साथबाट ७० ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रहरीले गढीमाई नगरपालिका जीतपुरका राकेश साह र सतेन्द्र साहलाई पनि सार्वजनिक गरेको छ । खैरो हेरोइन सेवन गरिरहेको बेला उनीहरू पक्राउ परेकाले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रनि कार्कीले बताए ।