प्रस, वीरगंज, १६ असार/
एक महिना पहिले बलात्कृत भएकी छोरीविरुद्ध किर्ते प्रमाण तयार गरेको कसुरमा प्रहरीले निजकी आमालाई पक्राउ गरेको छ ।
वीउमनपा–९ निवासी सुषमा साहको नाबालिग छोरीलाई स्थानीय एक युवकले बलात्कार गरेको आरोप थियो । नाबालिग बलात्कार सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा सुषमा साहले वडा सचिव रामकुमार केसीबाट छोरीको जन्मदर्ता गराएकी थिइन् । जन्म दर्ता गराउँदा उनले २०५९/११/१२ उल्लेख गरेकी थिइन् । तत्कालीन अवस्थामा नाबालिग छोरी बलात्कारको शिकार भएको भनी कसुरवारमाथि कारबाई माग गर्दै उनले जन्मदर्ता गराए पनि पछि बलात्कार गर्ने युवकको परिवारबाट आर्थिक प्रलोभनमा परी छोरी बालिग भएको अर्को जन्मदर्ता तिनै सचिव रामकुमार केसीबाट गराएकी थिइन् । दोस्रोपटक जन्मदर्ता गराउँदा सुषमाले छोरी बालिग हुने गरी २०५७/१/६ को मिति राखेकी थिइन् र प्रलोभनमा परेर सचिव केसीले टिपेक्स लगाई दोस्रो जन्मदर्ता जारी गरेका थिए । एउटै बालिकाको दुईवटा जन्मदर्ता फेला परेपछि प्रहरीले किर्ते गरेको कसुरमा सचिव केसी र सुषमा साहलाई पक्राउ गरेको छ ।
प्रनाउ होविन्द्र बोगटीले पक्राउ परेका केसी र साहविरुद्ध सरकारी कागज किर्ते मुद्दा चलाएको बताए । उनीहरूलाई अदालतबाट १० दिनको म्याद थप गरिएको छ । नाबालिग बलात्कार घटनामा राजा शेख यस अघि पुर्पक्षको लागि कारागार चलान भइसकेका छन् ।