प्रस, वीरगंज, १३ असार/
नेपाल दूरसञ्चार क्षेत्रीय कार्यालय वीरगंजमा भएको करोडौंको भ्रष्टाचारको नेपाल टेलिकम वर्कर्स युनियनले रहस्योद्घाटन गरेको छ ।
सेवाको नाममा नेपाल दूरसञ्चार क्षेत्रीय कार्यालयका केही कर्मचारीहरूले कामै नगरी करोडौं भ्रष्टाचार गरेको भन्दै वर्कर्स युनियनले ३९ बुँदे मागसहित क्षेत्रीय निर्देशक विभास गुप्तसमक्ष ज्ञापन बुझाएको छ ।
नेपाल टेलिकम वर्कर्स युनियनका क्षेत्रीय अध्यक्ष पुरन साहले क्षेत्रीय कार्यालयले गरेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै बुझाएको ३९ बुँदे मागको विषयलाई लिएर अहिले सो कार्यालयमा कर्मचारीबीच तनाव बढेको छ ।
तनाव बढेपछि केही दिन कार्यालय प्रमुखदेखि अन्य कर्मचारीसमेत बेपत्ता थिए ।
५.२ मिलियन जिएसएम प्रोजेक्ट अन्तर्गत बाराको दोहरी, सिनोरवा, भलुही, बतरा, रौतहटको इनरवारी, बैरिया, सङ्ग्रामपुर, धनुषाको किशननगर, भोटही पटेर्वा, औराही, हंसपुर, कटपुला, धारापानी, वीरेन्द्र बजार, बहेराबेला, मिथिलेश्वर निकास, धोबीवास–२, महोत्तरीको मटिहानी, हलखोरी, महदैया, तपनपुर, बडउल, पर्साको बसडिलवामा सञ्चालित बिटिएस जडान गरिए पनि सञ्चालनमा नआएको तर चाइनिज कम्पनीलाई भुक्तानी दिइसकेको, नियमविपरीत सुरक्षागार्ड भर्ना तथा नक्कली व्यक्ति खडा गरी भुक्तानी दिएको, क्षेत्रीय निर्देशनालय भवन निर्माण भइसके पनि कर्मचारीहरू भाडामा बस्ने गरेकोलगायत ३९ बुँदे माग पूरा नगरे आन्दोलनमा जाने समेत वर्कर्स युनियनले जनाएको छ ।
क्षेत्रीय कार्यालय मातहतमा रहेका नारायणी र जनकपुर अञ्चलका शाखा कार्यालयहरूसँग मिलोमतो गरी दिएको जथाभावी भुक्तानी अविलम्ब रोक्नुपर्ने वर्कर्स युनियनको माग छ । यस विषयमा क्षेत्रीय निर्देशक विभास गुप्तसँग बुझ्दा नेपाल टेलिकम वर्कर्स युनियनको मागबारे ध्यानाकर्षण भएको बताउँदै सो विषयमा मनोज लालको नेतृत्वमा छानबिन समिति गठन गरेको बताए ।
निर्देशक गुप्तले छानबिन समितिमा वर्कर्स युनियनका कर्मचारीहरू बस्न नमानेपछि विवाद यथावत् रहेको र छलफल भइरहेको प्रतीकलाई बताएका छन् ।