–कुमार रुपाखेती
विष्णु कोइरालाले जनकपुरजस्तो ठाउँमा समेत निकै नाम कमाएका रहेछन् । उनी पहिलोपटक वीरगंज उपमहानगरपालिकामा कार्यकारी अधिकृत भएर आउँदा धेरैले उनमा विमल श्रीवास्तववाला क्षमता देखे ।
नगरपालिकाको आन्तरिक प्रशासन र कर्मचारीयन्त्र चुस्तदुरुस्त बनाए । दरुवा कर्मचारीलाई दुरुस्त पारे । विगतको सफाइप्रेमी कार्यकारी अधिकृत रेश्मीराज पाण्डेभैंm वीरगंजलाई चिटिक्क पारे । उपभोक्ता समितिवाला अघोषित ठेक्कापट्टामा रोक लगाइ टेन्डरबाट ठेक्कापट्टा दिनुपर्ने प्रावधान बनाए । शहरी विकासका लागि मैचिङ फन्डको व्यवस्थासमेत गरे ।
विकासमैत्री, महिलामैत्री, बालबालिकामैत्री वातावरण बनाए । असारे वर्षाले बगाउने दश एमएमको सडके पिचलाई स्तरोन्नति गर्दै २० एमएमको ठोस पिच बनाउन लगाए । दैनिक दिनको तीनपटक मेनरोड र सहायक रोड सफा गर्न लगाउने, बिहान चार बजेदेखि नै जाम नाला र अतिक्रमण हटाउने काम आफ्नै निगरानीमा गराउन थाले । नगरपालिकामा हाजिर गरेर टाप कस्ने कर्मचारीहरूमा १०–५ को नियम लगाए । ठेकेदारले होर्डिङबोर्ड राख्नुपर्ने, हिसाबकिताब पारदर्शी बनाउन लगाए । सुँगुरको खोरजस्तो नपा कार्यालयलाई झकास बनाए ।
यसरी आफ्नो पहिलो कार्यकालमा आफूलाई अब्बल दर्जाको इमानदार, विकासप्रेमी देखाउँदै वाहवाही पनि कमाए । कि वीरगंजलाई सुधार्छु कि आपैंm सुध्रिएर जान्छु भनी ताली पनि पिटाए ।
पहिलो वीरगंज बसाइँमा उनको र क्षेत्र नं. १ पर्साका सांसद राजेन्द्रबहादुर अमात्य, योजना प्रमुख प्रकाश अमात्यसँग ठ्याकठुक परेको हल्ला चल्यो । राजेन्द्र, प्रकाश भर्सेज कोइरालाबीच वाकयुद्ध नै चल्यो रे । त्यतिखेर गणेशमान पुत्र प्रकाशमान सिंह स्थानीय विकासमन्त्री थिएm अनि रातारात वीरगंजबाट कोइरालाको पत्तासाफ भयो ।
धेरै वीरगंजवासीले दु:ख मनाऊ गरे । तर उनको पहिलो सफल कार्यलाई नजिकबाट नियालिरहेका राप्रपा नेपालका राजीव पराजुली, राप्रपा समानुपातिक सभासद श्याम टिबडेवाल र अन्य केही अदृश्य दयामायाबाट कोइरालाले पुन: वीरगंजको धर्ती टेक्ने अवसर पाए । आफ्नो धर्ती सफा राख्ने चाहना राख्ने जगदीश शर्माहरूले पनि त्यो विष्णु कोइराला दोस्रोपल्ट वीरगंज आओस् भन्दै अदृश्य जोड लगाए । तर अपशोच त्यो को सट्टा यो विष्णु कोइराला (परिवर्तित अवतार) आउँदा शर्माजस्ताहरूसमेत तीनछक्क परे । उनको हाय पैसाबाट सबै नै आजित भए । तर यो दोस्रो कार्यकाललाई उनले स्वयम् नै इगोपूर्ण, पूर्वाग्रहपूर्ण बनाउँदै लगे । तीन बिघामा रहेको छपकैया पोखरी व्यक्तिविशेषको नाममा जाँदा मौन बसे, पाँच बिघामा फैलिएको माईराम पोखरीका अतिक्रमणकारीहरूको हौसला बढाए । रिक्रिएसन पार्कको क्षेत्रफल मिच्न दिए । सडक कालोपत्रे फेरि १० एमएममा झारे, उपभोक्ता समितिलाई फेरि ब्यँुताए । चाटुकार कर्मचारीहरूको चङ्गुलमा परी मह चाट्न थाले । अचेल यिनको थोत्रो विकास र सरसफाइ एफएम रेडियोसम्म सीमित छ । बिहान ४ बजे उठ्ने कोइराला अचेल कुम्भकर्णे निद्रामा हुन्छन् । यिनको हचुवा कर्मचारी भर्ना नीति मन्त्रालयले रिजेक्ट गर्नाले आन्तरिक बढुवा उम्मेदवार कर्मचारीसमेतलाई मर्कामा पारे । सङ्क्षेपमा भन्ने हो भने यो कोइरालाको नीति असफल भएको छ । अहिले त यिनी –‘राम नामका लुट है लुट सको तो लुट, अन्त समय पछुताएगा जब प्राण जाएगा छुट’ भन्ने कथनलाई चरितार्थ गर्दैछन् । यिनको सबै ढकोसलाहरू मिथ्या साबित हुँदै गएको छ । अचेल त वीरगंजभन्दा विराटनगर राम्रो अब विराटनगर जाने भनी आसेपासेलाई ढाढस बाँधिरहेको देखिए पनि मन्त्रालयले यिनको चाल थाहा पाइसकेकोले यिनलाई पश्चिम नेपालको कुनै अविकसित नगरपालिकामा सरुवा गर्ने चाँजोपाँजो मिलाइरहेको हल्ला छ । यिनलाई दोस्रोपल्ट वीरगंज भित्र्याउनेहरूसमेत यिनीसँग चिढिसकेका छन् । हिजो कोइराला पुन: वीरगंज आओस् भन्नेहरू अचेल यो छिटो जाओस् भन्ने कामना गर्न थालेका छन् । सङ्क्षेपमा भन्ने हो भने दोस्रोपटक वीरगंज प्रवेश गरेको कोइराला अब पतनको बाटोमा छन् । यिनीसँग थर्किने कर्मचारीसमेतले उल्टै यिनलाई थर्काउन थालेका छन् । राजस्व तिरेन भन्दै कानुनी बाटो छोडी ढोका अगाडि फोहर थुपार्ने यिनको नीति सर्वथा निन्दनीय रह्यो । यिनको असारे विकास र सामाजिक विकास शाखाको चर्तिकला पत्रपत्रिकामा हटकेक बने । यसरी पहिलो कार्यकालमा सफल विष्णु कोइराला दोस्रो कार्यकालमा किन यसरी असफल भए भनी बुझ्न धेरै टाढा नगई केही बेर बसे बुझ्न सकिन्छ । नेता र कर्मचारीबीच तात्त्विक अन्तर हुन्छ भन्ने कुरा स्वयम् विष्णुजीले बुझ्न जरुरी छ ।