जसपाल सिंह
प्रतीकमा सम्पादकीय पोलिथिन झोला र विकल्प अति समय सान्दर्भिक तथा यथार्थपरक लाग्यो, तर विकल्पबारे केही लेख्न मन लाग्यो। असम्भव केही छैन, गार्हो हुन सक्छ। पोलिथिन झेलाको विकल्प हाम्रो सङकल्प हुनुपर्दछ। त्यसपछि कागजको थोंगा, कागजको झोला, पात, बोहोता, टपरी, कपडा, जूटको झोला हो। हामी सानो छँदा तथा पुर्खाको पालादेखि नै चलिआएको त्यही हो र अब त्यही हाम्रो विकल्प हुनेछ। जसरी उहिले चलेको थियो अब पनि चलाउने हाम्रो पहल र जिम्मेवारी हुनुपर्छ। १८औं शताब्दीको उत्तर्राधमा बेलायतबाट आविष्कार, उत्पादन भएको पोलिथिन आज विश्वव्यापीरूपमा मानव जीवनको दैनिकी र कमजोरी बनेको छ। तर आज यो स्वास्थ्य र पर्यावरणको लागि अति नै हानिकारक प्रमाणित भइसकेको भनिरहनु पर्दैन। यसमा विद्यमान विभिन्न विषालु रसायनहरूले यसमा राखिने खाद्य पदार्थहरूमा त्यसको मिश्रण हुन्छ। यस्तो वस्तु पकाएर खाँदा विषालु रसायन हाम्रो शरीरमा प्रवेश गरेर मधुमेह, रक्तचाप, क्यान्सर, ग्यास्ट्रिक, बाँझोपनजस्ता रोगको कारक बन्ने गरेको छ। विगत वर्षहरूमा उक्त रोगहरू बढ्दो क्रममा छ । अब बेलायतलगायत पश्चिमा अति विकसित मुलुकहरू, अमेरिका तथा भारत, बर्मा, भुटानका विभिन्न शहरहरूमा प्रतिबन्धित भई अन्य देश शहरमा प्रतिबन्धित हुने क्रम द्रुत गतिमा जारी छ। बङगलादेशमा बाढी आउँदा शोध–अध्ययनले पोलिथिन दोषी पाएपछि पोलिथिन झोलाहरूमा प्रतिबन्ध लाग्यो। हाम्रै देशको इलाममा वर्षौं पहिले पोलिथिन झोला विस्थापित भइसकेको छ। कसैले नजानेर पोलिथिन झोला लगेमा गाउँलेहरूले नै जरिवाना गर्दछन्।
हाम्रो अथक प्रयत्नले ३ वर्ष पहिले नेपाल सरकारले सरकारी कार्यालयहरूलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गर्यो। २०७२ साल वैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौंमा ४० माइक्रोन र २०”ह३५” साइजको भन्दा कम मापदण्डको बनाउन, बेच्न, राख्न तथा प्रयोग गर्नेलाई दण्ड जरिवाना गर्ने कार्य द्रुत गतिले प्रभावकारी ढङगले सम्पन्न भइरहेको बेला विनाशकारी भूकम्पले त्यो महाअभियानलाई मत्थर पार्यो, तापनि काठमाडौंलगायत विभिन्न गाउँ–शहरमा कालो झोला प्रतिबन्धित र अन्य पनि न्यूनतम छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालय नेपाल सरकारले पनि ३० देखि ४० माइक्रोन २०”ह३५” साइजको बनाउने आदेश जारी गरेको छ तर कार्यान्वयन भने फितलो छ। हालै पोखरामा पोलिथिन, प्लास्टिक झोलाहरूलाई नगरपालिका र स्थानीय जनसमुदायको पहलमा मुक्त घोषणा गरियो। उपरोतm सबैको केही न केही त कारण अवश्य नै होला। विदेश र विदेशीहरू धेरै विकसित तथा गतिशील छन्। आविष्कार पनि छिटै गर्छन् र अवगुण पनि तुरुन्त पत्ता लगाउँछन् र रोकथाम उपचार प्रतिबन्ध पनि तुरन्तै गर्ने