प्रस, वीरगंज, १३ असार/
धान रोपाइँको बेला हिमालयन टर्मिनलले युरिया मल रोकेपछि अहिले हाहाकार भएको छ ।
किसानहरूको महत्त्वपूर्ण समय धान रोपाइँ शुरु भएको बेला हिमालयन टर्मिनलले डिटेनसन चार्जको बहानामा सुक्खा बन्दरगाहमा आएको युरिया मल दुई सातादेखि रोकेको छ । जोर्डन, चीन र भारतबाट अनुदानमा मगाइएको युरिया मल अन्दाजी डेढ लाख बोरा हिमालयन टर्मिनलले रोकेको छ ।
अन्य मुलुकले नेपाललाई अनुदानमा दिएको मल हिमालयन टर्मिनलले एकोहोरो निर्णयबाट रोकेको कर्मचारीहरूले बताएका छन् । बन्दको बेला साल्ट ट्ेरडिङ र कृषि सामग्री कम्पनीले मगाएको ७० हजार ६ सय ४२ मेट्रिक टन मल मजदुर समस्या र बाटोको समस्या देखाउँदै उठाउन नसकेपछि हिमालयन टर्मिनलले १४ करोड ७९ लाख डिटेन्सन चार्ज माग गरेको छ ।
हिमालयन टर्मिनलले माग गरेको डिटेन्सन चार्ज नेपाल सरकारले बेहोर्ने पत्राचार गरे पनि तत्काल भुक्तानी माग गर्दै मल रोकेको देखिन्छ ।
बन्दको क्रममा देश नै ठप्प भएपछि हिमालयन टर्मिनलको आग्रहमा मल मगाएको र त्यसको शुल्कमा विचार गर्ने सो बेला जनाएको कृषि सामग्री कम्पनीका कर्मचारी बताउँछन् तर अहिले रोपाइँको बेलामा एक्कासि मल रोक्नु दु:खद भएको कम्पनीको भनाइ छ ।
यस विषयमा हिमालयन टर्मिनलका प्रमुख विशुनकान्त चौधरीसँग बुझ्दा ६ महिनादेखि शुल्क बुझाउन ताकेता गरेको तर कोही नमानेपछि मल रोकेको बताए । साल्ट ट्ेरडिङ र कृषि सामग्रीलाई
पटक–पटक ताकेता गरे पनि वास्ता नगरेको कारण मल रोकेको उनले बताएका छन् । नेपाल सरकारले ठोस निर्णय गरी पत्र पठाएमा मल नरोक्ने उनको भनाइ छ ।