गर्दछन्। स्वास्थ्य र वातावरणप्रति धेरै सजग रहने गर्दछन। हुन त त्यहाा प्रदुषण नभएकै चााहि हैन। छन। तर हामी नेपालीहरू पछुवा पुच्छर समातेर एउटै कुरामा सारा जीवन बिताउने गर्दछौं नराम्रो बानी र अम्मल छुटदै छुटदैन छाडनै चाहदौनौ पनि। फेरि अन्य देशका नागरिकहरूको तुलनामा हाम्रो शरीरको रोग प्रतिरोध क्षमता बढी र बलियो पनि छ हामीलाई हतपत बर्डफ्लु, स्वाइन फ्लु तथा अन्य रोगहरू तथा सङ्क्रमणले छुँदैन पनि। हामी सित्तैमा पाए चूक पनि घोप्टयाउँछौं। पोलिथिन झोलाको चलन आएपछि थोंगा र पात, बोहोता, कपडा तथा जुटका उद्योग र यसका रोजगार विस्थापित र ध्वस्त भए, देशको सबैभन्दा ठूलो विराटनगर जुट उद्योग र भृकुटी कागज कारखाना बन्द हुन पुग्यो। पोलिथिनको पाकेट, पाउचहरूमा दूध, खाने तेल, प्लास्टिकको शीशीहरूमा बिभिन्न पेय पदार्थहरू तथा खाद्यवस्तुहरू आउने गर्दछ, पहिलेको बेलामा शीशी, बोतल, टिनका बट्टाहरूमा उपरोक्त सामग्रीहरू आउँथे तर बढ्दो विश्व व्यापारीकरण, आधुनिकीरण तथा तीव्र गतिको व्यापारिक प्रतिस्पर्धा द्रुत जीवनशैली, अस्वस्थ खानपान, रहनसहन तथा जीवनशैलीले गर्दा रोग, संताप, वायु जल तथा ध्वनि प्रदूषण बढेको पाइन्छ। पोलिथिन, प्लास्टिक हरहालतमा हानिकारक हो तापनि बाक्लो पाउच, बट्टाले कम विषालु रसायन सार्ने, मिश्रण गर्ने वा घुल्ने हुँदा तुरुन्तै न फ्याँकिने हुनाले बजारमा छरपस्ट भई न छरिन, देखिने हुनाले पनि त्यसको हानिको मूल्याङकन न गरिएको हुन सक्छ। अन्ततोगत्वा यो स्वास्थ्य तथा पर्यावरणका लागि अति हानिकारक छ । हाम्रो दैनिकीमा फर्निचर, मोबाइल, कम्पुटर, हैंगर, भाँडा–बर्तन, मोटर साइकल, कार तथा थुप्रै वस्तुहरू पोलिथिन, प्लास्टिकजन्य छन् तर यिनको प्रयोग बाहिरी स्पर्शसम्म सीमित रहेकोले स्वास्थ्यलाई हानि–नोक्सानी गरेको छैन ।
हामी नेपाली अर्काको नक्कल गर्न, पछुवा समात्न र बिउँझेर पनि निदाउने नाटक गर्दछौ, अकारण तर्क–कुतर्क, खुट्टातान गर्न माहिर छौं। कागजको थोंगा, झोला, प्रशस्त मात्रामा उपलब्ध छ, हाम्रो बानी अल्छी छ हतारले पोलिथिन, प्लास्टिक ले स्थान बनाएको छ, किन्नेलाई पनि हतार, बेच्नेलाई पनि। नत्र हाम्रो सामान कागज, थोंगा वा जेमा हाम्रो घरसम्म सुरक्षित पुगे भइगो नि १ जब देशकै अन्य भागमा प्रतिबन्धित, न्यून वा रोकथाम, दण्ड–जरिवाना हुन सक्छ भने पर्सा जिल्ला, वीरगंज र यहाँको जनताले के कसुरको सजाय पाउने ? पोलिथिन, प्लास्टिक उद्योगका प्राय: उद्यमीहरू परिचित, चिनजानका र सम्पन्न नै छन् । उनीहरूले किन हाम्रो रोजीरोटी उखाल्न लागेको भन्छन, वातावरणीय हो भन्छन् तर सेवकले हैन, तपाईंहरूले यसको समयमा यसबाट करोडौं कमाउनुभयो, यसको दुष्प्रभाव प्रमाणित भइसक्यो आज न भए भोलि यो जान्छ विस्थापित हुन्छ । बरु यो उद्योगलाई परिवर्तित गरी वातावरणीय प्रदूषणरहित झोला उत्पादन गर्नुस् चल्छm फेरि यसैबाट करोडौं कमाउनुस् अनुरोध गर्दछु। प्रदूषण गर्ने गराउने, व्यक्ति, संस्था, उद्योग तथा व्यापारीले किन सोच्दैन उनीहरू पनि यहीं यसै वातावरणमा बाँचेका छन्, उनको परिवार, सन्ततिले पनि यसै वातावरणमा बाँच्नुछ साँस लिनुछ। प्रदूषणले उनीहरू पनि प्रभावित भइरहेका छन्, त्यसको भुक्तभोगी तिनका सन्तान पनि भइरहेका छन्।
वीरगंजको फोहोर, मैला तथा प्रदूषणको अन्तहीन सिलसिलालाई सम्झँदा जीउ सिरिङ हुन्छ। हामीहरू पर्सा जिल्ला, वीरगंजवासी भएकोमा एकातिर गर्व अर्कातिर यो कारणले लज्जा तथा ग्लानिको अनुभव पनि गर्दछौं। यस संस्थाले वीरगंजलगायत आसपासको क्षेत्रलाई हरियो, सफा र स्वस्थ तथा प्लास्टिक झोलामुक्त गर्ने अठोट साथ निरन्तर प्रचारप्रसार, जनचेतना अभियान सञ्चालन गर्दै आएको छ। संस्थाको सोही उद्देश्य अनुसार विभिन्न वातावरणीय प्रदूषण गर्ने गराउने, सर्वसाधारणलाई दुख दिने कार्य कसैबाट पनि हुनुहुँदैन भन्ने संस्थाको धारणा छ। यसका लागि संस्थाको मूलमन्त्र, उद्देश्य, सन्देशलिखित स्टीकर तथा पर्चा यस अभियानको सिलसिलामा घर–दैलोमा लगाइएको छ। जनजनमा पुर्याइएको छ। यसको लागि हामीले विभिन्न सङ्घ, संस्था, सभा, सेमिनार तथा गोष्ठीहरूमा विभिन्न व्यक्ति, व्यतिmत्व, बौद्धिक, विद्वान्,जनसाधारण, विद्यालय, कलेज, सरकारी, गैरसरकारी संस्था, बैंक, अस्पताल, उद्योग, जहाँ अत्यधिक फोहोर र प्लास्टिक झोलाको प्रयोग हुन्छ, त्यहाँ यसको हानि–नोक्सानीबारे अलख जगाउने कार्य गर्दै आएका छौं। परिर्वतन पनि निरन्तर जारी छ। केही समय पहिले मात्र वीरगंज कारागार तथा जिल्ला प्रहरी कार्यालय परिसरभित्र यसको प्रयोग तथा परीक्षण शुरु गरिएको छ।
पान, पराग गुटखा, खैनी, तम्बाकु तथा खैनीजन्य पदार्थ विदेशमा प्रतिबन्धित हुने, हाम्रो देशमा खुल्ने र सञ्चालन हुने राज्यले इजाजत दिने कार्य एकसाथ भइरहेको छ। एकातिर विश्व वातावरण दिवस मनाउने, अन्तर्राष्ट्रिय सम्मेमलनहरूमा भाग लिने, हस्ताक्षर गर्ने राज्यको ढुकुटीबाट शयर गर्ने हाम्रो कस्तो नैतिकता १
व्यक्तिको प्रथम शिक्षालय, विश्व विद्यालय आफ्नो घर हो, मातापिता तथा पुर्खा प्रथम गुरु। कुनै पनि असल कामको शुरुआत घरबाट हुनु राम्रो हो। शुरुमा हामीले क, ख, ग, वा ए, बी, सी, डी पढ्छौं पछि क्ष, त्र, ज्ञ वा एक्स, वाई, जेड, त्यसैगरी अहिलेको तत्कालीन समस्या पोलिथिन, प्लास्टिकका झोला त्था कप, ग्लास तथा र्यापरहरू हुन् जसको निर्मूलन गर्न लाग्नुपर्छ। जनताले परिवर्तन, आवश्यकता तथा पर्यावरणको रक्षामा हाम्रो साथ देओस्, हामी प्रत्येक विकल्प दिन र खोज्न कटिबद्ध छौं। आवश्यक पहिले आफूमा परिवर्तन ल्याउने हो।
प्रकृति सेवा प्रतिष्ठान, नेपाल वीरगंज